
जातीय बिभेद हाम्रो समाजमा बिद्यमान कुप्रथा वा कुसंस्कार हो । हाम्रो समाजमा अझै पनि जातीय बिभेद कायम नै रहेको देखिन्छ । जात जाति धर्म अनि संस्कृतिको आधारमा बिभेद गर्नु कानुन बिपरित कार्य भएता पनि समाजमा दलितलाइ हेर्ने नकरात्मक दृष्टिकोणमा परिवर्तन भने अझै आउन सकेको छैन । जातीय बिभेदलाइ नेपालको जटिल समस्याको रुपमा लिइन्छ । यसले कुनै दलित ब्यक्ति, सम्बन्धित परिवार र समाजलाइ मात्र नभई समग्र देशलाइ नकरात्मक प्रभाब पारिरहेको छ । जातीय बिभेदलाइ निर्मूल पार्नको लागि बिभिन्न प्रयासहरु भने नभएका होइनन् । नेपालको संबिधान २०७२ मा दलितको हक अधिकारको ब्यबस्था गरिएको छ । बिभिन्न सामाजिक संघ संस्थाहरु पनि सक्रिय रुपमा जातीय बिभेद बिरुद्ध आवाज उठाउँदै आएका छन् । सबै जात जातीका मानिसहरु एकै हुन् भनि चेतना बृद्धि गर्दै आएका छन् । तर पनि जातीय बिभेद पूर्ण रुपमा उन्मुलन हुन सकेको छैन । कतिपय शिक्षित भनिने ब्यक्तिबाट नै दलितहरु अपहेलित हुन पुगेका छन् ।फलस्वरुप समाजमा द्धन्द्ध अशान्ति सिर्जना भएको छ दलित भएकै कारण ठूला जाति सङ्ग सम्बन्ध बिस्तार गर्ने क्रममा हत्या हिंसा भइरहेको छ । समाजमा जात जाति बिच बिभेद हुनु देशलाई असर पर्नु हो जब सम्म जात जाति बिच हुने बिभेदको अन्त्य हुँदैन तब सम्म देशको आर्थिक, सामाजिक बिकास, एकता एबमं शान्ति कायम हुन सक्दैन तसर्थ जातजाती बिच हुने असमानता हटाउन प्रत्यक ब्यक्तिले आफ्नो ब्यबहार र चालचलनलाइ सभ्य बनाउनु जरुरी छ । अन्तर जातीय बिवाहलाई प्रोत्साहन गर्नु आबश्यक छ । संबिधानमा उल्लेख गरिएका दलितका हक अधिकारका लागि पहल गर्ने राज्यले जातीय बिभेद गर्नेलाई कानुन बमोजिम सजाएको ब्यबस्था गर्ने र संबिधानमा ब्यबस्था गरिएको हक अधिकारलाई कठोरता पूर्बक कार्यान्वयनमा ल्याउने गरेमा जातीय बिभेदलाई निर्मूल पार्न सकिन्छ ।
