Author: Suchitra Gautam

  • नयाँ वर्ष सन् २०२६ सुरु

    नयाँ वर्ष सन् २०२६ सुरु

    काठमाडौँ, १७ पुसः ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् ।

    ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ । यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएको समेत भन्ने गरेका छन् ।

    विभिन्न संवत्को अध्ययन अनुसन्धानमा लाग्नुभएका डा शास्त्रदत्त पन्तले सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि नै सुरु भएको विसं जति वैज्ञानिक नभए पनि हाल इस्वी सन्को प्रभाव विश्वव्यापी बन्दै गएको बताउनुहुन्छ ।

    ३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेन्डको एक वर्ष हुन्छ, तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेन्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन । त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ ।

    इस्वी सन् अनुसारको पात्रोमा ‘लिपियर’ का रूपमा त्यसलाई व्यवस्थापन गर्न खोजे पनि पश्चिमा देशमै मतैक्यता हुन नसकेको डा पन्तले बताउनुभयो ।

    पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ । नयाँ वर्ष २०२६ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौँको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ ।

  • निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

    निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

    काठमाडौँ, १६ पुसः आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका छन् ।

    निर्वाचन आयोगका अनुसारका अनुसार बन्दसूची पेस गर्ने ६४ वटा राजनीतिक दलमध्ये ५४ वटा दलले आफ्नो निर्वाचन चिन्हमा र १० वटा राजनीतिक दलले चार वटा एकल चुनाव चिन्हमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेका छन् ।

    नेपालको संविधानअनुसार पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिकतर्फ ११० जना निर्वाचन हुने व्यवस्था छ ।

    त्यसैगरी निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्यको निर्वाचनका उम्मेदवारले पेस गर्नुपर्ने कागजपत्रको सूची उपलब्ध गराएको छ ।

    आयोगका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्नुपर्नेछ ।

    साथै रु १० हजार धरौटी जम्मा गरेको रसिद वा भौचर, महिला, दलित वा अल्सङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । आर्थिक रुपमा विपन्नका हकमा भने स्थानीय तहको सिफारिस पत्र हुनुपर्नेछ । साथै मतदाता नम्बर, उम्मेदवारको सम्पत्ति विवरण, घर सङ्ख्या, घर रहेको स्थान, जग्गाको विवरण, सङ्घीय कानुन बमोजिम अयोग्य नभएको भनी गरेको स्वघोषणापत्र पनि उम्मेदवारले पेस गर्नुपर्नेछ ।

    कुनै लाभको पदमा नभएको भनी गरेको स्वघोषणा, कुनै जिम्मेवारी वा निर्वाचित पदमा रहेको भए राजीनामा दिएको दर्ताको निस्सा, कुनै अयोग्यता नभएको घोषणापत्र, उम्मेदवार आफै वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थकबाट सहीछाप गरिएको उम्मेदवारको मनोनयनपत्र पनि पेस गर्नुपर्नेछ ।

    यस्तै, २०७९ सालको प्रदेशसभा सदस्यतर्फ समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्द सूचीमा रहेको भए फिर्ता लिएको कागजात पनि पेस गर्नुपर्नेछ । प्रस्तावक र समर्थकको नाम सम्बन्धित प्रदेशसभा सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचक मण्डलको मतदाता नामावलीमा नाम भएको व्यहोरा खुल्ने कागजात पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

    आयोगले निर्वाचनको तयारी स्वरुप सात वटै प्रदेशमा निर्वाचन अधिकृत तोकिसकेको छ भने निर्वाचन कार्यालय पनि खोलिसकेको छ । राजनीतिक दलहरुले पनि उम्मेदवार छनोटका लागि प्रारम्भिक तयारी गरिरहेका छन् ।

  • भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास

    भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास

    काठमाडौँ, ९ पुसः भारत सरकारको सहयोगमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय भवनको शिलान्यास गरिएको छ ।

    उक्त भवनको मङ्गलबार काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सुलर अविनाशकुमार सिंह र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनालले संयुक्त रुपमा गर्नुभयो ।

    सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयको भवन भारत सरकारको रु चार करोडभन्दा बढीको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

    नयाँ भवन तीन र आधा तलाको हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको छ र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामार्फत कार्यान्वयन गरिने बताइएको छ ।

    कार्यक्रममा सिद्धिचरण नगरपालिकाका प्रमुख, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाहरुले नयाँ विद्यालय भवनका लागि भारत सरकारले प्रदान गरिरहेको सहयोगको प्रशंसा गर्नुभएको थियो ।

    भारत सरकारको सहयोगमा गुल्मीको धुर्कोट गाउँपालिका–३ मा अवस्थित निन्युखर्क माध्यमिक विद्यालयका लागि निर्माण गरिने भवनको शिलान्यास गरिएको छ । उक्त भवनको मङ्गलबार काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सुलर गीताञ्जली ब्रैँडन र गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

    धुर्कोट गाउँपालिका–३ स्थित निन्युखर्क माध्यमिक विद्यालयको विद्यालय भवन भारत सरकारको आर्थिक सहयोग रु तीन करोड ८० लाखमा निर्माण गर्न लागिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

    नयाँ पूर्वाधारमा फर्निचर, कक्षाकोठा र अन्य सहयोगी संरचनासहितको दुई तल्ले विद्यालय भवन हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको छ र गुल्मीको धुर्कोट गाउँपालिकामार्फत कार्यान्वयन गरिने बताएको छ ।

    कार्यक्रममा धुर्कोट गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाहरुले भारत सरकारले प्रदान गरिरहेको विकास सहयोगको प्रशंसा गर्नुभएको थियो ।

  • निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

    निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

    काठमाडौँ, ८ पुसः सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुने व्यवस्था गरिएको छ ।

    निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको भए पनि उम्मेदवार अयोग्य हुनेछन् । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तय गरेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् । यस्तै, ११० जना भने समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुने व्यवस्था छ ।

    पछिल्लो पटक आयोगले समानुपातिक निर्वाचन प्रणालीका सम्बन्धमा एक समिति गठनगरी आवश्यक अध्ययनसमेत गराएर जनसङ्ख्याका आधारमा प्रतिशत निर्धारण गरिसकेको छ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ अनुसार भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, आगुऔषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर गरेकालाई अयोग्य घोषणा गरिनेछ ।

    नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको भए पनि त्यस्ता उम्मेदवार अयोग्य हुने व्यवस्था छ । सङ्गठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गेको मितिले छ वर्ष पूरा नभएकासमेत अयोग्य हुने कानुनी प्रबन्ध छ ।

    जातीय भेदभाव तथा छुवाछुत, बोक्साबोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएका उम्मेदवार हुन पाउँदैनन् । प्रचलित कानुनबमोजिम कालोसूचीमा रहेकामा सो अवधिभर, कैदमा बसेकामा कैद बसेको अवधिभर, मानसिक सन्तुलन ठीक नभएको, विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको व्यक्ति उम्मेदवार हुन पाउँदैनन् ।

    नेपालको नागरिक, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, २५ वर्ष उमेर पूरा भएको, कुनै सङ्घीय कानुनले अयोग्य नभएको, कुनै लाभको पदमा बहाल नरहेको उम्मेदवार भने योग्य हुने प्रबन्ध छ ।

  • सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

    सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

    काठमाडौं,७ पुस २०८२ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ ।
    १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा पाइपास सुरुङको पनि निर्माण सकिएको छ । सुरुङ मार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाललगायतका संरचना निर्माणाधीन छन् । समग्रमा २३९८ मिटर सडक स्तरोन्नति गर्नु पर्नेछ ।
    पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालू रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ,३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइ भएको रक सेड निर्माण बाँकी छ । मुख्य सुरुङबाट सवारी साधन चलाउन सुरु भएपछि मात्र रक सेड निर्माण थालिने छ ।
    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सुरुङमार्ग निर्माणस्थलको आइतबार अनुगमन गरी निर्माणलाई तिब्रता दिई तोकिएकै समयमा काम सम्पन्न गर्न आग्रह गर्नुभयो ।
    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मासहित आयोजनास्थल पुग्नु भएका मन्त्री घिसिङले आयोजना र निर्माण व्यवसायीबीच निरुपण हुन बाँकी रहेका विषयलाई तत्काल निर्णय गरी टुंग्याउन निर्देशन दिनुभयो । समयमै गर्नु पर्ने निर्णय नगरेका कारणले निर्माण कार्यमा कुनै पनि हालतमा ढिलाइ हुन नहुने घिसिङले बताउनुभयो ।
    उहाँले भन्नुभयो,‘समयमा साइट उपलब्ध गराउन नसकेको, वन कटानमा ढिलाइ भएको, अग्रिम भुक्तानीमा ढिलाइ गरिएकोलगायतका काबू बाहिरको परिस्थिति देखाउँदै निर्माण व्यवसायीबाट १९ महिना म्याद थप माग भएको रहेछ, यस विषयलाई आयोजना, परामर्शदाता र निर्माण व्यवसायी बसेर तत्काल निर्णय गर्नुहोस्, निर्णय नगरेर आयोजनाको निर्माण कुनै पनि हालतमा प्रभावित हुन दिनुहँदैन ।’
    इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सुरुङ मार्ग निर्माणका लागि २५ फागुन २०७८मा चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ७ अर्ब ३४ करोड २१ लाख (करसहित)मा ठेक्का सम्झौता भएको थियो । सम्झौता बमोजिम चैत २०८३ भित्र सुरुङको निर्माण सम्पन्न गर्नुपर्ने छ । त्यसपछि कम्पनीले १८२५ दिन सुरुङ सञ्चालन एवम् मर्मत सम्भार गर्नेछ । नेपाल सरकारको आफ्नै स्रोतबाट सुरुङ मार्गको निर्माण भइरहेको हो ।
    सिद्धबाबा क्षेत्रमा वर्षायाम र हिउँदसमेत ढुंगा खस्ने, माटो बगेर आउने तथा सुख्खा पहिरो जाने कारणले थुप्रै दुर्घटना भएर मानवीय क्षति हुँदै आएको छ । वर्षायाममा समस्या झन् विकराल बन्ने गरेको र यसले गर्दा घण्टौंसम्म ट्राफिक अवरोध हुने गरेको छ ।
    उक्त समस्या समाधान गर्न सिद्धबाबामा सुरुङ मार्ग निर्माण गरिएको हो । सुरुङ मार्ग निर्माण भएपछि सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुका लागि सुरक्षित र भरपर्दो यात्रा सुविधा हुने, समय र दूरी घट्ने, दुर्घटना तथा सवारी साधन खर्च घट्ने देखिएको छ ।

  • Bamdev Gautam said, “Let’s punish those who discriminate against Dalits and take their property.”

    Bamdev Gautam said, “Let’s punish those who discriminate against Dalits and take their property.”

    The imbalance between constitutional protections and actual discrimination against Dalits has been sharply criticized by Bamdev Gautam, who claims that prejudice still exists despite the constitution’s acknowledgment of their rights.

    He has proposed an imposing rule that will punish anyone who discriminates against Dalits with a life punishment without the possibility of freedom and the taking of their property.


    He believes that while Dalit rights and inclusion are guaranteed by Article 40 of the Nepalese Constitution, the laws required to uphold it are still absent, and its actual application is still lacking.

  • प्रविधि र जीवन

    प्रविधि र जीवन

    ई. कुमार भट्टराई

    ‘क्रायोजेनिक फ्रिजिङ’ भन्नाले कुनै पनि वस्तुलाई लगेर फ्रिजिङ गर्नु हो । यसमा तरल अवस्थाको नाइट्रोजन पनि उपयोग गरिन्छ । यो साधारणतया फ्रिजिङ गरिने प्रविधिभन्दा फरक छ । यसबाट बायोलोजिकल स्याम्पलहरू जस्तैः सेल, टिस्यु वा अर्गानहरूलाई लामो समयसम्म जस्ताको तस्तै स्वरूपमा जोगाएर राख्न सकिन्छ । यो प्रविधिको अनुसन्धान मानिसको शरीरलाई फ्रिजिङ गरेर राख्ने र भविष्यमा यसरी जोगाएर राखेको शरीरमा पुनः जीवन भर्न सकिन्छ कि भन्ने आशाका साथ जारी छ ।

    त्यस्तै अर्काे प्रविधि छ, जुन अति सूक्ष्म तहमा उपकरणले काम गर्न सक्ने गरी डिजाइन गरिएको छ । यसमा रोबोटिक्सको प्रविधि ए.आई.मार्फत सञ्चालनमा ल्याएर मानिसको शरीरभित्र पठाएर चाहेअनुसारको काम गराइन्छ । यस्तो प्रविधिलाई नानो बायो टेक्नोलोजी भनिन्छ । नानो बायो टेक्नोलोजी प्रविधि पनि मानव शरीरलाई अमर बनाउन सकिन्छ कि भनेर गरिरहेको अर्को अनुसन्धान हो । रे कुर्जवेलले भविष्यमा जैविक अमरता दिलाउन सकिन्छ भनेर नानो टेक्नोलोजी जेनेटिक्स र रोबोटिक्सको उपयोग गरेर मानिसलाई अमर गराउन ल्याएका अवधारणा हो । यसमा नानोबोट्स (अन्यन्तै सानो रोबट – रक्त कोसिकाभन्दा लगभग १० गुणा सानो रोबर्ट)लाई शरीरभित्र पठाएर उपचार गर्न सकिने प्रविधि हुन सक्छ । यस प्रविधिको मेसिनबाट शरीरभित्र रहेर शरीरलाई बुढ्यौली हुनबाट रोक्न सक्ने औषधिको सिफारिस गरिन्छ । शरीरलाई आवश्यक औषधि दिन कम्युटर इन्टरफेसमार्फत उपकरण मानव शरीरमा जडान गरिन्छ । कुन तत्वका कारण बुढ्यौली हुन्छ भन्ने पत्ता लगाएर ती ती तत्वहरूको ताजगी जोगाउन आवश्यक खानपान वा प्रत्यक्ष औषधि वा केमिकल पठाएर यथास्थितिमा वर्षाैंवर्ष राख्न सफल हुने सिद्धान्त हो, उपचार विधि हो । यसो हुँदा मानिसमा बुढ्यौली नै आउन नदिनेसम्म गराउने यो प्रविधिमा अनुसन्धान गरिरहेका वैज्ञानिकहरूको दाबी छ ।

    यसरी आलेखको पहिलो खण्डमा भूनिर भनिएको क्राइनोजेनेटिक ट्रिगिङ गरेर भविष्यमा अमर बनाउन प्रविधि खोज्नुभन्दा पनि नानो रोवर्टिक प्रविधिबाट नै मानिसलाई बुढ्यौलीतिर जान रोकेर अमर गर्न सक्ने अवधारणा ल्याएका हुन् रे कुर्जनिलले । उनका अनुसार अहिले गरिरहेको प्रविधि विकासको चरणमा केही अवरोध नआएमा सन् २०३० सम्म यो प्रविधि न्यानो रोबर्टमार्फत काम गर्ने नानो बायोटेक्नोलोजी विकास गर्न सकिनेछ ।

    यस्तो प्रविधि विकासमा सफलता हुन सक्ने आधार अहिले चीनमा विकास गरिएको ए.आई. अस्पतालले देखाएको छ । चिनियाँ अस्पतालमा कसरी यसप्रकारका रोबोटिक संरचनामा ए.आई. डाक्टरले उपचार गर्न सक्छन् भन्ने आधारमा काम सुरु गरिसकेका छन् भन्ने कुरा हालसालै ग्लेबल टाइम्समा दिइएको एक अन्तवार्तामा शोधकर्ताले प्रस्तुत गरेका छन् ।


    सिन्ह्वा युनिभर्सिटी चाइनाको बेइजिङ सहरमा रहेको विश्वविद्यालय हो । यसमा विज्ञान, इन्जिनियरिङ, कानुन, मानविकि, चिकित्सा विज्ञान, साहित्य, इतिहास, अर्थशास्त्र, व्यवस्थापन, शिक्षाजस्ता संकायमा अध्यापन गराइन्छ । यो विश्वविद्यालय स्वास्थ्य क्षेत्रको विकासमा ए.आई. प्रविधि उपयोग गर्ने विश्वकै पहिलो भच्र्युअल अस्पताल बनिसकेको छ । यस अस्पतालमा देखिएको ए.आई. प्रविधि उपयोगले गुगलका पूर्वइन्जिनियर रे कुर्ज वेलको आशा पूरा हुन सक्ने आधार विकास हुँदै गएको देखिन्छ ।

    Source: #https://deshantarnews.com/2025/06/185329/

  • पूर्वीय दर्शनमा सञ्चार

    पूर्वीय दर्शनमा सञ्चार

    आफूले आफूभित्र, एक व्यक्तिबाट अर्काे व्यक्तिसम्म, व्यक्तिबाट समूह, समूहबाट अझै ठूलो समूहसम्म भाव, सन्देश, सूचना पुर्‍याउनुलाई हामी सञ्चार भन्न सक्दछौँ । वा भनौँ, एक स्थानदेखि अन्य स्थानसम्म सन्देश प्रवाह गर्नु नै सञ्चार हो । पूर्वीय दर्शनमा पनि यसको चर्चा पाइन्छ ।

    गीतासार अनुसार इन्द्रियलाई वशमा राख्ने व्यक्तिलाई सर्वश्रेष्ठ प्राणी मानिएको छ । विवेकलाई मनन गरी आत्माका विषयमा चिन्तन गर्न क्षमता राख्ने व्यक्तिले फरक दृष्टि राख्न सक्ने बताइएको छ । स्वस्थानी व्रत कथामा ध्यान दृष्टि र चाल पाउनुजस्ता शब्दमार्फत सञ्चारका केही सन्देश दिइएको छ ।

    ऋग्वेद, डामरतन्त्र, महाभारत, गीता र स्वस्थानी व्रत कथाजस्ता ग्रन्थमा इन्ट्रा पर्सनल कम्युनिकेसन, इन्टरपर्सनल कम्युनिकेसनका साथै मास कम्युनिकेसनका बारे वर्णन भेटिन्छन् । यहाँ आफूले आफैँलाई वा कसैले पनि अरू कसैलाई भावना वा सन्देश बुझ्ने गरी पु¥याउनु नै सञ्चार हो भन्ने बुझ्न सकिन्छ ।

    उदाहरणका लागि कसैको मनको इच्छा जानेर उसको इच्छाअनुसार बुझिदिनु वा ध्यान दृष्टिले विचार गरेर को कहाँ छ के गर्दै छ बुझ्न सक्नु वा अन्यत्र के भइरहेको चाल पाएर बुझ्नु वा आँखाको भौतिक क्षमताले देख्नेभन्दा देख्न नसक्ने वस्तु वा केहीलाई दिव्यदृष्टिबाट देखेर बुझ्नु वा तीन आयामबाट बुझ्ने ब्रह्माण्डभन्दा माथि परको सापेक्ष वा निरपेक्ष बुझाइ यी सबै नै सञ्चार हो ।

    ऋग्वेदमा ‘तद्धिष्णौः परम पद सदा पश्यन्ति सूरयः । दिवीव चक्षुराततम् ।।’ भनेर दिव्यदृष्टिलाई सञ्चारको एक माध्यम बताइएको छ । जो पवित्र देह र कर्म हुँदा स्वयंमा हुन सक्ने भन्ने आशय भेटिन्छ ।

    त्यस्तैः डामरतन्त्रमा मास त्रयं प्रयोगेण रोग दुःख विनाशकम् ।

    पञ्चमासाभ्या सतोदपि दिव्यदृष्टि सातुरः 

    भनेर दिव्यदृष्टिलाई सञ्चारको एक माध्यम, जो पवित्र कर्ममा रहँदा स्वयंमा हुन सक्ने भन्ने आशय भेटिन्छ ।

    डामरतन्त्रमा स्वयं मानिसबाट उत्पादन हुने वस्तुको नियन्त्रण मानिसको आहार–विहारबाट निर्धारण हुने र स्वयं उत्पादित वस्तुको अनुशासित सेवनबाट दिव्यदृष्टि हासिल हुने भनी मानिस आफैँलाई ट्रान्स्मिटर र रिसिभर भएको भनिएको छ ।

    महाभारतको भीष्म पर्वमा महर्षि व्यासले सञ्जयलाई दिव्यदृष्टि प्रदान गरेको र सोही दृष्टिबाट सञ्जयले युद्धमा भएका सबै दृश्य र श्रवणहरू, ध्वनि, संवाद, अस्त्र प्रहार राजदरबारबाटै प्रत्यक्ष देख्न सुन्न पाएको उल्लेख छ ।

    त्यस्तै, श्रीस्वस्थानी व्रतकथामा कैलाश पर्वतमा रहेका महादेवले चाल पाएको, स्तुतिबाट प्रसन्न भएका देवताहरूको मनको इच्छा जानेको साथै पार्वतीले ध्यान दृष्टिले विचार गरेर हेर्दा महादेव श्लेष्मान्तकमा किरातको रूप धारण गरेको थाहा पाएका जस्ता स्वयंकेन्द्रित सञ्चारका कुराहरू भेट्न सकिन्छ । 

    यी त भए पूर्वीय दर्शनमा भेटिएका केही अंश, तर यसपछि आजको विज्ञानले प्रमाणित हुँदा मात्र र फेरि–फेरि आममानिसले उपयोग गर्न सक्ने सिद्धान्तमा वैज्ञानिक मान्ने र भेटिएका बुझिएका सुमेरियन, अकाडाम, इजिप्सियन सिभिलाइजेसन अनि ८६८ सि.ई.मै प्रिन्टेड किताब डायमन्ड सूत्र ।

    यहाँ प्रश्न के मात्र हो भने इतिहासदेखि आस्थाका आधारमा संरक्षित ज्ञान र वेदलाई नै श्रवणमार्फतको ज्ञान मानेर भए पनि ज्ञानकै संरक्षण गरेको नेपाल, साम्भाला र भारत वर्ष गुटेनबर्ग, निकोला टेस्ला, न्युटनदेखि स्टेफेन हकिन्ससम्मले विज्ञानमाथि पुर्‍याएको अतुलनीय देनमा अंशियार होला कि नाइँ ? भारत त धर्म निरपेक्षतालाई नै आफ्नो स्वाधीनताको वर्षगाँठ महोत्सव मानिरहेकै छ भने साम्भाला मेरो भन्नेले पनि धर्म निरपेक्षता विकासको बाटो हो र त्यसपछि मात्र सांस्कृतिक र परम्परागत खोज भनिरहेको छ, यस्तो परिस्थितिमा के नेपालले सदैव अस्थिरता र अस्पष्ट रहिरहनुपर्ने हो ? केही सय वर्षअगाडिदेखि विज्ञान कसरी सञ्चारलाई बुझिरहेको छ र केके प्रविधि बुनिरहेको छ।

    Source: #https://deshantarnews.com/2025/07/185760/

  • आधुनिक विज्ञान

    आधुनिक विज्ञान

    ई. कुमार भट्टराई

    यस अघिका आलेखहरूमा मैले सनातन सम्यतादेखि हाल अवशेषमा रहेका पुराना मठ, मन्दिर, सहरहरू साथै ढुंगे लेखनलगायत मानव इतिहासमा करिब दुई मिलियन पुरानो होमो हयाबिलिस (Homo habilis)ले बनाएको उपकरणसम्मको चर्चा गरेँ । त्यस्तै पुरानो सभ्यता, सप्तऋषि सम्यतादेखि सिन्धुघाटी सम्यता, मेसोपोटामिया, प्राचीन मिश्र, प्राचीन चीन, वैदिक सभ्यतालगायतको चर्चा गरेँ । तत्तत् अवस्थामा जे जति विकास भएका भए पनि आज हामी ती पुराना सम्यता र विकाससँग तार मिलाउन सक्ने अवस्थामा पुगेका छैनौँ । यद्यपि भेटिएका तथ्य र प्रमाणका आधारमा अध्ययन सामग्री भने बनेका छन् । ५०० बी.सी.को एबाकसदेखि अहिलेको ए.आई.सम्म भने हामीलाई केही जानकारी छ ।

    १४४० सन गुटेनबर्गले बनाएको हाते प्रिन्टिङ प्रेसले ज्ञान आदानप्रदान र परिमार्जनका लागि धेरै सहयोग पुर्‍याएको थियो । कसैले भनेको पत्याइदिन पर्ने अवस्थाबाट विचार मन्थन गर्ने र आफ्ना भनाइ प्रकाशन गर्न सक्ने अवस्थामा पुर्‍याएको थियो । यद्यपि, सन् १५२० सम्म पानी जहाजहरूले झण्डा देखाउँदै सञ्चालन गर्नुपर्ने अवस्था थियो । डच प्रेसको विकास हुँदै धेरै ज्ञानका पुस्तकहरू सहज भेटिने सन् १५५० तिरको अभ्यासले आजको विज्ञानको सुरुवात गरायो भन्दा अतिशयोक्ति हुँदैन भन्ने लाग्छ । सन् १७९२तिर लाइन अफ साइटको अवधारणामा छावरहरू निर्माण हुन थालेका थिए । हुन त लाइटिङ रडको प्रयोगात्मक परीक्षण सन् १७५२ मा भए पनि सन् १८०० मा भोल्टाले डी.सी. करेन्ट उत्पादन गरे पछि सन् १८२१ मा मेकानिकल क्याल्कुलेटर विकास गरिन थाले । त्यसपछि पर–परसम्म सन्देश आदानप्रदान गर्ने आधार निर्माण भयो र टेलिग्राफ रिपिटरहरू बन्न थाले । विस्तारै देशभन्दा पारिसम्म सन्देश आदानप्रदानको अवस्थामा प्रविधि पुग्न सहयोग पुर्‍यायो ।

    अलेक्जेण्डर ग्रामवेलको पहिलो टेलिफोन निर्माणले रेकर्डिङ सिस्टमको आवश्यकता महसुस गरायो र यसै सिलसिलामा जब थोमस अल्वा अडिसनले विद्युत् सुरु गराए, त्यसको केही समयभित्र नै जर्मनीले वेच्च अटोमोबाइल विकासको काम थाल्यो । विस्तारै फ्लाट डिस्क रेकर्ड ग्रामोफोनजस्ता उपकरण विकास गरिए भने क्यामेरा, सिनेमेटोग्राफीजस्ता महत्वपूर्ण प्रविधि विकास हुन थाले । सन् १८९५मा पुग्दा निकोला टेस्लाले रेडियो वेभको बारेमा बताउन थाले भने मार्कोनीले सन १९०१ मा पुग्दा Transatlantic Signal पठाउन सफलता हासिल गरे । बीच सन् १९०२ मा एयर कन्डिसन, १९०३ का राइट ब्रदर्स्ले जहाजको परीक्षण सुरु गरिरहेका थिए । यसबाट सञ्चार मात्र नभएर मानिस द्रुत गतिमा फरक मौसम र फरक स्थानमा पुग्न सहजीकरण हुँदै थियो । भ्याकुम ट्वय AT&T, इमेज क्याप्चर गरेर ब्रोडकास्ट गर्ने प्रविधिलगायत टेलिभिजन प्रसारणसम्म विकास सन् १९२६ मै भइरहेको थियो । यसबाट Hearing loop, video tape Recorder, walkie talkie जस्ता उपकरण विकासमा आधुनिक विज्ञान पुग्न थाल्यो । सन् १९४६ सम्ममा त ENIAC हुँदै डिजिटल प्रविधि विकासको क्रम सुरु नै भइसकेको थियो । विस्तारै कम्प्युटर मात्र नभएर प्रिन्टर, कन्फरेन्स कल हुँदै स्याटलाइट कम्युनिकेसन र फाइबर अप्टिक्सको विकास हुन थाल्यो ।

    यसबाट सञ्चार सहज मात्र बन्दै थिएन, सञ्चारभित्र सुविधा थपिने क्रम बढ्दै थियो । स्लाइड सो गर्न प्रोजेक्टरजस्ता उपकरकण बन्दै थिए । झन् सन् १९६९मा पुग्दा DARPA/ARPANET जस्ता पकेट स्विचिङ र इन्टरनेटको विकासक्रमको सुरुवात नै भइसकेको थियो । इमेल पठाउने, बारकोड स्क्यान गर्ने पद्धति विकास हुँदै जापानले सन् १९५० को दशकमा मोबाइल कम्युनिकेसन नै विकास गर्‍यो । अनि जी.पी.एस स्याटलाईट, मोबाइल कम्युनिकेसन, टी.सी.पी.आई.पी हुँदै पावरप्वाइन्ट एच.टी. एम.एल. गर्दै अनलाइन ब्राउजिङमा हामी सन् १९९० मा पुग्यौँ । यसअघिका आलेखमा मैले इन्टरनेट विकासक्रमका बारेमा लेखिसकेको छु । इन्टरनेट विकासपश्चात् लाइभ स्ट्रिमिङ, भच्र्युअल टुर, थ्री.डी. जस्ता प्रविधि सन् २००० अगाडि नै विकास गरिए । त्यसपश्चात् सामाजिक सञ्जालको युग सुरु भयो ।

    सन १९९४ मा सर्वसाधारणका लागि इन्टरनेट खुल्ला गर्दा जीवनशैली सहज हुने गरी अनलाइन बुकिङ, प्लेटफर्म, स्मार्ट फोन, आइफोन र आइप्याडजस्ता उपकरणमार्फत इन्टरनेट चलाएर इन्ट्रिगेटेड इभेन्ट एप्स र फेस रिकग्नाइजेसनसम्म यति छिट्टै पुग्छौँ भन्ने सायद हामीमा अनुमान थिएन । तर सन् २०१७ मा फेस रिकग्नाइजेसनको प्रविधिको सुरुवातले हामीलाई एक वर्षभित्रै ए.आई, ओपन ए.आई. र जी.पी.टीसम्म पुर्‍याएको छ । अघिल्लो आलेखमा सन् २०१८ मा चलाउन पाइएको ए.आई र जीपीटीले सन् २०२५ सम्म पुग्दा कस्तो कस्तो विकासक्रममा पुर्‍यायो भन्ने चर्चा गर्नेछु ।

    Source: #https://deshantarnews.com/2025/08/187962/

  • Khapung’s appointment as Inspector General of Police.

    Khapung’s appointment as Inspector General of Police.

    August 29,2025

    KATHMANDU: Chandra Kuber Khapung, an Additional Inspector General (AIG), has been named the next Inspector General of Police (IGP) by the government.

    Khapung, who was first in line of seniority, was appointed the 32nd chief of Nepal Police at a meeting of the Council of Ministers on Friday afternoon.

    Deepak Thapa, the current IGP, will attain the required retirement age and resign on September 3. The next day, September 4, Khapung will take over.

    Despite his best efforts, Thapa was unable to win an extension of his service.

    The administration acknowledged Khapung’s appointment before to Prime Minister KP Sharma Oli’s departure for China on Saturday.