नेपाललाई भारत—चीनविरुद्ध प्रयोग गर्ने विदेशी पडयन्त्र : शंकर पोखरेल

काठमाडौँ :
नेकपा एमालेका महासचिव शंकर पोखरेलले केही विदेशी शक्तिहरुले नेपाललाई भारत र चीनविरुद्ध प्रयोग गर्ने षडयन्त्र गरिरहेको बताएका छन् ।

महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको केन्द्र बनाउन खोजिएको आरोप लगाएका छन् । शुक्रबार प्रेस चौतारी नेपालद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बाह्य शक्तिहरुको प्रभाव बढाउन देशमा कठपुतली सरकार बनाउने प्रयास भइरहेको दाबी गरे ।

पोखरेलका अनुसार यस्ता गतिविधिले नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय हितमा गम्भीर असर पार्न सक्छ । उनले आगमी निर्वाचन देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसर भएको भन्दै जनतालाई सचेत रहन आग्रह गरे ।

उनले आफ्नो पार्टी नेकपा एमालेले यस्ता षड्यन्त्रलाई सफल हुन नदिने र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *