
नेपाल सरकारले यहि आइतबारदेखि देशका ५७ वटा जिल्लामा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ देखि १७ वर्ष उमेर समूहका करिब १८ लाख बालबालिकालाई मोडर्ना खोप लगाउने लक्ष्य लिएको छ ।
यसअघि फाइजर खोप संचालन भएका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराबाहेकका जिल्लामा मोडर्ना खोप अभियान संचालन हुनेछ।
स्वास्थ्य मन्त्रालयका अनुसार आजबाट सुरु हुने मोडर्ना खोप अभियान १४ गतेसम्म चल्ने छ । पहिलो मात्रा खोप लगाएका सम्पुर्ण बालबालिकाहरुले माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउन पाउने मन्त्रालयले जनाएको छ।
