Category: Economic

  • अर्थतन्त्र सुधारका लागि हस्तक्षेपकारी भूमिका निर्वाह गर्न उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस

    अर्थतन्त्र सुधारका लागि हस्तक्षेपकारी भूमिका निर्वाह गर्न उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस

    उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगले शिथिल अवस्थामा रहेको मुलुकको अर्थतन्त्र चलायमान बनाउन हस्तक्षेपकारी भूमिका निर्वाहका लागि सरकारलाई सिफारिस गरेको छ ।

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आज प्रतिवेदन बुझाउँदै आयोगले समस्या पहिचान गरी सुधारका क्षेत्रहरूसमेत औँंल्याएको छ । यस्तै, आन्तरिक बजार मागमा ह्रास र लगानीमा वृद्धि हुन नसक्नुलाई हालको मुख्य चुनौतीका रूपमा आयोगले उजागर गरेको छ । “उपभोग वृद्धिदर घट्नु र लगानीमा ह्रास आउनु अर्थतन्त्रको वर्तमान चरित्रका रूपमा देखिएको छ”, प्रतिवेदन पेस गर्दै आयोगका अध्यक्ष रामेश्वर खनालले भन्नुभयो, “कर्जा वृद्धि कम, घरजग्गाको कारोबारमा ह्रास, सहकारीमा लाखौँ मानिसको बचत फस्नु, सरकारले गर्नुपर्ने भुक्तानी समयमा नहुनु, उधारो असुलीमा समस्या आउनु र निर्माण क्षेत्र सङ्कटग्रस्त बन्दै गएकाले उपभोग र लगानीमा ह्रास आएको देखिन्छ ।”

    यसरी समस्या देखिएका क्षेत्रमा सरकारले तत्काल नीतिगत हस्तक्षेप गरी अर्थतन्त्रलाई सही दिशा दिनुपर्ने पनि उहाँले बताउनुभयो । आयोगले समावेशी, स्थायित्वयुक्त, दिगो तथा समतामूलक आर्थिक वृद्धिका लागि आवश्यक नीति, कार्यक्रम तथा संस्थागत सुधारको खाका तयार पार्दै मुलुकको आर्थिक संरचनालाई परिवर्तन गर्न सक्ने आधारसहितको सुझाव दिएको छ । आयोगको प्रतिवेदनले आयातमा निर्भरता, उत्पादकत्वमा स्थायी अवरोध, निजी क्षेत्रको सशक्त भूमिकाको अभाव, वित्तीय क्षेत्रमा कमजोर अनुशासन, सार्वजनिक खर्चको कार्यक्षमता अभाव, र श्रम बजारको प्रभावहीन संरचनालाई प्रमुख समस्या मानेको छ ।

    यस्ता संरचनात्मक समस्याको दीर्घकालीन समाधानका लागि नीतिगत स्पष्टता, संस्थागत जिम्मेवारी तथा पारदर्शीता र समन्वयात्मक ढङ्गले कार्यान्वयन प्रणालीको विकास अपरिहार्य रहेको प्रतिवेदनमा उल्लेख छ । अर्थतन्त्र सुधारका लागि सिफारिस गर्दा विभिन्न छवटा विषयमा केन्द्रित रहेको आयोगका अध्यक्ष खनालले जानकारी दिनुभयो । “तत्काल विद्यमान आर्थिक शिथिलता अन्त्य गरी अर्थतन्त्रलाई गतिशीलता प्रदान, आर्थिक अवसर सिर्जना, विश्वासमा आधारित प्रणाली निर्माण, उपलब्ध प्राकृतिक स्रोतको दिगो तथा सर्वोत्तम उपयोग, सीमारहित अर्थतन्त्र निर्माण र समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै आर्थिक वृद्धि दर बढाउने विषयलाई केन्द्रमा राखेर सुधारका प्रस्ताव तर्जुमा गरिएका छन्”, उहाँले भन्नुभयो ।

    आर्थिक सुशासन, निजी क्षेत्रको अभिवृद्धि, वित्तीय क्षेत्र सुदृढीकरण, सार्वजनिक सेवा तथा पुँजीगत खर्च र श्रम बजार सुधार एवं सामाजिक क्षेत्रको प्रभावकारितालगायत सुझावसमेत दिइएको छ । अर्थतन्त्र सुधारको सुरुआत सुशासनबाट हुनुपर्ने ठहर गर्दै आयोगले पारदर्शी नीति निर्माण, परिणाममुखी योजना तथा कार्यक्रम निर्माण, लागत–लाभ विश्लेषणमा आधारित सरकारी बजेट निर्माण र अनावश्यक नियामकीय हस्तक्षेप अन्त्यका लागि पनि सिफारिस गरेको छ ।
    बजेट निर्माणमा जनउत्तरदायित्व बढाउने, खर्च प्रणालीलाई व्यवस्थित गर्न डिजिटल प्रणालीको विकास र सार्वजनिक निकायहरूबीच दोहोरोपन हटाउने उपाय अपनाउनुपर्ने आवश्यकता पनि औंँल्याइएको छ । निजी क्षेत्रलाई विकासको मुख्य ‘इञ्जिन’ मान्दै आयोगले निजी क्षेत्र अनुकूल वातावरण निर्माणमा जोड दिएको छ । लगानीमैत्री नीति, श्रम ऐनमा लचकता, श्रम–पुँजी–प्रविधि समन्वयको प्रवर्द्धन तथा सार्वजनिक–निजी साझेदारी (पिपिपी) मा स्पष्ट नीति निर्माण आवश्यक रहेको आयोगको ठहर छ । साना तथा मझौला उद्योगलाई औपचारिक बनाउँदै वित्तीय पहुँच, बजार सुनिश्चितता तथा प्रविधि हस्तान्तरण सुनिश्चित गर्ने प्रस्ताव पनि आयोगले प्रस्तुत गरेको छ ।

    यी कार्य गर्नसके मुलुकभित्रै रोजगारी सिर्जना हुने र आयात प्रतिस्थापनमासमेत योगदान पु¥याउने अपेक्षा गरिएको छ । वित्तीय क्षेत्र सुधारतर्फ आयोगले सहकारीलाई नियमनको दायरामा ल्याउने, कर्जाको गुणस्तर सुधार, तथा वित्तीय साक्षरतामा व्यापक कार्यक्रम ल्याउन सिफारिस गरेको छ । यससँगै, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत उत्पादनमुखी कर्जालाई प्राथमिकता दिनुपर्ने तथा ब्याजदर अस्थिरता नियन्त्रण गर्न स्पष्ट रूपरेखा बनाउनुपर्ने आयोगको सुझाव छ । वित्तीय पहुँचको क्षेत्रीय असमानता हटाउँदै ग्रामीण क्षेत्रसम्म औपचारिक वित्तीय सेवा पु¥याउने दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

    सार्वजनिक क्षेत्रको सुधारका लागि पुँजीगत खर्चमा पारदर्शीता, योजनाको प्राथमिकताक्रमको पुनरावलोकन तथा कार्यान्वयन क्षमतामा आधारित बजेट निर्माणमा जोड दिइएको छ । पछिल्ला वर्षमा पुँजीगत खर्चको न्यून कार्यान्वयन तथा खर्चको अन्तिम त्रैमासिकमा बढी खर्च हुने प्रवृत्तिले सार्वजनिक स्रोतको दुरुपयोग बढाएको आयोगको बुझाइ छ । योजनाको लागत र समयसीमालाई प्रमुख मानक बनाएर ठेक्का प्रणाली सुधार गर्ने र ‘डिजिटल ट्र्याकिङ’ प्रणाली अवलम्बन गर्नेलगायत सिफारिस दिइएको छ ।

    यस्तै, श्रम बजार सुधारका लागि प्रविधियुक्त रोजगार सिर्जना, वैदेशिक रोजगारमा निर्भरता घटाउने, महिला तथा युवाको सहभागिता बढाउने र सीप विकासमा सरकार–निजी क्षेत्र सहकार्यको प्रणाली विकास गर्नुपर्ने आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । सीप विकास संस्थानलाई पुनःसंरचना गर्दै बजारको मागअनुसार तालिम संरचना बनाउने र प्रविधिमा आधारित सीप परीक्षण तथा प्रमाणीकरण प्रणाली लागू गर्ने उपाय पनि प्रतिवेदनमा समावेश छन् । शिक्षा प्रणालीलाई रोजगारी तथा उत्पादनसँग जोड्ने, स्वास्थ्य सेवामा गुणस्तरको मानक लागू गर्ने, सामाजिक सुरक्षालाई पुनःसंरचना गर्ने प्रस्ताव गरिएको छ । सामूहिक बिमा प्रणाली, बहुआयामिक गरिबी मापन प्रणालीको विकास र डिजिटल प्रणालीमार्फत सेवा प्रवाहलाई समावेशी बनाउन आयोगले विशेष जोड दिएको छ । यस्ता उपायले दिगो मानव विकासको आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

    सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन पनि आयोगले महत्वपूर्ण सुझाव दिएको छ । सङ्घीय संरचनाअनुसार वित्तीय समानता, सेवा प्रवाहमा स्पष्ट जिम्मेवारी बाँडफाँड तथा प्रदेश–स्थानीय तहको राजस्व सङ्कलन क्षमताको विकासजस्ता विषयलाई आयोग महत्वका साथ उठाएको छ । यस्तै, राजस्व बाँडफाँडसम्बन्धी विद्यमान सुत्र (फर्मुला) को पुनरावलोकन, अन्तरसरकारी समन्वय निकाय सुदृढीकरण तथा स्थानीय तहमा योजना कार्यान्वयन क्षमताको मूल्याङ्कन प्रणालीको विकास गरिनुपर्ने आयोगका सुझाव छन् ।

    अर्थतन्त्र सुधारका लागि तत्काल चाल्नुपर्ने कदमबारे पनि आयोगले सरकारलाई सिफारिस गरेका छ । निर्माण व्यवसायीलाई नेपाल सरकारका निकायहरूले भुक्तानी दिन बाँकी सबै रकम भुक्तानी गर्ने र बहुवर्षीय ठेक्का लागेर सिर्जित दायित्व पूरा गरेर बजेट उपलब्ध हुनसक्ने भए मात्र नयाँ आयोजना आगामी वर्षको बजेटमा प्रस्ताव गर्न सुझाव दिइएको छ । यस्तै, सरकारी प्रतिबद्धताका सबै खालका अनुदान बक्यौता भुक्तानी गर्न सुझाव दिइएको छ ।

    बैंक तथा वित्तीय संस्थाका वास्तविक समस्याग्रस्त ऋणीहरूलाई कर्जा पुनर्तालिकीकरण र कर्जा पुनःसंरचनाको अतिरिक्त व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था यकिन गरी लक्षित रूपमा थप कर्जा प्रवाह गर्न आयोगले सिफारिस गरेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूको गैर बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न ‘सम्पत्ति व्यवस्थापन कम्पनी’ स्थापनाका लागि आवश्यक कानुन जारी गर्ने र सार्वजनिक निजी साझेदारीमा त्यस्तो कम्पनी खडा गरिनुपर्ने प्रतिवेदनमा उल्लेख छ । व्यापारिक उधारो असुली ऐन जारी गर्ने र व्यावसायिक आर्थिक कारोबारमा विक्रेताले क्रेताको साख मूल्याङ्कन (क्रेडिट स्कोर) हेर्नुपर्ने व्यवस्था लागू गर्ने प्रबन्ध मिलाउन पनि सरकारलाई आयोगले सिफारिस गरेको छ ।

    समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति बिक्री गरेर वा ऋण असुली गरेर निक्षेप फिर्ता गर्न समय लाग्ने भएकाले सरकारले पछि सहकारीको सम्पत्तिबाट असुल गर्ने गरी तत्काल रू पाँच अर्बदेखि रू १० अर्ब निकासा दिएर पाँच लाखभन्दा साना बचतकर्ताको निक्षेप फिर्ताको व्यवस्था मिलाइनुपर्ने पनि आयोगको सुझाव छ ।

    चालु आर्थिक वर्षको बाँकी अवधिमा पुँजीगत खर्च वृद्धि गर्न रू १० करोडभन्दा बढी रकम विनियोजन भएका सबै आयोजनाको नियमित अनुगमन र स्थलगत रूपमा समस्याको समाधान गर्ने अधिकारसम्पन्न टोली परिचालनका लागि आयोगको सुझाव छ । जाजरकोट भूकम्प र गत असोजको बाढीबाट क्षति भएका स्थानमा पुनःनिर्माणको काममा तीव्रता दिने, जग्गा प्राप्तिको प्रक्रिया टुङ्गो लागेका जग्गाको मुआब्जा वितरणमा तीव्रता दिनेलगायतका काम सरकारले तत्काल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

  • अमेरिकी डलर संगै युरोको भाउ बढ्यो, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?

    अमेरिकी डलर संगै युरोको भाउ बढ्यो, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?

    नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 


    जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज बुधबार अमेरिकी डलरको भाउ ६९ पैसाले बढेको छ । 

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३७ रूपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रूपैयाँ ३३ पैसा कायम गरिएको छ । यसअघि मंगलबार यसको खरिददर १३७ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ६४ पैसामा भएको थियो ।   

    आज यूरोपियन युरो एकको खरिदमूल्य १५० रूपैयाँ ६२ पैसा र बिक्रीमूल्य १५१ रूपैयाँ २८ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा आज यसको भाउ ६४ पैसाले बढेको हो । मंगलबार यसको खरिदमूल्य १४९ रूपैयाँ ९८ पैसा र बिक्रीमूल्य १५० रूपैयाँ ६४ पैसामा कारोबार भएको थियो ।    


    त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७५ रूपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रूपैयाँ ६३ कायम गरिएको छ । 
    यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८३ रूपैयाँ २० पैसा र बिक्रीदर ८३ रूपैयाँ ५६ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ०६ पैसा र बिक्रीमा ९७ रूपैयाँ ४९ पैसा कायम गरिएको छ ।

    उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ३८ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ४२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७७ पैसा तथा बिक्री दर १८ रूपैयाँ ८५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ३० पैसा तथा बिक्री दर ९ रुपैयाँ ३४ पैसा कायम गरेको जनाइएको छ । 

    यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ७८ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ९५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ६९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ८५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ५० पैसा र बिक्रीदर ३७ रूपैयाँ ६६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार ३० रूपैयाँ ६७ पैसा र बिक्रीदर ३० रूपैयाँ ८० पैसा कायम गरेको छ । 


    साथै, कुवेती दिनार एकको खरिददर ४४७ रूपैयाँ १९ पैसा र बिक्रीदर ४४९ रूपैयाँ १४ पैसा र बहराइन दिनार एकको खरिददर ३६५ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३६६ रूपैयाँ ९७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
     

  • यस्तो छ आजका लागि विदेशी मुद्राको सटहीदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको सटहीदर

    काठमाडौँ, १३ चैतः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा रहनेछ ।

    त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपैयाँ ३६ पैसा र बिक्रीदर १७८ रूपैयाँ १४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रूपैयाँ २७ पैसा र बिक्रीदर १५५ रूपैयाँ ९५ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रूपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ८५ पैसा र बिक्रीदर ९६ रूपैयाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०२ रूपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।

         यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ १२ पैसा र बिक्रीदर नौ रूपैयाँ १६ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८६ पैसा र बिक्रीदर १८ रूपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५० पैसा र बिक्रीदर ३६ रूपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७३ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०४ पैसा र बिक्रीदर चार रूपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रूपैयाँ कायम भएको छ ।

    साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ३४ पैसा र बिक्रीदर नौ रूपैयाँ ३८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १३ रूपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ८६ पैसा र बिक्रीदर १९ रूपैयाँ ९५ पैसा तोकिएको छ ।

    त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६१ पैसा र बिक्रीदर १७ रूपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रूपैयाँ, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ७६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २६ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

  • गरिबी न्यूनीकरणमा रेमिट्यान्सको भूमिका ठूलो

    गरिबी न्यूनीकरणमा रेमिट्यान्सको भूमिका ठूलो

    विश्व बैंकले नेपालमा गरिबी न्यूनीकरणमा रेमिट्यान्सको ठूलो भूमिका रहेको औंल्याएको छ। नेपालले चरम गरिबीलाई लगभग निवारण गर्दै गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ, जसमा रेमिट्यान्सको योगदान महत्वपूर्ण रहेको विश्व बैंकको प्रतिवेदनले देखाएको छ।

    सोमबार सार्वजनिक गरिएको ‘नेपाल राष्ट्रगत आर्थिक परिदृश्य : नेपालमा आर्थिक वृद्धिको सम्भावना उजागर’ प्रतिवेदनमा नेपालले सुदृढ आर्थिक वृद्धि हासिल गर्न आन्तरिक अवसरहरूलाई खुला गर्ने नीतिगत कदमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिइएको छ।

    यद्यपि, नेपालको आर्थिक वृद्धि क्षेत्रीय समकक्षी राष्ट्रहरूको तुलनामा निकै पछाडि रहेको प्रतिवेदनमा उल्लेख छ। ‘सन् १९९६ देखि सन् २०२३ को अवधिमा नेपालको अर्थतन्त्र वार्षिक औसत ४.२ प्रतिशतले मात्र वृद्धि भयो, जुन दक्षिण एसियाका आठ राष्ट्रमध्ये छैटौं स्थानमा पर्छ,’ प्रतिवेदनमा भनिएको छ। निर्यातमा गिरावट, औद्योगिक क्षेत्रको गतिहीनता, र न्यून उत्पादकत्वजस्ता संरचनागत चुनौतीहरूले नेपालको अर्थतन्त्रलाई पछाडि धकेलेको छ। साथै, गैरकृषि क्षेत्रमा रोजगारी सिर्जना सुस्त हुँदा आन्तरिक रोजगारी अवसर सीमित भएका कारण युवा श्रमिकहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन्।

    गरिबी न्यूनीकरणमा नेपालको सफलता उल्लेखनीय रहे पनि मुलुकको आर्थिक सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन नसकेको विश्व बैंकका माल्दिभ्स, नेपाल, र श्रीलंकाका लागि विभागीय राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले बताएका छन्। ‘नेपालसँग आप्रवासनको प्रतिफल वृद्धि गर्ने, निर्यात बढाउने, जलविद्युत्को कुशलतापूर्ण उपयोग गर्ने, र प्रविधि प्रवर्द्धन गर्ने जस्ता सुधारमार्फत मजबुत आर्थिक वृद्धि हासिल गर्ने प्रशस्त सम्भावना छ,’ उनले भने।

    सरकारको १६औं योजनाले सुशासन, सामाजिक न्याय, र समृद्धिको दृष्टिकोण प्रस्तुत गरेको छ। यस योजनाले उत्पादकत्व वृद्धि, प्रतिस्पर्धी क्षमता विकास, मर्यादित तथा फलदायी रोजगारी सिर्जना, सामाजिक सुरक्षा, तथा अल्पविकसित राष्ट्रबाट सहज स्तरोन्नति सुनिश्चित गर्ने प्राथमिकता राखेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले बताए। ‘नेपाल सरकार दिगो आर्थिक वृद्धिका लागि अनुकूल नीतिगत वातावरण सुनिश्चित गर्न प्रतिबद्ध छ,’ उनले भने।

