सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीकोे मूल्य केहि मात्रमा वृद्धि भएको छ।

बुधबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २२० मा कारोबार भएको थियो । आज सुन प्रतितोला रु १०० र चाँदी रु ३० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार २५० कायम भएको छ ।

आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२१ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts