काठमाडौँ, २२ साउनः नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ०८ पैसा र बिक्रीदर १४० रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३८ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६० पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३३ पैसा र बिक्रीदर चार रुपैयाँ ३५ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ १४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४ रुपैयाँ ६० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८० पैसा र बिक्रीदर २१ रुपैयाँ ८९ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७ रुपैयाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपैयाँ २९ पैसा र बिक्रीदर ४६० रुपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७३ रुपैयाँ १५ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ३९ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३९ रुपियाँ ९६ पैसा र बिक्री दर १४० रुपियाँ ५६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ७० पैसा र बिक्रीदर ९१ रुपियाँ नौ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ५९ पैसा र बिक्रीदर १०२ रुपियाँ तीन पैसा, युरोपियन युरो एकको खरिददर १६२ रुपियाँ सात पैसा र बिक्रीदर १६२ रुपियाँ ७७ पैसा निर्धारण गरिएको छ ।
यस्तै, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ७४ पैसा र बिक्रीदर १०९ रुपियाँ २१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ २३ पैसा र बिक्रीदर १८७ रुपियाँ तीन पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १७३ रुपियाँ ४१ पैसा र बिक्रीदर १७४ रुपियाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ५० पैसा र बिक्रीदर १४ रुपियाँ ५६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ७२ पैसा र बिक्रीदर २१ रुपियाँ ८१ पैसा तोकिएको छ ।
साथै, जापानी येन १० को खरिददर नौ रुपियाँ ४९ पैसा र बिक्रीदर नौ रुपियाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ५० पैसा र बिक्रीदर १९ रुपियाँ ५९ पैसा, थाइभाट एकको खरिददर चार रुपियाँ ३२ पैसा र बिक्रीदर चार रुपियाँ ३४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १२ पैसा र बिक्रीदर १० रुपियाँ १६ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८३ पैसा र बिक्रीदर १७ रुपियाँ ९१ पैसा तोकिएको छ ।
यसैगरि,साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ३१ पैसा र बिक्रीदर ३७ रुपियाँ ४७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ४० पैसा र बिक्रीदर ३८ रुपियाँ ५६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ १० पैसा र बिक्रीदर ३८ रुपियाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ तीन पैसा र बिक्रीदर ३३ रुपियाँ १७ पैसा कायम भएको छ ।
त्यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपियाँ १० पैसा र बिक्रीदर ४६० रुपियाँ सात पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपियाँ २५ पैसा र बिक्रीदर ३७२ रुपियाँ ८४ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपियाँ ५२ पैसा र विक्रीदर ३६५ रुपियाँ आठ पैसा निर्धारण गरेको छ ।
भद्रपुर (झापा), ११ साउनः मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–असार) सम्ममा रु चार अर्ब २१ करोड ३५ लाख ९२ हजारको चिया निर्यात भएको हो ।
एक वर्षमा १५ हजार ४१६ दशमलव ७५६ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँले जानकारी दिनुभयो । आव २०८०/८१ मा रु तीन अर्ब १७ करोड ९५ लाख २७ हजार बराबरको चिया निर्यात भएको उहाँले बताउनुभयो ।
कार्यालयको तथ्याङ्कानुसार आव २०८१/८२ मा अलैँचीको निर्यात तीन दशमलव २० प्रतिशतले घटेको छ । उक्त एक वर्षको अवधिमा रु सात अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची निर्यात भएको छ । अघिल्लो आव २०८०÷८१ को सोही अवधिमा रु सात अर्ब ९३ करोड नौ लाख ९० हजार बराबरको अलैँची निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिनुभयो ।
कार्यालयको तथ्याङ्कानुसार निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट ७२ दशमलव ३० प्रतिशत, फलामे पाता एक दशमलव आठ प्रतिशत, प्लाइउड सात दशमलव ६० प्रतिशत र मोलासिसको निर्यातमा दुई सय ४७ दशमलव ५० प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी सिमेन्ट क्लिङ्कर १३ प्रतिशत, अदुवा ६० दशमलव ७० प्रतिशत, अम्रिसो १४ दशमदव ९० प्रतिशत र छुर्पी निर्यातमा एक दशमलव पाँच प्रतिशतले कमी आएको छ । मेची भन्साबाट गत आव २०८१/८२ मा रु २५ अर्ब १३ करोड ९७ लाख ५० हजारको मालवस्तु निर्यात भएको छ ।
पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गत आर्थिक वर्षमा राजस्व चुहावट धरौटीबापत रु ११ करोड ७६ लाख ८५ हजार सङ्कलन गरेको छ ।
कार्यालयले आव २०८०/८१ को तुलनामा गत आवमा मात्र ९२ दशमलव ५० प्रतिशत बढीले राजस्व चुहावटबापतको धरौटी रकम सङ्कलन गरेको हो । जबकि कार्यालयले अघिल्लो आवमा भने रु छ करोड ११ लाख ३५ हजार राजस्व चुहावट धरौटी सङ्कलन गरेको छ । कार्यालयका राजस्व अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आवमा राजस्व चुहावट धरौटीबापतको रकम ह्वात्तै वृद्धि भएको जानकारी दिनुभयो ।
“यो राजस्व सङ्कलन गर्ने निकाय नभएका कारण यस कार्यालयले गर्ने कामको प्रभाव अन्य निकायको राजस्व सङ्कलनमा देखिने गर्छ”, उहाँले भन्नुभयो । कार्यालयले गत आवमा मात्र राजस्व चुहावट र विदेशी विनिमयमा १४–१४ गरी गरी २८ मुद्दा दर्ता गरेको छ । जबकि अघिल्लो आवमा भने राजस्व चुहावट तीनवटा र विदेशी विनियममा ११ वटामात्र मुद्दा दर्ता भएको थियो ।
कार्यालयले गत आवमा राजस्व चुहावटको १४ मुद्दा दर्ता गरेको छ । जबकि अघिल्लो आवमा भने तीनवटा मात्र राजस्व चुहावटको मुद्दा दर्ता भएको थियो । कार्यालयले गत आवमा राजस्व चुहावट मुद्दाको मागदाबी रकम रु ७६ करोड ३५ लाख ३६ हजार रहेको छ । जबकि अघिल्लो आवमा भने कार्यालयले राजस्व चुहावट मुद्दाको मागदाबी रकम भने रु चार करोड ५४ लाख ११ हजार रहेको थियो ।
कार्यालयले गत आवमा लिलाम बिक्रीबापत रु पाँच करोड ४९ लाख १८ हजार रकम बराबरको गरेको छ । जबकि अघिल्लो आवमा भने रु ८४ लाख ८६ हजार बराबरको वस्तु तथा सामान लिलाम बिक्री गरेको थियो । कार्यालयमा गत आवमा भिसीटिएस जरिवानाबापत रु ९९ लाख ९८ हजार रकम दाखिला भएको थियो । जबकि अघिल्लो आवमा भने भिसीटिएस जरिवानाबापत रु ९८ लाख १५ हजार सङ्कलन भएको छ ।
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु पाँच खर्ब छ अर्ब ६७ करोड मूल्यका वस्तु तथा सामान भित्रिएका छन् । आव २०८० /८१ को १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाका हुँदै भित्रिने समानको हिस्सा १२ दशमलव ७५ अर्थात् रु ५७ अर्ब ३० करोड बढी मूल्यका वस्तु तथा सामान यहाँ भित्रिएका छन् । चालु आवको १० महिनामा यो नाका हुँदै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थको हिस्सा रहेको छ । पाँच थरिका पेट्रोलियम पदार्थमात्र रु एक खर्ब ५५ अर्ब ९४ करोडको भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज नाका हुँदै दोस्रो धेरै आयात हुने वस्तुमा भने भटमासको कच्चा तेल रहेको छ । जसको हिस्सा रु ४५ अर्ब ७९ करोड रहेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने चालु आवमा आयात र निर्यात दुवैमा वृद्धि भएको बताउँछन् । चालु आवको १० महिनामा रु २९ अर्ब दुई करोड मूल्यका मेसिनरी तथा तिनका पार्टपुर्जा आयात भएका छन् । त्यस्तै रु २८ अर्ब ५१ करोड मूल्यका फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । सोही अवधिमा रु २३ अर्ब ८५ लाख मूल्यका सबै प्रकारका एलोपेथिक औषधि भित्रिएका छन् ।
चालु आवको १० महिनामा आयात मात्र नभएर निर्यातमा पनि उल्लेखीय वृद्धि भएको देखिन्छ । चालु आवको १० महिनामा रु ७९ अर्ब तीन करोड मूल्य बराबरका वस्तु तथा सामान यो नाका हुँदै विदेशी मुलुकमा निर्यात भएको देखिन्छ । जबकि गत आवको १० महिनामा यो नाका हुँदै रु २५ अर्ब ४८ करोड मूल्यबराबरको वस्तु तथा सामान विदेशी मुलुकमा पुगेको थियो । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने दुई सय १० दशमलव १६ प्रतिशत अर्थात् रु ५३ अर्ब ५५ करोड बढीको निर्यात भएको हो ।
चालु आवको १० महिनामा यो नाका हुँदै सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको तेल प्रशोधित रहेको छ । चालु आवको १० महिनामा रु ४६ अर्ब ५३ करोड मूल्यका २१ करोड ९२ लाख ४६ हजार ६५१ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ । जबकि गत आवको सोही अवधिमा रु नौ करोडका चार लाख ६४ हजार ९३ लिटरमात्र निर्यात भएको थियो । चालु आवको १० महिनामा रु सात अर्ब २७ करोडको तीन करोड ५२ लाख २३ हजार ८२४ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जबकि गत आवको १० महिनामा रु १० करोडको पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४४ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५५ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ १९ पैसा र बिक्रीदर १८५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ पाँच पैसा र बिक्रीदर ९९ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०६ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १७ पैसा र बिक्रीदर चार रुपैयाँ १९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २० पैसा र बिक्रीदर ३२ रुपैयाँ ३४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९२ पैसा र बिक्रीदर नौ रुपैयाँ ९६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७२ पैसा र बिक्रीदर २० रुपैयाँ ८२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ २४ पैसा र बिक्रीदर ४४५ रुपैयाँ २० पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ९१ पैसा, ओमनी रियाल एकको खरिददर ३५२ रुपैयाँ ८५ पैसा र विक्रीदर ३५४ रुपैयाँ ४१ पैसा तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
कञ्चनपुरमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुनसकेको छैन । कोरोना महामारीपछि शिथिल बनेको अर्थतन्त्रलाई गतिशील बनाउन सरकारका तर्फबाट सुधारका प्रयास भए पनि लक्ष्यअनुसार राजस्व सङ्कलन हुननसकेको हो ।
कञ्चनपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षमा रु ७४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य पाएकामा वैशाख मसान्तसम्म रु ४९ करोडमात्र सङ्कलन गरेकोे छ । सरकारले हरेक वर्ष लक्ष्य बढाउँदै लैजाने गरेकामा आर्थिक मन्दीले आयातनिर्यात घटेकाले लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको भन्सार कार्यालयका प्रमुख राजनबाबु काफ्लेले बताउनुभयो ।
“कोरोनापछि निर्यात शून्य छ भने आयात पनि कम भएको छ । सोहीकारण लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकिरहेको छैन”, उहाँले भन्नुभयो, “विभागले बर्सेनि राजस्व सङ्कलनको लक्ष्य बढाउने गरेको छ, यो साना भन्सार भएकाले हामीलाई लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न कठिनाइ हुन्छ ।”
प्रमुख काफ्लेका अनुसार यहाँ ठूलो परिणाममा कारोबार नहुने तथा ठूला मालवाहक सवारीसाधन नआउने भएकाले न्यून राजस्व सङ्कलन हुने गरेको छ । शारदा ब्यारेज सीमित समयका लागि मात्र खुला हुने भएकाले पनि राजस्व सङ्कलनमा असर परेको उहाँको भनाइ छ ।
कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा रु ५२ करोड राजस्व सङ्कलनको लक्ष्य राखेकामा रु ४६ करोड, आव २०७९/८० मा रु ५८ करोड लक्ष्य राखेकामा रु ४२ करोड, आव २०८०/८१ मा रु ५९ करोड लक्ष्य राखेकामा रु ५४ करोड मात्र राजस्व सङ्कलन भएको थियो । चालु आवमा वैशाख मसान्तसम्मको राजस्व हेर्दा लक्ष्यअनुसार सङ्कलन नहुने भन्सार कार्यालयले जनाएको छ ।
त्यसैगरी आन्तरिक राजस्व कार्यालय र करसेवा कार्यालयको तथ्याङ्क अनुसार वैशाख मसान्तसम्म सुदूरपश्चिममा रु पाँच अर्ब बढी राजस्व सङ्कलनको लक्ष्य राखिएको थियो ।
डोटीमा दुई दशमलव ४५ प्रतिशत र कञ्चनपुरमा शून्य दशमलव ९३ प्रतिशत राजस्व सङ्कलनमा कमी आएको छ । लम्कीमा १६ दशमलव छ प्रतिशत, कैलालीमा चार दशमलव १३ प्रतिशत र अछाममा दुई दशमलव ९४ प्रतिशत राजस्व सङ्कलनमा कमी भएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी विजय भुसालका अनुसार कञ्चनपुरमा निर्माण व्यवसायीले समयमा भुक्तानी नपाउनु, कारोबार घट्नु तथा अन्तःशुल्कमा पनि कमी आएकाले राजस्व घटेको हो । अघिल्लो आवको वैशाख मसान्तसम्म रु एक अर्ब ८२ करोड राजस्व सङ्कलन भएको थियो ।
चालु आवको वैशाख मसान्तसम्म रु एक अर्ब ८१ करोडमात्र राजस्व सङ्कलन भएको छ । उहाँले भन्नुभयो, “हामीले तथ्याङ्क हेर्दा रु पाँच करोडभन्दा बढी कारोबार गर्ने करदाताको चैत मसान्तसम्मको कारोबार अघिल्लो आवको भन्दा रु तीन अर्ब ६० करोडको हाराहारीमा घटेको देखिन्छ ।”
सुदूरपश्चिम सरकारले आवको सुरुआतमा बजेट शून्यताको अवस्थाबाट गुज्रिनुपरेका कारण पनि राजस्व सङ्कलनमा असर परेको होे । बजेट पारित नहुँदै प्रदेश सरकार अल्पमतमा परेपछि प्रदेशले एक महिना बजेट शून्यता खेप्नुपरेको थियो । जसले गर्दा सबैखाले आर्थिक गतिविधि ठप्प भएका थिए । यसले पनि राजस्व सङ्कलनमा ठअसर पारेको सरकारी अधिकारीहरू बताउँछन् । सुदूरपश्चिममा व्यापारिक नाका नभएकाले यहाँ राजस्व सङ्कलन हुन नसकेको स्थानीय व्यवसायी बताउँछन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले सरकारले हरेक वर्ष राजस्व सङ्कलन गर्ने लक्ष्यमात्र बढाउने तर कारोबार बट्दै जाँदा राजस्व सङ्कलनमा कमी आएको बताउनुभयो ।
“सुदूरपश्चिममा व्यापारिक नाका छैनन् । पश्चिमीनाका गड्डाचौकी सानो छ, शारदा ब्यारेज सीमित समयका लागि मात्र खुल्छ, ठूलो मात्रामा व्यवसायीका सामान आउँदैनन्”, मल्लले भन्नुभयो, “अहिले व्यापार व्यवसायमा कमी आउनु, राजस्व सङ्कलनको लक्ष्य बढ्नुलगायत कारणले लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको हो ।” सरकारले नाकामा हुने चोरी, तस्करी नियन्त्रण गर्न सके राजस्व सङ्कलनमा वृद्धि हुने उहाँले बताउनुभयो ।
काठमाडौँ, १८ वैशाखः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १५३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८० रुपैयाँ २७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ०८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६४ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ २७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६ रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०३ पैसा र बिक्रीदर चार रुपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ र बिक्रीदर १४ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ५६ पैसा र बिक्रीदर २० रुपैयाँ ६५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७ रुपैयाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४४० रुपैयाँ २६ पैसा र बिक्रीदर ४४२ रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ४० पैसा, ओमनी रियाल एकको खरिददर ३५० रुयैयाँ ३७ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ९३ पैसा रहेको छ । भारतीय मुद्रा एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौँ, ३ वैशाख : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८१ रुपैयाँ १२ पैसा र बिक्रीदर १८१ रुपैयाँ ९१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४१ पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९९ रुपैयाँ १६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०८ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।
यस्तै, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४ रुपैयाँ ०८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७७ पैसा र बिक्रीदर २० रुपैयाँ ८६ पैसा तोकिएको छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७ रुपैयाँ ७३ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८८ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
भक्तपुर, १ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नुपर्ने बताउनुभएको छ ।
नगरकोटको बतासे डाँडामा आज आयोजना गरिएको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को शुभारम्भ कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र नेपाली जनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो ।
“पर्यटन, कृषि, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड हुन् । आर्थिक वृद्धिका लागि यी क्षेत्रमा विद्यमान समस्या समाधान गरेर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्नु राज्यको प्राथमिक दायित्व हो । रोजगारीका अवसर सिर्जना, लगानीयोग्य वातावरण निर्माण, उत्पादनको लागत घटाएर प्रतिस्पर्धा प्रवर्द्धन गरी औद्योगिकरणलाई बढावा दिनु पनि उत्तिकै जरूरी छ”, राष्ट्रपति पौडेलले भन्नभयो, “न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित तीव्र विकासको आकांक्षा पूरा गर्नु सबैले भूमिका खेलौँ ।”
सांस्कृतिक, ऐतिहासिक, धार्मिक धरोहरलाई आर्थिक विकासमा रूपान्तरण गर्न पूर्वाधारको विकास र कौशल बढाउनुपर्ने आवश्यकता आँैल्याउँदै राष्ट्रपति पौडेलले यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति, सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिने प्रचुर सम्भावना रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पर्यटकीय उपजहरूको व्यवसायीकरण गरी यसबाट प्राप्त लाभको समन्यायिक वितरण सुनिश्चित गर्न आवश्यक छ । पर्यटकीय वस्तुको विकास, बजारीकरण र सहज पहुँचको व्यवस्था गरी नेपाललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्दछ ।”
राष्ट्रपति पौडेलले काठमाडौँको उकुसुमुकसबाट उम्केर प्रकृतिमय क्षण व्यतित गर्ने उत्कट चाहना राख्नेका लागि नगरकोट नजिकको रोजाइस्थल भएको उल्लेख गर्दै यो क्षेत्र संस्कृति, प्रकृति, इतिहास र भौगोलिक आकर्षणका लागि गौरव भएको उल्लेख गर्नुभयो । “जसले देश विदेशमा चिनाउन र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न योगदान दिएको छ । यसलाई अझै विकसित, आधुनिक र सुविधा सम्पन्न बनाउन स्थानीय बासिन्दा, उद्यमी, पर्यटन व्यवसायीसहित सङ्घ, प्रदेश र विशेषत यहाँका चारवटै नगरपालिकाको सहकार्य बढी अपेक्षित रहेको मैले ठानेको छु”, उहाँले भन्नुभयो ।
राष्ट्रपति पौडेलले उत्तरतर्फका सुन्दर हिमश्रृङ्खला, सूर्योदय र सूर्यास्त एवं सुन्दर काठमाडौँ उपत्यका अवलोकनको लागि स्वदेशी तथा विदेशी पर्यटकबीच नगरकोटको महिमा अधिक रहेको उल्लेख गर्नुभयो । “यसको निकटमा अवस्थित विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर, पौराणिक प्रसङ्ग जोडिएको महादेव पोखरी, मञ्जुश्री गुफा, ऐतिहासिक भङ्गेरी र पुतली दरबार, शङ्खरापुर नगरपालिकाको प्रसिद्ध शालीनदी तथा बज्रयोगिनी माईको मन्दिर एवं साँखु बजारको ऐतिहासिक, पुरातात्विक सम्पदासँगै यसलाई केन्द्रमा राखेर विस्तार हुँदै गएको पदयात्रा मार्गले यहाँको पर्यटकीय गतिविधिलाई बढाएको छ”, उहाँले भन्नुभयो ।
नगरकोटलाई मूलविन्दु बनाएर चारवटै नगरपालिकाले आ–आफ्नो क्षेत्रका सम्पदा एवं ऐतिहासिकस्थलको प्रवर्द्धन गर्न अगाडि बढ्नु प्रशंसनीय रहेको भन्दै राष्ट्रपति पौडेलले पर्यटन पूर्वाधारको विस्तार र सहज आवागमनका लागि सडकको स्तरोन्नति गर्नेतर्फ ध्यान दिन जरूरी रहेको बताउनुभयो । उहाँले नगरकोट भ्रमण वर्षले विकासको प्रमुख आधारशीला पर्यटन क्षेत्रबाट लाभ लिएर मुलुकको आर्थिक समृद्धिमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति पौडेलले नयाँ वष–२०८२ को अवसरमा जनताको चाहनाअनुरुप शान्ति, दिगो विकास, समावेशी समाज, आर्थिक समृद्धि र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित राष्ट्र निर्माणको अभियानमाा जुट्न यो दिनले सबैलाई प्रेरणा देओस् भन्ने कामना गर्नुभयो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नगरकोटको ऐतिहासिक, सम्पदा, पर्यटकीय स्थललगायतको महत्व अधिक रहेको चर्चा गर्दै भ्रमण वर्षले यस क्षेत्रसँग जोडिएका चार पालिकसँगै धुलिखेल, पनौती, नमोबुद्ध, शिवपुरी, चन्द्रागिरिसम्म पर्यटनको विकास हुने बताउनुभयो । महाभूकम्प र कोेरोना महामारीपछि थला परेको पर्यटन क्षेत्र पछिल्लो समय सुधारोन्मुख रहेको भन्दै उहाँले तीन तहलाई चलायमान बनाउँदै आर्थिक वृद्धि र लगानीमैत्री वातावरण बनाउन सरकार अगाडि बढिरहेको बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले नगरकोट हिमाल, सूर्योदय, सूर्यास्त हेर्न मात्रै नभई ‘स्काई’ पर्यटन र काभ्रेमा जलपर्यटन सुरु गर्न लागिएको बताउनुभयो । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले नगरकोटमा पर्यटक भित्र्याउन भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोटलाई केन्द्रविन्दु बनाएर सुरु भएको भ्रमण वर्षले यहाँको मात्र नभई देशभरकै आर्थिक विकासलाई चलायमान बनाउने धारणा राख्नुभयो । उहाँले नगरकोटलाई सरकारले पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने बताउनुभयो ।
मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले चाँगुनारायण, मण्डन देउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले संयुक्त रूपमा आयोजना गरेको भ्रमण वर्षले यहाँको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।