  • निगमले घटायो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

    निगमले घटायो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

    काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घटाएको हो ।

    शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५  तथा डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ ।

    घटेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मुल्य प्रति लिटर १६३ र डिजल तथा मट्टीतेल प्रति लिटर १५१ भएको निगमले जनाएको छ ।

  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, २९ फागुनः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४  पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ९४ पैसा र बिक्रीदर १५२ रूपैयाँ ५९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८० रूपैयाँ ४१ पैसा र बिक्रीदर १८१ रूपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १५८ रूपैयाँ ५३ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ५९ पैसा र बिक्रीदर ८७ रूपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ६२ पैसा र बिक्रीदर ९७ रूपैयाँ ०३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ४४ पैसा र बिक्रीदर १०४ रूपैयाँ ८९ पैसा निर्धारण गरिएको छ ।

    यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ३७ पैसा र बिक्रीदर नौ रूपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २३ पैसा र बिक्रीदर १९ रूपैयाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १३ पैसा र बिक्रीदर ३७ रूपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ २० पैसा र बिक्रीदर ३८ रूपैयाँ ३७ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ११ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५९ पैसा र बिक्रीदर नौ रूपैयाँ ६३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ८२ पैसा र बिक्रीदर १३ रूपैयाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ३७ पैसा र बिक्रीदर २० रूपैयाँ ४६ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९२ पैसा र बिक्रीदर १८ रूपैयाँ, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ ८० पैसा र बिक्रीदर ४५३ रूपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३७० रूपैयाँ ९५ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३६३ रूपैयाँ २३ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


    नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    यसैगरी, युरो एकको खरिददर १४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५५ रुपैयाँ २९ पैसा निर्धारण भएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ४० पैसा र बिक्रीदर १०३ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा, साउदी रियाल एकको खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५० पैसा कायम भएको बैङ्कले जनाएको छ । थाई भाट एकको खरिददर चार रुपैयाँ ०८ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३ रुपैयाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा तोकिएको छ ।
    केन्द्रीय बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८ रुपैयाँ ०४ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपैयाँ १३ पैसा र बिक्रीदर ४५४ रुपैयाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७२ रुपैयाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ४२ पैसा निर्धारण गरेको छ ।

    राष्ट्र बैङ्कका अनुुसार प्रस्तुत विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने छ भने वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्नेछ ।

  • मौद्रिक नीति अर्धवार्षिक समीक्षा : अधिकांश दरहरू यथावत, कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा हेरफेर

    मौद्रिक नीति अर्धवार्षिक समीक्षा : अधिकांश दरहरू यथावत, कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा हेरफेर

    काठमाडौँ, १३ फागुन : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।

    समीक्षामार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि तोकिएको विद्यमान नीतिगत दर र निक्षेप सङ्कलन दर यथावत राखेको छ । त्यस्तै, कर्जा नोक्सानीसम्बन्धी व्यवस्थामा बैंक तथा वित्तीय संस्थाहरूलाई सजिलो बनाइएको छ । त्यस्तै, सवारी कर्जासम्बन्धी व्यवस्थामा केही फेरबदल गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

    “मूल्यवृद्धिको पछिल्लो प्रवृत्तिले नीतिगत दर बढाउनुपर्ने आवश्यकता औँल्याएको भए पनि आर्थिक क्रियाकलाप विस्तारलाई उच्च प्राथमिकतामा राख्नुपर्ने भएका कारण आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गर्दा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई यथावत राखिएको छ”, राष्ट्र बैंकले भनेको छ ।

    अर्धवार्षिक समीक्षाबाट मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई पाँच प्रतिशतमा यथावत राखिएको छ । त्यस्तै, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रूपमा रहेको निक्षेप सङ्कलन दरलाई तीन प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई साढे छ प्रतिशत यथावत छ । अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्था संशोधन भएको राष्ट्र बैंकले जनाएको छ ।

    बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा केही सहुलियत पाएका छन् । असल कर्जाको विद्यमान एक दशमलव १० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई एक प्रतिशत कायम गरिएको छ । त्यस्तै ‘नन् डेलिभरेबल फरवार्ड’ को हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । लघुवित्त वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर २०८२ जेठदेखि आधार दरसँग आवद्ध गर्ने निर्णय पनि केन्द्रीय बैंकले गरेको छ ।

    अर्धवार्षिक समीक्षामार्फत सवारीसाधनको ऋण मूल्य अनुपात (लोन भ्यालु रेसियो) संशोधन गरिएको छ । यसअघि विद्युतीय सवारी साधनमा ८० प्रतिशतसम्म कर्जा दिनसक्ने व्यवस्था रहेकोमा नयाँ व्यवस्थाअनुसार अब व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई समान ६० प्रतिशत कायम गरिएको छ ।

    राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिले सजगतापूर्वक लचिलो कार्यदिशा अवलम्बन गरेको बताउँदै आएको छ । यो नीतिले आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्न गई नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सकिने दाबी राष्ट्र बैंकले गर्दै आएको छ । यद्यपि चालु आर्थिक वर्षको माघ मसान्तसम्मका वित्तीय तथा मौद्रिक सूचकहरूले भने बाह्य सूचकबाहेक अन्य अधिकांश सूचक खराब अवस्थामा रहेको देखाउँछन् ।

    राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलोत्रय मासमा आर्थिक वृद्धि तीन दशमलव चार प्रतिशत रहेको अनुमान छ । त्यस्तै, यसवर्ष धान उत्पादन चार दशमलव ०४ प्रतिशतले बढेको अनुमान छ । निर्माण र उत्पादनमूलक उद्योगको कमजोर वृद्धिदरलाई अझै सुधार गर्न सकिएको छ । विगत दुई वर्षदेखि ऋणात्मक वृद्धिदर देखिएका यी क्षेत्रले अझै गति लिन सकेको छैनन् । यद्यपि, जलविद्युत् उत्पादनमा हुँदै गएको वृद्धि, वैदेशिक व्यापारमा भएको विस्तार र पर्यटन क्षेत्रमा देखिएको सुधारले आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने अपेक्षा राष्ट्र बैंकको छ ।

    आर्थिक वर्ष २०८१/८२ को छ महिनासम्मको कर्जा प्रवाह विश्लेषण गर्दा आर्थिक गतिविधि विस्तारको क्रममा रहेको देखिएको राष्ट्र बैंकको दाबी छ । “चालु आर्थिक वर्षको छ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट औद्योगिक उत्पादन क्षेत्रतर्फ ८ दशमलव चार प्रतिशत अर्थात् रू ६८ अर्ब ४१ करोड, उपभोग्य क्षेत्रतर्फ पाँच दशमलव आठ प्रतिशत अर्थात रू ५८ अर्ब ४० करोड कर्जा लगानी भएको छ”, राष्ट्र बैंकले भनेको छ, “त्यस्तै, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ चार दशमलव आठ प्रतिशत अर्थात् रू ४८ अर्ब ३४ करोड र निर्माण क्षेत्रतर्फ सात दशमलव सात प्रतिशत अर्थात् रू १५ अर्ब ९४ करोडले कर्जा विस्तार भएको छ ।”

    चालु आर्थिक वर्षको छ महिनासम्ममा औसत मुद्रास्फीति चार दशमलव ९७ प्रतिशत रहेको छ । गत असोजको बाढी तथा पहिरोबाट भएको क्षतिका कारण आपूर्ति प्रणालीमा उत्पन्न व्यवधान तथा भारतमा खाद्यान्नको मूल्य उच्च रहेकाले खाद्यान्न समूहको मुद्रास्फीतिमा चाप पर्न गई कात्तिक र मङ्सिरमा बढ्दोक्रममा रहेको मुद्रास्फीति पुसमा केही कम भएको राष्ट्र बैंकले जनाएको छ ।

  • यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर


    काठमाडौँ, २ फागुन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ५६ पैसा र बिक्रीदर १४५ रूपैयाँ १९ पैसा तोकिएको छ ।

    यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रूपैयाँ २७ पैसा र बिक्रीदर १७४ रूपैयाँ ०२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रूपैयाँ ९७ पैसा र बिक्रीदर १५३ रूपैयाँ ६४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ०८ पैसा र बिक्रीदर ९७ रूपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ८४ पैसा र बिक्रीदर १०३ रूपैयाँ २८ निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर नौ रूपैयाँ ०२ पैसा र बिक्रीदर नौ रूपैयाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १९ रूपैयाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रूपैयाँ २२ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १० पैसा र बिक्रीदर चार रूपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १४ पैसा र बिक्री दर ३१ रूपैयाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ८० पैसा र बिक्रीदर १२ रूपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर १७ रूपैयाँ ८१ पैसा र बिक्री दर १७ रूपैयाँ ८९ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८१ पैसा र बिक्रीदर १७ रूपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रूपैयाँ ३२ पैसा र बिक्रीदर ४५१ रूपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ १० पैसा र बिक्रीदर ३६९ रूपैयाँ ६९ पैसा र ओमनी रियाल एकको खरिददर ३६० रूपैयाँ ३५ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ९१ पैसा निर्धारण भएको छ ।

    यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

  • वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय देशभरमा दोस्रो

    वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय देशभरमा दोस्रो


    फिक्कल (इलाम), २ फागुन : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा इलामको सूर्योदय नगरपालिका देशभरका पालिकामध्ये दोस्रो भएको छ । गत वर्ष जिल्लाको उत्कृष्ट भएको सूर्योदय यस वर्ष पनि ८० दशमलव दुई अङ्क प्राप्त गरी जिल्लामा उत्कृष्ट हुँदै सात सय ५३ स्थानीय तहमध्ये देशभरमा दोस्रो भएको हो । देशभरमा ८१ दशमलव सात अङ्क प्राप्त गरी डडेल्धुराको अमरगढी नगरपालिका उत्कृष्ट भएको छ ।

    जिल्लाका १० पालिकामध्ये देउमाई र माई नगरपालिकाले समान ६८ दशमलव एक अङ्क हासिल गरी दोस्रो तथा ६५ दशमलव तीन अङ्क प्राप्त गरी इलाम नगरपालिका तेस्रो भएको छ । चुलाचुली गाउँपालिका जिल्लाको गाउँपालिकामध्ये पहिलो भएको छ । आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चुलाचुलीले ५८, सन्दकपुरले ५७ दशमलव नौ, फाकफोकथुमले ५६ दशमलव तीन, रोङले ५४ दशमलव नौ, माङसेबुङले ५४ र माईजोगमाईले ४६ दशमलव दुई अङ्क प्राप्त गरेका छन् ।

    सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले जनप्रतिनिधि र कमर्चारीको सहकार्य, समन्वय एवं तालमेल र सरोकारवालाको सहयोगका कारण आयोगको कार्यसम्पादन मूल्याङ्कनमा आफ्नो पालिका देशभरमा दोस्रो स्थान हासिल गर्न सफल भएको बताउनुभयो ।

    प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदनअनुसार वित्त आयोगको विभिन्न १७ सूचकलाई मध्ययनजर कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ । यसमा लेखापरीक्षण, बेरुजु फछ्र्यौट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व सङ्कलनलगायत विषयलाई सूचकका रूपमा राखिएको छ ।

    ‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८’ का आधारमा मूल्याङ्कन गरेर प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहलाई यस्तो अङ्क प्रदान गर्ने गर्छ । कार्यसम्पादनबाट प्राप्त अङ्कका आधारमा स्थानीय तहले सङ्घ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने कानुनी प्रावधान छ ।