
केही बर्ष यता बायु प्रदूणको समस्या बढ्दै गएको देखिन्छ । बिषेश गरि बायु प्रदूण मानवीय क्रियाकलापबाट बढ्दै गएको बिभिन्न अध्ययन अनुसन्धानले देखाउँछ । बायु प्रदूषणको समस्या ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा तीव्र रुपले बृद्धि भएको छ ।
सहरी क्षेत्रमा उद्योग धन्दा, कलकारखाना, पूराना सवारी साधनको प्रयोगमा बृद्धि लगायत अब्यबस्थित फोहोर मैला, र बढ्दो किटनाशक बिषादीको प्रयोगले बायु प्रदूण बढ्दै गएको हो । त्यसैगरी ग्रामिण क्षेत्रहरुमा आगोेलागी वा डँडेलोको कारण निस्काने धुँवा धुलोले गर्दा बायु प्रदूषण बढ्ने साथै कृषकले बिषादीको अत्याधिक प्रयोग गर्नाले पनि बायु प्रदूषण भएको पाइन्छ ।
कार्बन मोनोअक्साइड, कार्बनडाइअक्साइड, क्लोरोफ्लोरो कार्बन, नाइट्रोजन अक्साइड, सल्फर डाइअक्साइड लगायतका हानिकारक तत्वहरुको मात्रा बृद्धि भएमा बायु प्रदूण बढ्ने गर्दछ । बायु प्रदूषणले मानब स्वास्थ्यलाई तत्कालीन रुपमा मात्र नभई दीर्घकाल सम्म नकरात्मक असर पार्दछ ।
तत्कालीन रुपमा रुघाखोकी लाग्ने, उच्च ज्वरो आउने, निमोनिया हुने, आँखा पोल्ने आदी समस्याहरु देखिन्छ भने बिस्तारै दीर्घकालीन रुपमा फोक्सोको क्यान्सर हुने, उच्च रक्तचाप, मृगौलाको समस्या, रक्त क्यान्सर, जस्ता जटिल स्वास्थ्य समस्या देखा पर्न सक्छ । गर्भवती आमा र शिशु दुबैलाइ असर गर्दछ । त्यति मात्र नभर बायुमण्डलमा रहेको ओजोन तह पातलो पार्दछ । तसर्थ स्वस्थ जीबन जीउनको लागि मानबीय क्रियाकलापमा सुधार ल्याउनु पर्दछ ।
