Category: ब्लग

  • अब रोटीमा यो चीज मिसाएर पकाउनुनु होस

    अब रोटीमा यो चीज मिसाएर पकाउनुनु होस

    आजकाल घरहरूमा रोटीहरू सामान्यतया गहुँको पीठोबाट बनाइन्छ किनभने रोटी बिना हाम्रो खाना अधुरो हुने गरेको छ ।

    हामी सबैलाई दिउँसो देखि बेलुकाको खानामा रोटी नै खान मन पर्छ । यदि तपाई पनि कब्जियतको समस्याबाट हैरान हुनुहुन्छ भने गहुँको पिठोमा यस्तो चीज मिसाएर खानुहोस्, कब्जियत झट्टै निको हुनेछ ।

    तपाईलाई भनौं कि कब्जियत आजको समयको सबैभन्दा ठूलो समस्या हो । कब्जियतका मुख्य लक्षणहरूमा कम बारम्बार दिसा चल्नु, कडा र सुख्खा दिसा, मल त्याग गर्दा तनाव वा दुखाइ, र मल त्याग पछि पनि अधूरो रहेको महसुस गर्नु जस्ता लक्षण देखिएका हुन्छन् ।

    हामी तपाईलाई बताउछौं कि कब्जियत धेरै कारणले हुन सक्छ, जस्तै आहारमा फाइबरको कमी, पानीको कमी, व्यायामको कमी वा केही औषधिहरूका कारण पनि हुन सक्छ । उसो भए उनुहोस् यस समस्याबाट छुटकारा पाउन रोटी बनाउने नयाँ तरिका जानौं।

    गहुँको पीठोमा बेसनको पिठो मिलाउनु होस्। त्यसपछि अलि अलि पानी हालेर राम्ररी घुमाउनुहोस्। अब यसलाई रोल आउट गर्नुहोस् र दुबै तर्फबाट पकाउनु होस्। यदि तपाईं चाहनुहुन्छ भने तपाईं यसमा हल्का नुन पनि थप्न सक्नुहुन्छ।

    यस पीठोबाट बनाइएका रोटी हलुका हुन्छन् र पेटमा भारीपन महसुस हुँदैन। बेसनको पिठोबाट बनेको रोटी रगतमा चिनीको मात्रा नियन्त्रण गर्न पनि सहयोगी हुन्छ । यति मात्र होइन, यी रोटीहरूको सेवन मधुमेहका बिरामीका लागि पनि फाइदाजनक मानिन्छ । यसमा पाइने प्रोटिनले मांसपेशी बलियो बनाउन र आन्द्रालाई स्वस्थ राख्न मद्दत गर्छ ।

  • बायु प्रदूणको कारण र असर

    बायु प्रदूणको कारण र असर

    केही बर्ष यता बायु प्रदूणको समस्या बढ्दै गएको देखिन्छ । बिषेश गरि बायु प्रदूण मानवीय क्रियाकलापबाट बढ्दै गएको बिभिन्न अध्ययन अनुसन्धानले देखाउँछ । बायु प्रदूषणको समस्या ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा तीव्र रुपले बृद्धि भएको छ ।

    सहरी क्षेत्रमा उद्योग धन्दा, कलकारखाना, पूराना सवारी साधनको प्रयोगमा बृद्धि लगायत अब्यबस्थित फोहोर मैला, र बढ्दो किटनाशक बिषादीको प्रयोगले बायु प्रदूण बढ्दै गएको हो । त्यसैगरी ग्रामिण क्षेत्रहरुमा आगोेलागी वा डँडेलोको कारण निस्काने धुँवा धुलोले गर्दा बायु प्रदूषण बढ्ने साथै कृषकले बिषादीको अत्याधिक प्रयोग गर्नाले पनि बायु प्रदूषण भएको पाइन्छ ।

    कार्बन मोनोअक्साइड, कार्बनडाइअक्साइड, क्लोरोफ्लोरो कार्बन, नाइट्रोजन अक्साइड, सल्फर डाइअक्साइड लगायतका हानिकारक तत्वहरुको मात्रा बृद्धि भएमा बायु प्रदूण बढ्ने गर्दछ । बायु प्रदूषणले मानब स्वास्थ्यलाई तत्कालीन रुपमा मात्र नभई दीर्घकाल सम्म नकरात्मक असर पार्दछ ।

    तत्कालीन रुपमा रुघाखोकी लाग्ने, उच्च ज्वरो आउने, निमोनिया हुने, आँखा पोल्ने आदी समस्याहरु देखिन्छ भने बिस्तारै दीर्घकालीन रुपमा फोक्सोको क्यान्सर हुने, उच्च रक्तचाप, मृगौलाको समस्या, रक्त क्यान्सर, जस्ता जटिल स्वास्थ्य समस्या देखा पर्न सक्छ । गर्भवती आमा र शिशु दुबैलाइ असर गर्दछ । त्यति मात्र नभर बायुमण्डलमा रहेको ओजोन तह पातलो पार्दछ । तसर्थ स्वस्थ जीबन जीउनको लागि मानबीय क्रियाकलापमा सुधार ल्याउनु पर्दछ ।

  • जातीय बिभेद

    जातीय बिभेद

    जातीय बिभेद हाम्रो समाजमा बिद्यमान कुप्रथा वा कुसंस्कार हो । हाम्रो समाजमा अझै पनि जातीय बिभेद कायम नै रहेको देखिन्छ । जात जाति धर्म अनि संस्कृतिको आधारमा बिभेद गर्नु कानुन बिपरित कार्य भएता पनि समाजमा दलितलाइ हेर्ने नकरात्मक दृष्टिकोणमा परिवर्तन भने अझै आउन सकेको छैन । जातीय बिभेदलाइ नेपालको जटिल समस्याको रुपमा लिइन्छ । यसले कुनै दलित ब्यक्ति, सम्बन्धित परिवार र समाजलाइ मात्र नभई समग्र देशलाइ नकरात्मक प्रभाब पारिरहेको छ । जातीय बिभेदलाइ निर्मूल पार्नको लागि बिभिन्न प्रयासहरु भने नभएका होइनन् । नेपालको संबिधान २०७२ मा दलितको हक अधिकारको ब्यबस्था गरिएको छ । बिभिन्न सामाजिक संघ संस्थाहरु पनि सक्रिय रुपमा जातीय बिभेद बिरुद्ध आवाज उठाउँदै आएका छन् । सबै जात जातीका मानिसहरु एकै हुन् भनि चेतना बृद्धि गर्दै आएका छन् । तर पनि जातीय बिभेद पूर्ण रुपमा उन्मुलन हुन सकेको छैन । कतिपय शिक्षित भनिने ब्यक्तिबाट नै दलितहरु अपहेलित हुन पुगेका छन् ।फलस्वरुप समाजमा द्धन्द्ध अशान्ति सिर्जना भएको छ दलित भएकै कारण ठूला जाति सङ्ग सम्बन्ध बिस्तार गर्ने क्रममा हत्या हिंसा भइरहेको छ । समाजमा जात जाति बिच बिभेद हुनु देशलाई असर पर्नु हो जब सम्म जात जाति बिच हुने बिभेदको अन्त्य हुँदैन तब सम्म देशको आर्थिक, सामाजिक बिकास, एकता एबमं शान्ति कायम हुन सक्दैन तसर्थ जातजाती बिच हुने असमानता हटाउन प्रत्यक ब्यक्तिले आफ्नो ब्यबहार र चालचलनलाइ सभ्य बनाउनु जरुरी छ । अन्तर जातीय बिवाहलाई प्रोत्साहन गर्नु आबश्यक छ । संबिधानमा उल्लेख गरिएका दलितका हक अधिकारका लागि पहल गर्ने राज्यले जातीय बिभेद गर्नेलाई कानुन बमोजिम सजाएको ब्यबस्था गर्ने र संबिधानमा ब्यबस्था गरिएको हक अधिकारलाई कठोरता पूर्बक कार्यान्वयनमा ल्याउने गरेमा जातीय बिभेदलाई निर्मूल पार्न सकिन्छ ।

  • बिश्व क्षरोग दिबस

    बिश्व क्षरोग दिबस

    बिश्व क्षरोग दिबस हरेक बर्ष मार्च २४ तारिकमा मनाउँदै आएको पाइन्छ । यस दिबस क्षरोग सम्बन्धी चेतना अभिबृद्धि गर्ने उदेश्यले मनाउन थालिएको हो ।

    २४ मार्च १८८२ मा चिकित्सक रोबर्ट कोचले क्षरोकको किटानु पत्ता लगाएका थिए । क्षरोग बिश्व भरी फैलिएको एक संक्रामक रोग हो ।

