
प्राणीको अस्तित्व स्वास हो । यहि स्वाससँग विप्यश्यना ध्यान विधि जोडिएको छ । यस ध्यान विधिमा एक योगीको आसनमा बसेर आफ्नो स्वासमा ध्यान दिनु पर्दछ ।
विप्यश्यनामा वि’ को अर्थ विशेष र प्याश्यना’ को अर्थ देख्नु अर्थात बिशेष प्रकारले देख्नु ।
मानिसको दिमाग बिभिन्न विचारहरुले भरिएको हुन्छ र स्वास र विचार एक आपसमा जोडिएको हुन्छ ।
यस ध्यान विधिले स्वासलाई नियन्त्रण नगरी घटेका कुनैपनि घटनामा कुनै पनि मूल्याङ्कन, विचार, अभिव्यक्ति नदिई अवलोकन गरिरहनु भन्दछ ।
सामान्य जीवनमा जस्तो स्वास फेरिन्छ, त्यस्तै स्वासलाई शरीर भित्र गएको ध्यान दिने फेरी त्यहि स्वासलाई शरीर बाहिर आएको ध्यान दिनु पर्दछ ।
विप्यश्यना ध्यान स्वासको उपयोग मात्र हो जहा स्वासलाई बुझ्ने प्रयास गरिन्छ ।
विप्यश्यना चार प्रकारका छन् ।
१. कायानुप्यासन– शरीरलाई विशेष प्रकारले देख्नु
२. वेदानुप्यासना– वेदना÷भावनालाई विशेष प्रकारले देख्नु
३. चित्तानुप्यासना– मनलाई विशेष प्रकारले देख्नु
४. धम्बानुप्यासना– धर्मलाई विशेष प्रकारले देख्नु
भगवान गौतम बुद्दले ६ वर्षको कठिन तपस्याले पनि विषेश उपलब्धि प्राप्त नभएपछि विप्यश्यना ध्यान विधिबाट बुद्दत्व प्राप्त गर्नु भएको हो । विप्यश्यना ध्यान विधि बुद्दबाट सुरुवात भएको पनि हामीले सुन्न सक्छौ ।
