धुमपान स्वास्थ्यको लागि किन हानीकारक छ ?

A man smoking a filter cigarette

हाम्रो समाजमा पछिल्लो समय अधिकांश युवा युवतीहरु धुमपान तथ सूर्तीजनय पदार्थको कुलतमा लाग्ने गरेको देखिन्छ ।

बिश्व स्वास्थ्य संगठनको अनुसार नेपालमा २९ प्रतिशत महिलालेहरुले र ४९ प्रतिशत पुरुषहरुले धुमपान गर्छन् ।

स्वास्थ्यको दृष्टिकोणले धुमपान अत्यन्त हानिकारक छ भन्ने थाहा हुँदा हुँदै पनि कतिपय व्यक्तिले धुमपान सेवन गरिरहेका हुन्छन् ।

बिशेष गरी धुपानको कुलतामा फसेको व्यक्तिको संगतबाट धुमपान सेवन गर्नेको संख्या बढेको देखिन्छ ।

सूर्ती तथा चुरोटको धुँवामा लगभग ४ हजार भन्दा बढी रसायनहरु मिसिएको हुन्छन् । सूर्ती, चुरोटको धुँवामा रहेको कतिपय रसायनहरु शरीरका लागि अत्यन्त हानिकारक हुन्छन् ।

सूर्तीजन्य पदार्थमा हुने निकोटिन रसायन मानब शरीरलाई असर गर्ने खालको हुन्छ ।

यस रसायनले धुमपानको लत बसाउने गर्दछ । निकोटिन रसायन व्यक्तिको रक्त संचार मार्फत मस्तिष्क सम्म पुग्ने गर्दछ । यसले मस्तिष्कमा प्रत्यक्ष असर गर्दछ ।

सूर्तीजन्य पदार्थमा पाइने एमोनिया, कार्बमोनो अक्साइड, जस्ता रसायनहरुले मुटुको रोग लाग्ने गर्दछ । धुमपानको असर तत्कालै नदेखिएता पनि दीर्घकालीन रुपमा यसले जटिल रोगहरु निम्त्याउछ ।

सूर्तीजन्य पदार्थमा ६० थरीका प्राणघातक क्यान्सर गराउने रसायनहरु हुन्छन् ।

नेपालमा धुमपान सेवन गर्ने व्यक्तिहरुमा फोक्सोको क्यान्सर हुने, मोतिया बिन्दु हुने, दम खोकि बढ्ने उच्च रक्तचाप हुने, हृदयघात हुने, श्रवन शक्ति कमजोर हुने, जस्ता रोगहरु देखा पर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *