
कोदो नेपालको चौथो बालि भनेर चिनिने पौष्टिक तथा औषधीय गुणयुक्त खाद्यबालि हो । पहाडि क्षेत्रमा मकै भाचेपछि साउनको पहिलो सातातिर यसलाई कतै बिउ छर्ने कतै रोप्ने गरिन्छ । घुन तथा अन्नमा लाग्ने अन्य किराहरुले कोदोलाई नष्ट गर्न सक्दैन । लामो समयसम्म कोदोलाई स्टोर गरेर राख्न सकिन्छ ।
बिभिन्न अनुसन्धानले कोदामा मकै भन्दा ३.७ गुणा, चामल भन्दा २.३ गुणा र गहु भन्दा १.५ गुणा बढि आइरन पाइन्छ भन्ने देखाउछ । त्यस्तै कोदोमा चामल र मकै भन्दा ३५ गुणा र गहुभन्दा ८ गुणा बेसि क्यालसियम पाइन्छ ।
गुरुङ, मगर, राई, लिम्बुहरुको धार्मिक कार्यमा भने कोदोको परिकार अनिवार्य रुपमा प्रयोग गरिन्छ ।
कोदोको रोटि, ढिडो, पुवा, घरेलु मदिरा, खोले परम्परागत रुपमा बनाइन्छ । शहरबजारमा भने बेकरी परिकारका रुपमा पाउरोटि, बिस्कुट, केक, आदि बनाउन थालिएको पाईन्छ ।
कोदोमा पाइने तत्वहरु ः
काब्रोहाइड्रेड
प्रोटिन
क्यालसियम
चिल्लो पदार्थ
थाईमिन तथा रेसादार बस्तु
फाइबर
भिटामिन इत्यादि ।
कोदोको परिकार सेवनका फाइदा ः
अडिलो खानाको रुपमा चिनिने कोदो तौल नियन्त्रण तथा तौल घटाउन मद्दत गर्दछ ।
कोलेस्ट्रोल घटाएर मुटु रोगको जोखिमबाट छुटकारा
कोदोमा रहेको पोटासियम, म्याग्नेसियमले रक्तचाप नियन्त्रणमा सघाउ ।
प्रशस्त क्यालसियमले हाड बलियो बनाउन सहयोग गर्दछ ।
नियमित सेवनले कब्जियत र ग्यासको समस्यामा औषधिय प्रभाव राख्दछ ।
शरीरलाई आवश्यक प्रोटिनको मात्राको अत्याधिक परिपुर्ति गर्दछ ।
बालबालिकाको दिमागको विकास तिव्र गतिमा बढ्ने । हाड मजबुत र शरिरको संरचना विकास, दातको विकासमा कोदोको परिकारले राम्रो भुमिका खेल्दछ ।
चिल्लो विना पकाएको कोदोको खोलेले घाटिको टन्सिल वा खटिरा निको पार्दछ ।
आइरन चक्कि खाने गर्ववतिका लागि कोदो अति उपर्युत खाघान हो भने पाचन प्रकृयामा पनि सहजता रहन्छ ।
मध्यपान आफैमा हानिकारक वस्तु हो, तर रक्सिको लतमा लागेका मानिसका लागि खनिज र शुद्ध अल्कोहलको मात्रा राम्रो रहेकोले अरु रक्सिको तुलनामा कोदोको रक्सीबाट कम असर रहने बैज्ञानिकको पुष्टि छ ।
आयातीत खानामा पोषण कम रहनाले बच्चाहरुमा कुपोषणको समस्या बढि देखिन थालेकोले स्वास्थ्यविद्हरुले बालबालिकालाई कोदोको परिकार खाने सल्लाह दिन थालेका छन् । आफ्ना बच्चाहरुलाई कोदो, गहु, मकै, जस्ता खाधान्नबाट बनेका, घरेलु÷परम्परागत रुपमा बन्दै आएका परिकार खुवाउने बानि बसालि स्वस्थ र तन्दुरुस्त बनौ ।