    चिकित्सकहरुको अनुसार क्षरोग माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाको कारणले लाग्ने गर्दछ । क्षरोग एक प्रकारको सरुवा रोग पनि हो ।

    यो रोग स्वास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को ब्यक्तिमा सजिलै सर्ने गर्दछ ।

    क्षरोग बिशेष गरी १५ देखि ४९ बर्ष सम्मका मानिसहरुमा लाग्ने गर्दछ । बिशेष गरी क्षरोगले फोक्सो, मृगौला, मस्तिष्क, पाठेघर आदीलाई असर गर्दछ ।

    नेपालमा पनि क्षरोगबाट संक्रमित व्यक्तिको संख्या अत्याधिक रहेको बिभिन्न तथ्याङ्कहरुले देखाउँछ । क्षरोग चुरोट रक्सि लगायतका लागु पदार्थ तथा धुमपानको सेवानले गर्दा लाग्ने गर्दछ । यस रोगलाइ टिबी रोग पनि भनिन्छ ।

    क्षरोग दिबसले क्षरोगबाट ग्रसित व्यक्तिको आत्माबल बढाउन सहयोग पुगेको छ । क्षरोग दिबसको दिन क्षरोग बाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा बिभिन्न नारा सहित कार्यक्रमहरु गरिन्छ ।

    बिभिन्न संघ संस्थाहरुले सांस्कृतिक तथा नाटक प्रदर्शन जस्ता कार्यक्रमहरु मार्फत क्षरोग सम्बन्धि चेतना फैल्याउँदै आएको छ ।

    साथै यस दिबसको दिन धुमपान तथा लागु पदार्थ स्वास्थको लागि हानिकारक छ भनी आम नागरिकलाइ सुसुचित गरिन्छ ।

    र धुमपानको सेवनमा रोक लागाउनुपर्छ भनि चेतना जगाइन्छ ।

  • बिश्व पानी दिबस

    बिश्व पानी दिबस

    आज बिश्व पानी दिबस देशभर मनाइन्छ । सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयुक्त पर्यावरण बिकास र संयुक्त राष्ट्र संङ्घको भेलाबाट बिश्व पानी दिबस घोषणा गरिएको हो ।

    सन् १९९३ मा पहिलो पटक बिश्व पानी दिबस मनाएको हो । मानी मानब लगायत अन्य सबैको लागि अपरिहार्य तरल पदार्थ हो तसर्थ पानीको उपयोग र पानीको स्रोतहरुको संरक्षण गर्नुपर्छ भनि आम नागरिकलाई चेतना प्रवाह गर्ने उदेश्यले बिश्व पानी दिबस मनाउँदै आएको पाइन्छ ।

    आजभोली पानीका स्रोतहरु कुँवा, पँधेरो, पोखरी, खोलानाला, र नदीनाला, प्रदुषित बन्दै गएका छन् । बनजङ्गलको फडानी बढेकाले पानीका मुहानहरु सुक्दै गएका छन् । त्यसैगरी पानीको मुहानको छेउछाउमा बस्ती बसाउँदै गएकाले पनि मुहानहरु सुक्दै गएका छन् ।

    सहरी क्षेत्रहरुमा पानीको स्रोतहरुमा फोहोर तथा ढलहरु मिसाउने गर्नाले पानीको स्रोतहरु प्रदुषित बनेको छ । त्यसकारण आज बिश्व पानी दिबसको अबसर पारेर त्यस्ता कार्यहरु रोक्ने प्रयास गर्दै आएको पाइन्छ । आज सरकारी निकाय तथा सामाजिक संस्थाहरुले बिभिन्न कार्यक्रमहरु गरी पानी दिबस सफल पार्दछन् ।

    बिश्व पानी दिबसको दिन बिषेश गरी जल सप्ताह सञ्चालन गर्ने तथा बिभिन्न सरसफाई अभियानहरु पनि सञ्चालन गर्ने गरिन्छ । जसमा खानेपानी क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरुको उपस्थिति रहन्छ ।

  • धुमपान स्वास्थ्यको लागि किन हानीकारक छ ?

    धुमपान स्वास्थ्यको लागि किन हानीकारक छ ?

    A man smoking a filter cigarette

    हाम्रो समाजमा पछिल्लो समय अधिकांश युवा युवतीहरु धुमपान तथ सूर्तीजनय पदार्थको कुलतमा लाग्ने गरेको देखिन्छ ।

    बिश्व स्वास्थ्य संगठनको अनुसार नेपालमा २९ प्रतिशत महिलालेहरुले र ४९ प्रतिशत पुरुषहरुले धुमपान गर्छन् ।

    स्वास्थ्यको दृष्टिकोणले धुमपान अत्यन्त हानिकारक छ भन्ने थाहा हुँदा हुँदै पनि कतिपय व्यक्तिले धुमपान सेवन गरिरहेका हुन्छन् ।

    बिशेष गरी धुपानको कुलतामा फसेको व्यक्तिको संगतबाट धुमपान सेवन गर्नेको संख्या बढेको देखिन्छ ।

    सूर्ती तथा चुरोटको धुँवामा लगभग ४ हजार भन्दा बढी रसायनहरु मिसिएको हुन्छन् । सूर्ती, चुरोटको धुँवामा रहेको कतिपय रसायनहरु शरीरका लागि अत्यन्त हानिकारक हुन्छन् ।

    सूर्तीजन्य पदार्थमा हुने निकोटिन रसायन मानब शरीरलाई असर गर्ने खालको हुन्छ ।

    यस रसायनले धुमपानको लत बसाउने गर्दछ । निकोटिन रसायन व्यक्तिको रक्त संचार मार्फत मस्तिष्क सम्म पुग्ने गर्दछ । यसले मस्तिष्कमा प्रत्यक्ष असर गर्दछ ।

    सूर्तीजन्य पदार्थमा पाइने एमोनिया, कार्बमोनो अक्साइड, जस्ता रसायनहरुले मुटुको रोग लाग्ने गर्दछ । धुमपानको असर तत्कालै नदेखिएता पनि दीर्घकालीन रुपमा यसले जटिल रोगहरु निम्त्याउछ ।

    सूर्तीजन्य पदार्थमा ६० थरीका प्राणघातक क्यान्सर गराउने रसायनहरु हुन्छन् ।

    नेपालमा धुमपान सेवन गर्ने व्यक्तिहरुमा फोक्सोको क्यान्सर हुने, मोतिया बिन्दु हुने, दम खोकि बढ्ने उच्च रक्तचाप हुने, हृदयघात हुने, श्रवन शक्ति कमजोर हुने, जस्ता रोगहरु देखा पर्न थालेका छन् ।

  • महाशिव रात्री

    महाशिव रात्री

    हाम्रो देशमा महाशीव रात्री पर्व फागुन कृष्ण पक्षको चतुर्दशीको दिन धुमधामका साथ मनाइन्छ । हिन्दु धर्मावलम्बीहरुले महाशिव रात्रीलाई महान पर्वको रुपमा लिने गर्दछन् ।

    हिन्दु शात्रमा भगवान शिवलाई सबैभन्दा शक्तिशाली देवताको रुपमा लिइन्छ । भगवान शिवको नामबाट आजको दिन महाशिव रात्री रहन पुगेको अनुमान छ ।

    आज बिशेष गरी भगवान शिवको चर्चा परिचर्चा गर्ने दिन भएकाले श्रद्धालु तथा भक्तजनहरुले भगवान शिवको गुणगान गाउने गर्दछन् ।

    आज भगवान शिवको प्रत्येक मठ मन्दिरहरु सझाएर सुन्दर पारिएको हुन्छ । काठमाडौँको पशुपति मन्दिरमा केही दिन अघि देखि नै महाशिवरात्रीको तयारी गरिन्छ ।

    आज पशुपति क्षेत्रमा भक्तजनहरुको निकै चहल पहल देखिन्छ । भिडभाडले पशुपति क्षेत्रलाई ढाकेको हुन्छ । पशुपति क्षेत्रको वरिपरि जतासुकै फूल मालाहरु वेचबिखन गर्न राखिएको हुन्छ ।

    आज यहाँ ठूलो मेला लाग्ने भएकाले मानिसहरु टाढा टाढा बाट आउने गर्दछन् । आज अन्य दिन भन्दा पशुपति मन्दिर पृथक किसिमको देखिन्छ ।

    शिव महापुराणका अनुसार आजको दिनमा भगवान शिवको ६४ ज्योतिलिङ्ग प्रकट भएको मानिन्छ । भगवान शिवलाई भोले शंकर, महादेव आदि नामले चिनिन्छ ।

