किन बढ्दै गयो सवारी दुर्घटना ?

सवारी दुर्घटनालाई नेपालको जल्दोबल्दो समस्याको रुपमा लिइन्छ । हरेक वर्ष कयौँ मानिसले सवारी दुर्घटनाबाट ज्यान गुमाउन बाध्य भएका छन् । सवारी दुर्घटना ग्रामीण र सहरी दुबै क्षेत्रमा भइरहेको छ । चालक, बाटो, यान्त्रिक गति आदिका कारण सवारी दुर्घटना भइरहेको अध्ययन अनुसन्धानले देखाउँछ ।

विश्वकको बिभिन्न देशमा भएको अध्ययन अनुसार १२ प्रतिशत यान्त्रिक गतिका कारण दुर्घटना भएको देखिन्छ । सार्वजानिक सवारीको यान्त्रिक परिक्षण प्रत्येक ६ महिनामा गर्नुपर्ने कानुनी व्यबस्था पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन । त्यसैगरी सबैभन्दा बढी दुर्घटना चालकले गरेको लापरबाहीबाट हुने गरेको ट्राफिक प्रहरीको अनुमान छ ।

सवारी साधनको क्षमता भन्दा बढी यात्रु वा सामान हाल्नाले पनि दुर्घटना हुने गर्दछ । सहरी क्षेत्रमा प्रयोग गरी पुरानो भएको सवारी साधन ग्रामीण क्षेत्रमा चलाइन्छ जसले गर्दा पनि दुर्घटना नित्याउने गर्दछ । बिषेश गरी पहाडि राजमार्गमा साँघुरो र अप्ठ्यारा सडक भएकाले पनि दुर्घटना हुँदै आएको मानिन्छ ।

त्यसैगरी सहरी क्षेत्रमा ट्राफिक नियमको पालनामा ध्यान नदिँदा पनि दुर्घटना बढ्दै गएको हो । सवारी दुर्घटना न्युनिकरण गर्न दक्ष वा सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त चालकले मात्र सवारी साधन चलाउने, ग्रामिण क्षेत्रमा नयाँ तथा यान्त्रिक परिक्षण गरिएको सवारी साधनलाई मात्र प्रयोगमा ल्याउनु, ट्राफिक नियमलाइ पूर्ण रुपमा पालना गर्ने, सवारी चालकले मादव पदार्थ सेवन गर्नु हुँदैन यदि यसो गर्ने हो भने बढ्दो सवारी दुर्घटनालाई केही मात्रामा न्युनिकरण गर्न सकिन्छ ।

सवारी तथा यातायत व्यबस्था ऐन २०४९ ले सवारी सम्बन्धि बिभिन्न कसुरजन्य कार्य गर्ने व्यक्तिलाई सजाएको व्यबस्था गरिएको छ । उक्त ऐनमा उल्लेखित कसुरमध्ये दफा १६१ को उपदफा १ मा ज्यान मार्ने मनसायले लिई सवारीले किचि वा ठक्कर दिएर ज्यान मारेमा सम्बन्धित कसुर गर्ने कसुरदारलाई जन्मकैदको निश्चित व्यबस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *