ओमिक्रोन

कोरोना भाइरसको नँया भेरियन्ट ओमिक्रोन २४ नोभेम्बर २०२१ मा पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान भएको थियो । हाल छिमेकी देश भारत लगाएत अन्य देशहरुमा पनि ओमिक्रोन देखा परेको छ ।

ओमिक्रोन कोरोना भाइरसको सबैभन्दा पछिल्लो भेरियन्ट हो । यस भाइरस तुरुन्तै फैलन सक्ने र बढी संक्रमन हुने अहिलेको अनुसन्धानले देखाएको छ ।

विश्व स्वास्थ्य संगठनको प्रारम्भिक नतिजा अनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको छ । ओमिक्रोनको संक्रमित व्यक्तिलाइ कोभिड संग मिल्दोजुल्दो लक्षण देखिने अनुमान गरिएको छ ।

नेपालमा कोरोना भाइरसको खोप लगाएका ६६ बर्षीय बिदेशी नागरिक र अर्को ७१ बर्षीय व्यक्तिमा ओमिक्रोन पुष्टि भएसंगै डर, त्रास बढ्दै गएको छ ।

नेपाल सरकारले ओमिक्रोन भाइरस फैलन नदिन अन्तराष्ट्रिय हवाइ तथा स्थल नाकाहरुमा यात्रुहरुको खोपको विवरण लिने, सबै यात्रुहरुको पि.सि.आर रिपोर्ट हेर्ने व्यबस्था गरिएको छ । यस भाइरस सर्ने दर र संक्रमनबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिकहरुले अध्ययन अनुसन्धान गरि तथ्य खोज्ने क्रम जारी छ ।

कोभिड १९को अन्य भेरियन्ट बाट बच्नका लागि अनिवार्य रुपमा माक्सको प्रयोग गर्ने ,भौतिक दुरी कायम गर्ने, साबुन पानिले मिचिमिचि हात धुने, अल्कोहल युक्त सेनिटाइजर प्रयोग गर्ने आदि उपायहरु अपनाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *