आधुनिक विज्ञान

ई. कुमार भट्टराई

यस अघिका आलेखहरूमा मैले सनातन सम्यतादेखि हाल अवशेषमा रहेका पुराना मठ, मन्दिर, सहरहरू साथै ढुंगे लेखनलगायत मानव इतिहासमा करिब दुई मिलियन पुरानो होमो हयाबिलिस (Homo habilis)ले बनाएको उपकरणसम्मको चर्चा गरेँ । त्यस्तै पुरानो सभ्यता, सप्तऋषि सम्यतादेखि सिन्धुघाटी सम्यता, मेसोपोटामिया, प्राचीन मिश्र, प्राचीन चीन, वैदिक सभ्यतालगायतको चर्चा गरेँ । तत्तत् अवस्थामा जे जति विकास भएका भए पनि आज हामी ती पुराना सम्यता र विकाससँग तार मिलाउन सक्ने अवस्थामा पुगेका छैनौँ । यद्यपि भेटिएका तथ्य र प्रमाणका आधारमा अध्ययन सामग्री भने बनेका छन् । ५०० बी.सी.को एबाकसदेखि अहिलेको ए.आई.सम्म भने हामीलाई केही जानकारी छ ।

१४४० सन गुटेनबर्गले बनाएको हाते प्रिन्टिङ प्रेसले ज्ञान आदानप्रदान र परिमार्जनका लागि धेरै सहयोग पुर्‍याएको थियो । कसैले भनेको पत्याइदिन पर्ने अवस्थाबाट विचार मन्थन गर्ने र आफ्ना भनाइ प्रकाशन गर्न सक्ने अवस्थामा पुर्‍याएको थियो । यद्यपि, सन् १५२० सम्म पानी जहाजहरूले झण्डा देखाउँदै सञ्चालन गर्नुपर्ने अवस्था थियो । डच प्रेसको विकास हुँदै धेरै ज्ञानका पुस्तकहरू सहज भेटिने सन् १५५० तिरको अभ्यासले आजको विज्ञानको सुरुवात गरायो भन्दा अतिशयोक्ति हुँदैन भन्ने लाग्छ । सन् १७९२तिर लाइन अफ साइटको अवधारणामा छावरहरू निर्माण हुन थालेका थिए । हुन त लाइटिङ रडको प्रयोगात्मक परीक्षण सन् १७५२ मा भए पनि सन् १८०० मा भोल्टाले डी.सी. करेन्ट उत्पादन गरे पछि सन् १८२१ मा मेकानिकल क्याल्कुलेटर विकास गरिन थाले । त्यसपछि पर–परसम्म सन्देश आदानप्रदान गर्ने आधार निर्माण भयो र टेलिग्राफ रिपिटरहरू बन्न थाले । विस्तारै देशभन्दा पारिसम्म सन्देश आदानप्रदानको अवस्थामा प्रविधि पुग्न सहयोग पुर्‍यायो ।

अलेक्जेण्डर ग्रामवेलको पहिलो टेलिफोन निर्माणले रेकर्डिङ सिस्टमको आवश्यकता महसुस गरायो र यसै सिलसिलामा जब थोमस अल्वा अडिसनले विद्युत् सुरु गराए, त्यसको केही समयभित्र नै जर्मनीले वेच्च अटोमोबाइल विकासको काम थाल्यो । विस्तारै फ्लाट डिस्क रेकर्ड ग्रामोफोनजस्ता उपकरण विकास गरिए भने क्यामेरा, सिनेमेटोग्राफीजस्ता महत्वपूर्ण प्रविधि विकास हुन थाले । सन् १८९५मा पुग्दा निकोला टेस्लाले रेडियो वेभको बारेमा बताउन थाले भने मार्कोनीले सन १९०१ मा पुग्दा Transatlantic Signal पठाउन सफलता हासिल गरे । बीच सन् १९०२ मा एयर कन्डिसन, १९०३ का राइट ब्रदर्स्ले जहाजको परीक्षण सुरु गरिरहेका थिए । यसबाट सञ्चार मात्र नभएर मानिस द्रुत गतिमा फरक मौसम र फरक स्थानमा पुग्न सहजीकरण हुँदै थियो । भ्याकुम ट्वय AT&T, इमेज क्याप्चर गरेर ब्रोडकास्ट गर्ने प्रविधिलगायत टेलिभिजन प्रसारणसम्म विकास सन् १९२६ मै भइरहेको थियो । यसबाट Hearing loop, video tape Recorder, walkie talkie जस्ता उपकरण विकासमा आधुनिक विज्ञान पुग्न थाल्यो । सन् १९४६ सम्ममा त ENIAC हुँदै डिजिटल प्रविधि विकासको क्रम सुरु नै भइसकेको थियो । विस्तारै कम्प्युटर मात्र नभएर प्रिन्टर, कन्फरेन्स कल हुँदै स्याटलाइट कम्युनिकेसन र फाइबर अप्टिक्सको विकास हुन थाल्यो ।

यसबाट सञ्चार सहज मात्र बन्दै थिएन, सञ्चारभित्र सुविधा थपिने क्रम बढ्दै थियो । स्लाइड सो गर्न प्रोजेक्टरजस्ता उपकरकण बन्दै थिए । झन् सन् १९६९मा पुग्दा DARPA/ARPANET जस्ता पकेट स्विचिङ र इन्टरनेटको विकासक्रमको सुरुवात नै भइसकेको थियो । इमेल पठाउने, बारकोड स्क्यान गर्ने पद्धति विकास हुँदै जापानले सन् १९५० को दशकमा मोबाइल कम्युनिकेसन नै विकास गर्‍यो । अनि जी.पी.एस स्याटलाईट, मोबाइल कम्युनिकेसन, टी.सी.पी.आई.पी हुँदै पावरप्वाइन्ट एच.टी. एम.एल. गर्दै अनलाइन ब्राउजिङमा हामी सन् १९९० मा पुग्यौँ । यसअघिका आलेखमा मैले इन्टरनेट विकासक्रमका बारेमा लेखिसकेको छु । इन्टरनेट विकासपश्चात् लाइभ स्ट्रिमिङ, भच्र्युअल टुर, थ्री.डी. जस्ता प्रविधि सन् २००० अगाडि नै विकास गरिए । त्यसपश्चात् सामाजिक सञ्जालको युग सुरु भयो ।

सन १९९४ मा सर्वसाधारणका लागि इन्टरनेट खुल्ला गर्दा जीवनशैली सहज हुने गरी अनलाइन बुकिङ, प्लेटफर्म, स्मार्ट फोन, आइफोन र आइप्याडजस्ता उपकरणमार्फत इन्टरनेट चलाएर इन्ट्रिगेटेड इभेन्ट एप्स र फेस रिकग्नाइजेसनसम्म यति छिट्टै पुग्छौँ भन्ने सायद हामीमा अनुमान थिएन । तर सन् २०१७ मा फेस रिकग्नाइजेसनको प्रविधिको सुरुवातले हामीलाई एक वर्षभित्रै ए.आई, ओपन ए.आई. र जी.पी.टीसम्म पुर्‍याएको छ । अघिल्लो आलेखमा सन् २०१८ मा चलाउन पाइएको ए.आई र जीपीटीले सन् २०२५ सम्म पुग्दा कस्तो कस्तो विकासक्रममा पुर्‍यायो भन्ने चर्चा गर्नेछु ।

Source: #https://deshantarnews.com/2025/08/187962/

Leave a Reply

Your email address will not be published. Required fields are marked *