    महाशिव रात्री नेपालमा मात्र नभई छिमेकी मुलुक भारतमा पनि हर्षोल्लासका साथ मनाइन्छ । आज शुद्ध भई व्रत बसी जाग्राम बस्ने र दाउरा बाली धोनी लगाउने गरिन्छ ।

    कतिपय मानिसले आज गाँजा, भाङ, धतुरो खाएर संकृतिको नाममा बिकृति समेत फैल्याउने गर्दछन् ।

  • किन बढ्दै गयो सवारी दुर्घटना ?

    किन बढ्दै गयो सवारी दुर्घटना ?

    सवारी दुर्घटनालाई नेपालको जल्दोबल्दो समस्याको रुपमा लिइन्छ । हरेक वर्ष कयौँ मानिसले सवारी दुर्घटनाबाट ज्यान गुमाउन बाध्य भएका छन् । सवारी दुर्घटना ग्रामीण र सहरी दुबै क्षेत्रमा भइरहेको छ । चालक, बाटो, यान्त्रिक गति आदिका कारण सवारी दुर्घटना भइरहेको अध्ययन अनुसन्धानले देखाउँछ ।

    विश्वकको बिभिन्न देशमा भएको अध्ययन अनुसार १२ प्रतिशत यान्त्रिक गतिका कारण दुर्घटना भएको देखिन्छ । सार्वजानिक सवारीको यान्त्रिक परिक्षण प्रत्येक ६ महिनामा गर्नुपर्ने कानुनी व्यबस्था पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन । त्यसैगरी सबैभन्दा बढी दुर्घटना चालकले गरेको लापरबाहीबाट हुने गरेको ट्राफिक प्रहरीको अनुमान छ ।

    सवारी साधनको क्षमता भन्दा बढी यात्रु वा सामान हाल्नाले पनि दुर्घटना हुने गर्दछ । सहरी क्षेत्रमा प्रयोग गरी पुरानो भएको सवारी साधन ग्रामीण क्षेत्रमा चलाइन्छ जसले गर्दा पनि दुर्घटना नित्याउने गर्दछ । बिषेश गरी पहाडि राजमार्गमा साँघुरो र अप्ठ्यारा सडक भएकाले पनि दुर्घटना हुँदै आएको मानिन्छ ।

    त्यसैगरी सहरी क्षेत्रमा ट्राफिक नियमको पालनामा ध्यान नदिँदा पनि दुर्घटना बढ्दै गएको हो । सवारी दुर्घटना न्युनिकरण गर्न दक्ष वा सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त चालकले मात्र सवारी साधन चलाउने, ग्रामिण क्षेत्रमा नयाँ तथा यान्त्रिक परिक्षण गरिएको सवारी साधनलाई मात्र प्रयोगमा ल्याउनु, ट्राफिक नियमलाइ पूर्ण रुपमा पालना गर्ने, सवारी चालकले मादव पदार्थ सेवन गर्नु हुँदैन यदि यसो गर्ने हो भने बढ्दो सवारी दुर्घटनालाई केही मात्रामा न्युनिकरण गर्न सकिन्छ ।

    सवारी तथा यातायत व्यबस्था ऐन २०४९ ले सवारी सम्बन्धि बिभिन्न कसुरजन्य कार्य गर्ने व्यक्तिलाई सजाएको व्यबस्था गरिएको छ । उक्त ऐनमा उल्लेखित कसुरमध्ये दफा १६१ को उपदफा १ मा ज्यान मार्ने मनसायले लिई सवारीले किचि वा ठक्कर दिएर ज्यान मारेमा सम्बन्धित कसुर गर्ने कसुरदारलाई जन्मकैदको निश्चित व्यबस्था गरिएको छ ।

  • बालबालिका स्वयम्मा चेतना बृद्धि भए मात्र अन्त्य हुन्छ बाल बिवाह

    बालबालिका स्वयम्मा चेतना बृद्धि भए मात्र अन्त्य हुन्छ बाल बिवाह

    नेपाली समाजमा सामान्यतया १८ बर्ष भन्दा कम उमेरमा बिवाह गर्ने चलन हालसम्म पनि कायम नै देखिन्छ । १८ बर्ष भन्दा कम उमेरमा गरिएको बिवाहलाई बाल बिवाहको रुपमा लिइन्छ । यो कानुन बिपरीत कार्य पनि हो ।

    बिवाहका सम्बन्धमा बिभिन्न देशमा कानुन अनुसार योग्य उमेर तोकिएको हुन्छ । त्यसैगरी नेपालको कानुनी मान्यता अनुसार बालिकाको हकमा १८ बर्ष र बालकको हकमा २० बर्ष माथि बिवाह गर्न उपयुक्त उमेर भनेर तोकिएको छ ।

    पहिले पहिले बालबालिकाहरु समाजमा रहेका कुरिति, कुसंस्कार, जस्ता धार्मिक तथा सामाजिक कारणले गर्दा वा परिवारको आर्थिक अबस्था कमजोर भएको कारण परिवारको दबाबमा आफ्नो इच्छा बिपरित बालबिवाह गर्न बाध्य हुन्थे । तर हाल बालबालिका आफूखुसी सानै उमेरमा बिवाह गर्नेको सङ्ख्या बढ्दो देखिन्छ ।

    शिक्षित बालबालिकाले पनि बाल बिवाह गरेका घटनाहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । समयमानै सोच बिचार नगरि बिवाह गरेका कारण उच्च शिक्षा, रोजगार लगायतका अधिकार बाट बन्चित हुने , लैङ्गिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, मानब बेचबिखन जस्ता बिभिन्न समस्याहरु बढेको छ ।

    बालबालिकाले धेरै समय समाजिक सञ्जालमा बिताइरहेका हुन्छन् । यसरी सामाजिक सञ्जालमा बालबालिका बिच कुराकानी भई बिवाह हुने गरेको पाइन्छ ।
    बाल बिवाह न्युनिकरणको लागि स्थानीय तह देखि लिएर राज्यले पनि अनेकौ प्रयास गर्दा पनि आफूखुसि गरिने बिवाहलाइ रोक्न सकेको छैन ।

    तसर्थ बालबालिका आफैमा बाल बिवाह गर्नु कानुन बिपरित हो र यसले भविष्य अन्धकार बनाउछ भन्ने चेतनाको बृद्धि भए मात्र बालबिवाह निर्मुल पार्न सम्भब देखिन्छ । यसका लागि बालबालिका स्वयम्ले बालबिवाह बिरुद्ध आवाज उठाउने र बाल बिवाहको खुलेर बिरोध गनुपर्छ ।

  • प्रजातन्त्र दिबस

    प्रजातन्त्र दिबस

    आज १०४ बर्ष लामो जहानीय निरङ्कुश हुकुमी शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिन देशभर प्रजातन्त्र दिबस मनाइँदै छ ।

    मुलुकमा राणाको बंशीय तन्त्र नभई प्रजा तन्त्रमा शासन चल्छ भन्ने आवाज सहित २००७ साल फागुन ७ गतेका दिन प्रजातन्त्र भित्रिएको हो ।

    २००७ सालमा नेपाली काँग्रसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिलाई राजा त्रिभूवनले समर्थन गरेपछि मुलुकमा सहजै प्रजातान्त्रिक शासन व्यबस्थाको स्थापना भएको हो ।

    त्यही क्रान्ती सफल भई १०४ बर्षे कालो दिन अन्त्य भएको खुसियालीमा फागुन ७ गते प्रजातन्त्र दिबस मनाउन थालिएको हो ।

    प्रजातन्त्र स्थापना भए पश्चात राज्यको शासकीय शक्ति कुनै बिशेष बर्ग वा व्यक्तिमा निहित नभई समाजका सम्पूर्ण सदस्यमा रहन पुग्यो त्यति मात्र नभई देशमा शान्ति सुरक्षा र स्वतन्त्रताको स्थापना भएको हो ।

    प्रजातन्त्र स्थापना हुनुको पछाडि आम नेपाली जनताको सङ्घर्ष जोडिएको छ । हरेक बर्ष प्रजातन्त्र दिबसको दिन काठमान्डौँको टुँडिखेलमा बिषेश समारोह आयोजना गरिन्छ ।

    उक्त आयोजनामा नेपाली सेना साथै राजनैतिक दलका नेताहरुको समेत उपस्थिति रहन्छ । आज पनि प्रजातन्त्रको अबसर पारेर बिभिन्न सभा समारोह गरिदैछ ।