महाशिव रात्री

हाम्रो देशमा महाशीव रात्री पर्व फागुन कृष्ण पक्षको चतुर्दशीको दिन धुमधामका साथ मनाइन्छ । हिन्दु धर्मावलम्बीहरुले महाशिव रात्रीलाई महान पर्वको रुपमा लिने गर्दछन् ।

हिन्दु शात्रमा भगवान शिवलाई सबैभन्दा शक्तिशाली देवताको रुपमा लिइन्छ । भगवान शिवको नामबाट आजको दिन महाशिव रात्री रहन पुगेको अनुमान छ ।

आज बिशेष गरी भगवान शिवको चर्चा परिचर्चा गर्ने दिन भएकाले श्रद्धालु तथा भक्तजनहरुले भगवान शिवको गुणगान गाउने गर्दछन् ।

आज भगवान शिवको प्रत्येक मठ मन्दिरहरु सझाएर सुन्दर पारिएको हुन्छ । काठमाडौँको पशुपति मन्दिरमा केही दिन अघि देखि नै महाशिवरात्रीको तयारी गरिन्छ ।

आज पशुपति क्षेत्रमा भक्तजनहरुको निकै चहल पहल देखिन्छ । भिडभाडले पशुपति क्षेत्रलाई ढाकेको हुन्छ । पशुपति क्षेत्रको वरिपरि जतासुकै फूल मालाहरु वेचबिखन गर्न राखिएको हुन्छ ।

आज यहाँ ठूलो मेला लाग्ने भएकाले मानिसहरु टाढा टाढा बाट आउने गर्दछन् । आज अन्य दिन भन्दा पशुपति मन्दिर पृथक किसिमको देखिन्छ ।

शिव महापुराणका अनुसार आजको दिनमा भगवान शिवको ६४ ज्योतिलिङ्ग प्रकट भएको मानिन्छ । भगवान शिवलाई भोले शंकर, महादेव आदि नामले चिनिन्छ ।

महाशिव रात्री नेपालमा मात्र नभई छिमेकी मुलुक भारतमा पनि हर्षोल्लासका साथ मनाइन्छ । आज शुद्ध भई व्रत बसी जाग्राम बस्ने र दाउरा बाली धोनी लगाउने गरिन्छ ।

कतिपय मानिसले आज गाँजा, भाङ, धतुरो खाएर संकृतिको नाममा बिकृति समेत फैल्याउने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *