
बिश्व क्षरोग दिबस हरेक बर्ष मार्च २४ तारिकमा मनाउँदै आएको पाइन्छ । यस दिबस क्षरोग सम्बन्धी चेतना अभिबृद्धि गर्ने उदेश्यले मनाउन थालिएको हो ।
२४ मार्च १८८२ मा चिकित्सक रोबर्ट कोचले क्षरोकको किटानु पत्ता लगाएका थिए । क्षरोग बिश्व भरी फैलिएको एक संक्रामक रोग हो ।
चिकित्सकहरुको अनुसार क्षरोग माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाको कारणले लाग्ने गर्दछ । क्षरोग एक प्रकारको सरुवा रोग पनि हो ।
यो रोग स्वास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को ब्यक्तिमा सजिलै सर्ने गर्दछ ।
क्षरोग बिशेष गरी १५ देखि ४९ बर्ष सम्मका मानिसहरुमा लाग्ने गर्दछ । बिशेष गरी क्षरोगले फोक्सो, मृगौला, मस्तिष्क, पाठेघर आदीलाई असर गर्दछ ।
नेपालमा पनि क्षरोगबाट संक्रमित व्यक्तिको संख्या अत्याधिक रहेको बिभिन्न तथ्याङ्कहरुले देखाउँछ । क्षरोग चुरोट रक्सि लगायतका लागु पदार्थ तथा धुमपानको सेवानले गर्दा लाग्ने गर्दछ । यस रोगलाइ टिबी रोग पनि भनिन्छ ।
क्षरोग दिबसले क्षरोगबाट ग्रसित व्यक्तिको आत्माबल बढाउन सहयोग पुगेको छ । क्षरोग दिबसको दिन क्षरोग बाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा बिभिन्न नारा सहित कार्यक्रमहरु गरिन्छ ।
बिभिन्न संघ संस्थाहरुले सांस्कृतिक तथा नाटक प्रदर्शन जस्ता कार्यक्रमहरु मार्फत क्षरोग सम्बन्धि चेतना फैल्याउँदै आएको छ ।
साथै यस दिबसको दिन धुमपान तथा लागु पदार्थ स्वास्थको लागि हानिकारक छ भनी आम नागरिकलाइ सुसुचित गरिन्छ ।
र धुमपानको सेवनमा रोक लागाउनुपर्छ भनि चेतना जगाइन्छ ।
