Category: Accident

  • खोटाङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाः एक जना घाइते

    खोटाङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाः एक जना घाइते

    खोटाङ । खोटाङको केपिलासगढी गाँउपालिका वडा नम्बर २ मा बुधबार एक हेलिकोप्टर दुर्घटना भएको छ । काठमाडौँबाट शव लिएर उडेको एयर डाइनेस्टीको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो ।

    जिल्ला प्रशासन कार्यलयका अनुसार हेलिकोप्टरमा शव र मृतकका आफ्न्तहरु सवार थिए । प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा परी एक जना यात्रुको खुट्टा भाँचिएको छ ।

    घटनाको थप विवतरण र दुर्घटनाको कारणबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रशासनले जनाएको छ । अहिले घटनास्थलमा स्थानीय र सुरक्षाकर्मीको टोली पुग्ने क्रममा रहेको छ ।

  • भारतमा निजी विमान दुर्घटना, महाराष्ट्रका उपमुख्यमन्त्री घाइते

    भारतमा निजी विमान दुर्घटना, महाराष्ट्रका उपमुख्यमन्त्री घाइते

    काठमाडौँ :
    भारतको महाराष्ट्र राज्य अन्तर्गत बारामती क्षेत्रमा बुधबार बिहान निजि विमान दुर्घटनामा परेको छ । अवतरणको क्रममा विमान बाहिर चिप्लिँदा दुर्घटना भएको जनाइएको छ ।

    दुर्घटनामा महााराष्ट्रका उपमुख्यमन्त्री अजित पवार गम्भीर घाइते भएका छन् । उनी राजनीतिक कार्यक्रममा सहभागी हुन सो क्षेत्रमा पुगेका थिए ।

    विमानमा उनका निजी सहयोगी, सुरक्षाकर्मी र चालक दलका सदस्यहरु पनि सवार थिए । सबै घाइतेहरुलाई तत्काल उद्धार गरी अस्पताल पुर्याइएको प्रशासनले जनाएको छ ।

    घटनास्थलबाट आएको जानकारी अनुसार विमानमा आगो लागेको र केही भाग क्षेतिग्रस्त भएको छ । प्रविधिक समस्या, मौसम वा अवतरण प्रक्रियामा त्रुटि दुर्घटनाको कारण हुन सक्ने अनुमान गरिएको छ ।

    स्थानीय प्रशासन, उद्धार टोली र स्वास्थ्यकर्मीहरुले घाइतेहरुको उपचार तत्काल सहयोग पुर्याएका छन् । अनुसन्धान जारी रहेको छ ।

  • सर्लाहीमा चिनी उद्योगको मेसिनमा च्यापिएर युवकको मृत्यु

    सर्लाही :
    सर्लाहीको धन्कौल क्षेत्रमा रहेको एक चिनी उद्योगमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर एक युवकको ज्यान गएको छ ।

    धन्कौल गाउँपालिका–३ मा सञ्चालित अन्नपूर्ण चिनी उद्योगको उखुको खुवा बनाउने मेसिनले च्याप्दा धन्कौल–४, महिनाथपुरका १९ वर्षीय चुनचुन रायको मृत्यु भएको हो ।

    कामकै क्रममा मेसिनमा परेको रायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्वामा राखिएको छ ।

    घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  • हिमाचलमा ग्यास विस्फोट, सल्यानका ९ नेपालीको मृत्यु

    हिमाचलमा ग्यास विस्फोट, सल्यानका ९ नेपालीको मृत्यु

    काठमाडौँ । पुस २९
    भारतको हिमाचल प्रदेशमा ग्यास सिलिन्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको छ । मृतक सबै सल्यानको सिद्धकुमार गाउँपालिका–२ का दुई परिवारका सदस्य हुन् ।

    सोलन जिल्लाको अर्की क्षेत्रमा सोमबार बिहान करिब साढे २ बजे भएको विस्फोटपछि आगालागी फैलिँदा उनीहरु घरभित्रै फसेका थिए । प्रारम्भिक रुपमा निसास्सिएर मृत्यु भएको अनुमान गरिएको छ ।

    घटनामा धनबहादुर विक र काशीराम विकको परिवारका सदस्य परेका छन् । सबै मृतक हिमाचल प्रदेशमा काम गर्दैै आएका थिए । वडा कार्यालयले घटनापछि शोक बिदा दिएको छ ।

  • गत वर्ष हराएको बस भेटिएका आशंका

    गत वर्ष हराएको बस भेटिएका आशंका

    काठमाडौँ ।
    चितवानको भरतपुर महानगरपालिका, २९ स्थित सिमलताल नजिक १ निलो रङको बसको टुक्रा त्रिशूली नदीको बगरमा फेला परेको छ ।

    गत वर्ष २०८१ असार २८ मा त्रिशूलीमा खसेर दुई वटा बस हराएको थियो । बागमती प्रदेश –०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश –०३–००६ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूली नदिमा खसेको थियो । जसमा सवार ४० जना अझै वेपता रहेका छन् ।

    निलो रङको बसको अवशेष बालुवा निकाल्ने क्रममा भेटिएको हो । जिल्ला प्रहरी कार्यलय चितवानका डिएसपी रवीन्द्र खनालले फेला परेको अवशेष यकिन गर्न प्रहरीको टोली घटनास्थलमा खटाइएको जानकारी दिनुभयो ।

    भेटिएको अवशेष गत वर्ष सिमलतालबाट त्रिशूलीमा खसेका दुई सवारी को हुन सक्ने आशंका गरिएको छ । तर कुन सवारीको हो, पहिले हराएकै बसको हो वा अन्य हो भन्ने कुराको वास्ताविकता पत्ता लागेको छैन ।