काठमाडौँ ।: काठमाडौँ माहानगरपालिकाका मेयर बालेन शाहले आज आफ्नो पदबाट राजीनामा दिने तयारी गरेका छन् । राजीनामा दिएपछि उनी आज दिउँसो २ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पाटि (रास्वपा) को केन्द्रय कमिटी बैठमा सहभागी हुने कार्यक्रम रहेको छ ।
रास्पाको केन्द्रीय कमिटी बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको निर्णयपछि पार्टि सभापति रवि लामिछाने र बालेन शाहा आजै जनकपुर जाने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।
बालेन शाहा झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका छन् । त्यसका लागि रास्वपाले उक्त क्षेत्रमा सम्पर्क कार्यालयसमेत स्थापना गरिसकेको छ ।
इन्जिनियरिङ विषय अध्ययन गरेका बालेन २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ माहानगरपालिकाको मेयर पदमा अत्याधिक मतल्याएर निर्वाचित भएका थिए । पछिल्लो समय ‘जेन–जी’ अभियानमार्फत चर्चामा आएका उनी पछि रास्वपामा आबद्ध भएका हुन् ।
यसै क्रममा गत पुस १३ गते रवि लामिछाने र बालेन शाहाबीच एउटै दलबाट चुनाव लड्ने सहसात बुँदे सम्झैता भएको थियो ।
काठमाडौँ ।: नेपाली कांग्रेसमा दखिएको नेतृत्व विवाद अदालतसम्म पुग्ने भएको छ । निर्वाचन आयोगको पछिल्लो निर्णयप्रति असहमति जनाउँदै शेरबहादुर देउवा समूह आज सर्वोच्च अदालत जाने तयारीमा जुटेको हो ।
कांग्रेस केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवा समूहले आज रिट निवेदन दर्ता गर्ने प्रक्रियामा अघि बढाउँदैछ । यसअघि बसेको देउवा पक्षीय केन्द्रीय कार्यसमिति बैठकले आयोगको निर्णयविरुद्ध राजनितिक तथा कानुनी लडाइँ लड्ने निर्णय गरेको थियो ।
कानुनी पक्षको जिम्मेवारी तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ । उनी हाल कानुन व्यवसायीहरुसँग छलफलमा छन् । स्रोतका अनुसार वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसी लगायतले कानुनी परामर्श दिइरहेका छन् ।
यसअघि गगन थापा र विश्रवप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आयोजना गरी नयाँ केन्द्रीय कार्यसमिति चयन गरेका थिए, जसबाट गगन थापा सभापति निर्वाचित भएका छन् ।
तर देउवा पक्षले भने नियमित महाधिवेशन मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नरहेको दाबी गर्दै आएको छ ।
काठमाडौँ ।: नेपाल कम्युनिस्ट पार्टि (नेकपा) मावदि का संयोजक पुस्पकमल दाहाल प्रचण्डले भरतपुर माहानगर पालीकाको मेयर रेणु दाहालको पहिचान जनताले नै विकास प्रमी नेताका रुपमा बनाइदिएको बताउनु भयो ।
चितवनको भरतपुर माहानगरपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्दै गर्दा शुक्रबार उहाँले यस कुरा बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले भन्नुभयो, “रेणुलाई हामीले विकासवादी भनेको होइनौ वाहाँको काम हेरेर जनताले नै उहाँलाई विकास प्रमीका रुपमा स्थापित गर्नुभएको हो । जनताले स्थापित गरेको यो पहिचानलाई एउटा आर्दश मानेर अघि बढ्नुपर्छ ।”
पूर्व प्रधानमन्त्री समेत रहनुभएको प्रचण्डले सामाजिक सञ्जालमा हुने सस्तो लोकप्रियता (स्टन्टबाजी) ले देशको हित नगर्ने टिप्पणी गर्नुभयो । गत भदौ २४ गतेको सन्दर्भ निकाल्दै उहाले भन्नुभयो, “स्टन्टबाजीकै कारण राष्ट्र झण्डै खरानी भयो । यो कुनै विचार वा सिद्धान्ताका कारण भएको होइन, केवल होहल्ला र स्टन्टको परिमाण हो ।
अहिलेको समयमा विचार र निष्ठाभन्दा पनि भ्रमको पछि लाग्ने प्रवृति बढेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । “हामी अझै पनि सतर्क भएनौ र सिद्धान्तहीन होहल्लाको पछि लाग्यो भने देश ठूलो दुर्घटनमा पर्न सक्छ,” उहाँले भन्नुभयो । समाजमा देखिएको अराजकतालाइ नियन्त्रण भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
चितवनकै नागरिक हुनुको नाताले आफुले देश र समाजप्रतिको कार्तव्य सम्झेर सवैलाई सचेत रहन अपिल गरेको पनि उहाँले बताउनुभयो ।
पुरानो समयमा हामीहरूबीच गोत्र हेरेर विवाह गर्ने परम्परा थियो । हाम्रो पूर्वीय सभ्यतामा वंश, कुल, जाति र गोत्र जस्ता शब्दहरू प्रचलित थिए र आजसम्म पनि छ । हामी पुस्तौँपुस्तासम्म खोजतलास गर्दा कुल शब्द केही परिवार र केही पुस्ताका आधारमा व्याख्या गरेको पाउँछौँ । गोत्र शब्दचाहिँ अनादि कालदेखि चलिरहेको सभ्यता हो । तर यसमा पितृसत्तात्मक समाजमा कन्यादान गरेर महिलाको गोत्र विवाहमा परिवर्तन गराउने चलनले बिस्तारै उनीहरूको गोत्रमाथिको अधिकार हराउने वा कम हुने हुन सक्छ । यद्यपि बाबुपट्टिको सात पुस्ता र आमापट्टिको पाँच पुस्तासम्मको कुल हेर्ने प्रचलन देखिन्छ ।
यसमा जेनेटिक अध्ययनबाट विज्ञान सूत्र बनाइएको भेटिन्छ । यहाँ गोत्र र पितृकुल किन गाँसिन्छ भन्नेमा महर्षि पाणिनीका अनुसार गोत्र भनेको नाति नातिनी वा उनीहरूभन्दा तलको पुस्ताका लागि गोत्र मापन गर्नुपर्ने हुन्छ । जेनेटिक विज्ञानमा गाँसेर हेर्दा लुकेको क्रोमोजम पनि ती पुस्तामा देखिने हुनाले नारीको पनि जेनेटिक गुण प्रस्ट हुने भन्ने वैज्ञानिक आधार पुष्टि हुन्छ ।
गोत्र व्यवस्थाको सुरुवात सप्तऋषिहरूबाट सुरु भएको भनिए पनि हाल १०८ थरीभन्दा बढी गोत्र भेटिन्छ । हामी गोत्रलाई जातिसँग गाँसेर बुझिरहेका हुन्छौँ, तर जात भनेको कर्मलाई व्याख्या गरेको हुनाले यहाँ डीएनएको कुनै अर्थ हुँदैन । आजभोलि डाक्टरको छोराछोरी डाक्टर नै हुन्छन् भन्ने हुँदैन, सेनाको छोराछोरी सेना नै हुँदैनन्, त्यसैले पनि हामी जातपातभन्दा धेरै माथि उठिसकेका छौँ ।
हाम्रो शरीरका प्रत्येक सेलमा ४६ वटा क्रोमोजम हुन्छ । यही क्रोमोजममा हाम्रो अनुहार कस्तो हुनेदेखि लम्बाइ र जीवनशैली समेत निर्धारण गर्न सक्ने क्षमता रहेको हुन्छ । २३ जोडी क्रोमोजम मध्ये २२ वटा अटोसम क्रोमोजम हुन्छ र २३औँ क्रोमोजम सेक्स क्रोमोजम हुन्छ र यो एक्स एक्स वा एक्स वाई क्रोमोजम हुन सक्छ । यदि आमाबाट पनि एक्स आउने र बाबुबाट पनि एक्स क्रोमोजम आउने हो भने छोरीको जन्म हुन्छ भने यदि आमाबाट एक्स आउने र बाबुबाट वाई आउने हो भने छोराको जन्म हुन्छ ।
यहाँ प्रश्न के छ भने वाई क्रोमोजम फरक हुनाले र बाबुबाट आउने भएकाले बाबुतिरबाट विज्ञानको आधार खोज्न सहज हुन्छ । जेनेटिक इरर हुदा डीएनए आफैँले मर्मत सम्हार गर्न सक्ने क्षमता जिनभित्र नै हुने हुनाले पहिलो २२ जोडी क्रोमोजममा कुनै इरर देखिएमा आफैँले सूचना सही गराउन सक्छन् । यहाँ बुझ्नुपर्ने कुरा के छ भने आमा र बुबा यदि फरक गोत्रमा छन् भने यी २२ जोडी कोमोजमभित्र कुनै एकमा समस्या देखिएमा आफैँ समाधान खोजिन्छ ।
यदि बाबुआमा एउटै गोत्रका छन् भने जेनेटिक इरर भेटिँदा सूचना सही गर्न नसकिने पनि हुन सक्छ । जेनेटिक इरर मिलाउने हो भने जेनेटिक संरचना फरक भएको परिवारमा विवाह गर्नु उचित देखिन्छ । वाई क्रोमोजममा परापूर्वकालमा जस्तो थियो त्यही सूचना संयन्त्र अहिलेको वाई क्रोमोजममा भेटिँदैन । वाई क्रोमोजमा केही समस्या आएका आफैँ सुधार गर्न सक्ने क्षमता हुन अन्य वाई क्रोमोजम नभेटिने हुँदा ह्याम्स वर्ग जअ जस्ता समस्या आउन सक्छ ।
जेनेटिक विविधता कायम राख्न मानव सभ्यतामा मात्र नभई वनस्पतिहरूमा पनि फरक–फरक जिनसँग गर्भाधान गराउने गरिन्छ । कृषि आधुनिकीकरण यसैको उपज हो ।(लेखक वरिष्ठ इन्जिनियर भट्टराई ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बानका केन्द्रीय अध्यक्ष तथा पूर्वीयदर्शनका अध्येता हुन् ।)
काठमाडौँ ।: नेपाल कम्यूनिष्ट पार्टि (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा अस्थिर पैदा गर्ने नियतका साथ आफ्नो नेतृत्वको सरकारलाई षडयन्त्रपूर्वक हटाइएको दाबी गर्नुभएको छ ।
बिहिबार काठमाडौँमा आयोजित ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालको पुस्तक ‘जेलभित्रका सङ्घर्ष’ लोकर्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशलाई संकटमा धकेल्ने प्रयास भइरहेको बताउनुभयो ।
पछिल्लो समय समाजमा अराजकता मच्चाउने र संरचनाहरु जलाउने कार्य भइरहेको भन्दै उहाँले कडा आक्रोश पोखनुभयो । “सरकार ढाल्नेदेखि मुलुक जलाउने खेल भयो,” आलीले भन्नेभयो, “अहिले देश बिगार्नेहरुकै आवज ठूलो सुनिन थालेको छ ।” ओलीले आफ्नो निर्वाचन क्षेत्रमा केहि व्यत्तिहरु ‘अदृश्य स्रोत’ को पैसा बोकेर आफूविरुद्ध चुनाव लड्न आएको भन्दै उहाँले त्यस्तो धनको स्रोतमाथि प्रश्न उठाउनुभयो । ओलीले एमाले कुनै शत्तिको कृपाले नभई जनताको सङ्घर्ष र बलिदानले स्थापित भएको स्पष्ट पार्नुभयो ।
इतिहासलाई आफनो नजरले मात्र ननाप्न चेतावनी दिदैँ पूर्वप्रधानमन्त्री ओलीले युवाहरुलाई गहन सन्देश दिनुभयो । उहाँले भन्नुभयो, “युवाहरुले विश्वविधालयको डिग्री मात्र लिएर पुग्दैन, देशको माटो र इतिहासलाई पनि बुझन जरुरी छ । इतिहास निकै लामो छ, यसलाई हल्का रुपमा नलिनुहोस् ।”
नकारात्मक क्रियाकलाप गर्नेहरु प्रति ध्यानआकर्षण गर्दै ओलीले कडा उल्लेख गर्नु भयो । ‘लुसिफरहरुले धेरै धाक नलगाए हुन्छ’ उहाँले भन्नुभयो, ‘ती जलाएका संरचनाहरु जलाउनेहरुले पुन बनाउनु पर्दैन?’
नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो आन्तरिक कलहप्रति टिप्पणी गर्दै ओलीले यसमा ‘अदृश्य शक्ति’ को हात रहेको औँल्याउनुभयो । एमाले विभाजनको समयमा पनि यस्तै खेलहरु भएको स्मरण गराउँदै उहाँले नेपाली समाजलाई विकृत बनाउन खोज्ने तत्वहरुलाई नियन्त्रण गर्नु पर्ने जोड दिनुभयो ।
परिवर्तन संस्थागत हुदैँ गएको र एमाले देशको रक्षाका लागि सधैँ अडिग रहने उहाँको प्रतिवद्धता थियो ।
काठमाडौँ । समाजवादि आन्दोलनमा आउन भन्दै लाखौं मानिसलाई एसएमएस पठाउने व्यक्ति निर्देश सेढाईँलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयको टोलीले नियन्त्रणमा लिएको छ ।
सेढाईँले यस कार्य गर्न दुरसञ्चार कम्पनीसँग आपसी सहमती गरेको देखिन्छ । नेपाल टेलिकमको गेट वे को उपयोग गरेर एटी आलर्टको नाममा सेढाईले एसएमएस पढाएको प्रहरीले जानकारी दिए ।
सेढाईँका अनुसार दुई कम्पनी प्रयोग गरी एक करोड रुपैया खर्चेर एसएमएस पठाएको हो । ५० लाख व्यक्त्तिहरुलाई एसएमएस पठाएको अपराध अनुसन्धान कार्यलयका एसपी काजीकुमार आर्चायले जानकारी दिए ।
प्रहरीका अनुसार कारको व्यवसाय गर्ने चितवनका सेढाईँको आफ्नै पेट्रोल पम्प पनि रहेको छ ।
काठमाडौँ ।: नेपाली शेयर बजारमा परिचत नामले चिनिने शेयर कारोबारी दिपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टि (एमाले) मा जोडिने भएका छन् ।
मंगलबार एमालेका पार्टि अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा अग्रवाल र ओलीको भेटवार्ता भएको थियो । केपी शर्मा ओलीले अग्रवाललाई पार्टिमा स्वागत गर्न इच्छुक रहेको बताए ।
पूर्व प्रधानमन्त्री ओलीले पार्टिमा अवद्ध भएसी अग्रवालले राम्रो नेतृत्व गर्ने आसा रहेका बताए ।
दिपेन्द्र अग्रवाल काठमाडौँको चुन देवी निवासी हुन् । अग्रवाल धेरै समय अगाडि देखि शेयर बजार कारोवारमा सक्रिय रहदै आएका छन् । उनी जनता समाजवादि पार्टि (जसपा) नेपालका केन्द्रिय सदस्य समेत हुन् ।
नेपाली कांग्रेसका माहामन्त्री गगनकुमार थापाले पार्टि र निर्वाचन प्रणालीमा सुधारका लागि विभिन्न प्रस्ताव अघि सारेका छन् । भृकुटीमण्डपमा जारी विशेष माहाधिवेशनको बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमार्फत उनले कार्यमूलक लोकतन्त्र र समावेशी प्रणाली सुदृढ गर्ने विषमा जोड दिएका हुन् ।
थापाले दलीय सुधार अन्तरर्गत सामानुपातिक निर्वाचन प्रणालीबाट एक व्यक्ति एकपटक मात्र उम्मेदवार बन्न पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । साथै तहको निर्वाचनका लागि सदस्यतामा आधारित प्राईमरी निर्वाचन प्रणाली लागु गरी त्यसमार्फत महिलासहित बढि मत ल्याउने तीन जनामध्येबाट उम्मेदवार छनोट गर्ने व्यवस्था अघि सारिएको छ ।
प्रतिवेदनमा समावेशितालाई प्रभावकारी बनाउन आरक्षित निर्वाचन क्षेत्रको अवधारणामाथि पुनः छलफल गर्नुपर्ने उल्लेख छ । ‘सिंगल रोटेसन रिजभ्र्ड निर्वाचन क्षेत्र’ जस्ता अभ्यास कार्यान्वयनका लागि पहल गरिने पनि प्रस्तावमा समेटिएको छ ।
त्यसैगरी पार्टिभित्र लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन केन्द्रीय तहदेखि वडा तहसम्मका पदाधिकारी अनिर्वाय रुपमा तल्लो तहबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था गर्नुपर्ने थापाको प्रस्ताव छ । पार्टिका भ्रातृ तथा सुभेच्छुक संस्थाको आन्तरिक निर्वाचन समयमै र निष्पक्ष रुपमा सम्पन्न गर्नुपर्नेमा पनि जोड दिएको छ ।
निर्णय प्रक्रियामा महिला, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, युवा तथा अल्पसंख्यक समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न संस्थागत बहस र अन्तरक्रिको प्रणाली विकास गरिने उल्लेख छ ।
निर्वाचन प्रणाली सुधारतर्फ मतदातालाई ‘नो–भोट’ अर्थात् उम्मेदवार अस्वीकार गर्ने अधिकार दिने, विदेशमा रहेका नेपालीलाई मतदानको सुविधा दिने तथा निर्वाचन खर्च पारदर्शी बनाउने प्रस्ताप पनि प्रतिवेदनमा समावेश गरिएको छ । साथै दलको आर्थिक गतिविधिमा कडा वित्तिय अनुशासन कायम गर्दै मतभारका आधारमा राज्यकोषबाट अनुदान दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ ।
काठमाडौँ । पुस २९ भारतको हिमाचल प्रदेशमा ग्यास सिलिन्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको छ । मृतक सबै सल्यानको सिद्धकुमार गाउँपालिका–२ का दुई परिवारका सदस्य हुन् ।
सोलन जिल्लाको अर्की क्षेत्रमा सोमबार बिहान करिब साढे २ बजे भएको विस्फोटपछि आगालागी फैलिँदा उनीहरु घरभित्रै फसेका थिए । प्रारम्भिक रुपमा निसास्सिएर मृत्यु भएको अनुमान गरिएको छ ।
घटनामा धनबहादुर विक र काशीराम विकको परिवारका सदस्य परेका छन् । सबै मृतक हिमाचल प्रदेशमा काम गर्दैै आएका थिए । वडा कार्यालयले घटनापछि शोक बिदा दिएको छ ।