नेपाल उद्योग वाणिज्य महासंघका १८ वटा वस्तुगत संघ तथा महासंघहरूले प्रक्रिया नपुगी सदस्यता दिइएको भन्दै खारेजीमा परेपछि पुनः सदस्यता कायम गरिपाउन महासंघमा निवेदन दर्ता गराएका छन्।
उनीहरूले उच्च अदालतले पौष १६ मा प्रक्रिया पुरा गरेर सदस्यता दिन आदेश दिए पनि त्यसको पालना नभएको, र अदालतले साधारणसभा नगर्न आदेश दिएको अवस्थामा पनि महासंघले निर्वाचन प्रक्रिया अघि बढाएको भन्दै असन्तोष जनाएका छन्। उनीहरूको भनाइमा, अदालतको आदेशको अवहेलना गर्दै साधारणसभाको मिति तोक्नु गैरकानुनी छ।
उनीहरूले महासंघको फागुन २६ को निर्णयअनुसार सदस्यता सम्बन्धमा निर्णय गरेपछि मात्र साधारणसभाका काम अघि बढाउन माग गरेका छन्।
निवेदनमा १८ वटै संघको नाम उल्लेख छ, तर नेपाल वितरक महासंघ, एएसी ब्लक उत्पादक संघ र एशोसियसन अफ प्राइभेट हेल्थ इन्टिच्युशन अफ नेपालका प्रतिनिधिको हस्ताक्षर नभएको पनि उल्लेख छ। उद्योग वाणिज्य महासंघको चुनाव वैशाख २१ गते गर्ने तयारी गरिएको छ।
यी हुन् निवेदन दिने संघ तथा महासंघहरुः
१) एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्यिट्सन अफ नेपाल, सातदोबाटो ललितपुर
२) नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, नयाँ बानेश्वर काठमाडौं
३) नेपाल यर्सागुम्बा संघ, सुकेधारा काठमाडौं
४) एएसी ब्रिक उत्पादक संघ, टेकु काठमाडौं
५) नेपाल कागज उत्पादक संघ, काठमाडौं वडा नं. १४
६) नेपाल पुस्तक तथा तथा स्टेसनरी व्यवसायी महासंघ, सातदोबाटो ललितपुर
७) नेपाल किवी उत्पादक तथा व्यवसायी संघ, विर्तामोड झापा
८) नेपाल वेसार संघ, गोकर्णेश्वर काठमाडौं
९) नेपाल कोदो तथा फापर संघ, काठमाडौं वडा नं. ३२
१०) उर्जा उत्पादक संगठन, नेपाल काठमाडौं वडा नं. २९
११) नेपाल ओखर उत्पादक तथा व्यवसायी संघ बिर्तामोड झापा
१२) नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघ, हात्तिसार काठमाडौं
१३) नेपाल छुर्पी व्यवसायी संघ, धुलाबारी मेची
१४) नेपाल सुन्तला एंव कागती संघ, बुढानिलकन्ठ काठमाडौं
१५) प्लाष्ट नेपाल फाउण्डेशन टेकु काठमाडौं
१६) नेपाल सिङगिंङ बाउल संघ, ठमेल काठमाडौं
१७) नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी संघ, ललितपुर
१८) नेपाल वितरक महासंघ, कोटेश्वर काठमाडौं