पूर्वीय दर्शनमा सञ्चार

आफूले आफूभित्र, एक व्यक्तिबाट अर्काे व्यक्तिसम्म, व्यक्तिबाट समूह, समूहबाट अझै ठूलो समूहसम्म भाव, सन्देश, सूचना पुर्‍याउनुलाई हामी सञ्चार भन्न सक्दछौँ । वा भनौँ, एक स्थानदेखि अन्य स्थानसम्म सन्देश प्रवाह गर्नु नै सञ्चार हो । पूर्वीय दर्शनमा पनि यसको चर्चा पाइन्छ ।

गीतासार अनुसार इन्द्रियलाई वशमा राख्ने व्यक्तिलाई सर्वश्रेष्ठ प्राणी मानिएको छ । विवेकलाई मनन गरी आत्माका विषयमा चिन्तन गर्न क्षमता राख्ने व्यक्तिले फरक दृष्टि राख्न सक्ने बताइएको छ । स्वस्थानी व्रत कथामा ध्यान दृष्टि र चाल पाउनुजस्ता शब्दमार्फत सञ्चारका केही सन्देश दिइएको छ ।

ऋग्वेद, डामरतन्त्र, महाभारत, गीता र स्वस्थानी व्रत कथाजस्ता ग्रन्थमा इन्ट्रा पर्सनल कम्युनिकेसन, इन्टरपर्सनल कम्युनिकेसनका साथै मास कम्युनिकेसनका बारे वर्णन भेटिन्छन् । यहाँ आफूले आफैँलाई वा कसैले पनि अरू कसैलाई भावना वा सन्देश बुझ्ने गरी पु¥याउनु नै सञ्चार हो भन्ने बुझ्न सकिन्छ ।

उदाहरणका लागि कसैको मनको इच्छा जानेर उसको इच्छाअनुसार बुझिदिनु वा ध्यान दृष्टिले विचार गरेर को कहाँ छ के गर्दै छ बुझ्न सक्नु वा अन्यत्र के भइरहेको चाल पाएर बुझ्नु वा आँखाको भौतिक क्षमताले देख्नेभन्दा देख्न नसक्ने वस्तु वा केहीलाई दिव्यदृष्टिबाट देखेर बुझ्नु वा तीन आयामबाट बुझ्ने ब्रह्माण्डभन्दा माथि परको सापेक्ष वा निरपेक्ष बुझाइ यी सबै नै सञ्चार हो ।

ऋग्वेदमा ‘तद्धिष्णौः परम पद सदा पश्यन्ति सूरयः । दिवीव चक्षुराततम् ।।’ भनेर दिव्यदृष्टिलाई सञ्चारको एक माध्यम बताइएको छ । जो पवित्र देह र कर्म हुँदा स्वयंमा हुन सक्ने भन्ने आशय भेटिन्छ ।

त्यस्तैः डामरतन्त्रमा मास त्रयं प्रयोगेण रोग दुःख विनाशकम् ।

पञ्चमासाभ्या सतोदपि दिव्यदृष्टि सातुरः 

भनेर दिव्यदृष्टिलाई सञ्चारको एक माध्यम, जो पवित्र कर्ममा रहँदा स्वयंमा हुन सक्ने भन्ने आशय भेटिन्छ ।

डामरतन्त्रमा स्वयं मानिसबाट उत्पादन हुने वस्तुको नियन्त्रण मानिसको आहार–विहारबाट निर्धारण हुने र स्वयं उत्पादित वस्तुको अनुशासित सेवनबाट दिव्यदृष्टि हासिल हुने भनी मानिस आफैँलाई ट्रान्स्मिटर र रिसिभर भएको भनिएको छ ।

महाभारतको भीष्म पर्वमा महर्षि व्यासले सञ्जयलाई दिव्यदृष्टि प्रदान गरेको र सोही दृष्टिबाट सञ्जयले युद्धमा भएका सबै दृश्य र श्रवणहरू, ध्वनि, संवाद, अस्त्र प्रहार राजदरबारबाटै प्रत्यक्ष देख्न सुन्न पाएको उल्लेख छ ।

त्यस्तै, श्रीस्वस्थानी व्रतकथामा कैलाश पर्वतमा रहेका महादेवले चाल पाएको, स्तुतिबाट प्रसन्न भएका देवताहरूको मनको इच्छा जानेको साथै पार्वतीले ध्यान दृष्टिले विचार गरेर हेर्दा महादेव श्लेष्मान्तकमा किरातको रूप धारण गरेको थाहा पाएका जस्ता स्वयंकेन्द्रित सञ्चारका कुराहरू भेट्न सकिन्छ । 

यी त भए पूर्वीय दर्शनमा भेटिएका केही अंश, तर यसपछि आजको विज्ञानले प्रमाणित हुँदा मात्र र फेरि–फेरि आममानिसले उपयोग गर्न सक्ने सिद्धान्तमा वैज्ञानिक मान्ने र भेटिएका बुझिएका सुमेरियन, अकाडाम, इजिप्सियन सिभिलाइजेसन अनि ८६८ सि.ई.मै प्रिन्टेड किताब डायमन्ड सूत्र ।

यहाँ प्रश्न के मात्र हो भने इतिहासदेखि आस्थाका आधारमा संरक्षित ज्ञान र वेदलाई नै श्रवणमार्फतको ज्ञान मानेर भए पनि ज्ञानकै संरक्षण गरेको नेपाल, साम्भाला र भारत वर्ष गुटेनबर्ग, निकोला टेस्ला, न्युटनदेखि स्टेफेन हकिन्ससम्मले विज्ञानमाथि पुर्‍याएको अतुलनीय देनमा अंशियार होला कि नाइँ ? भारत त धर्म निरपेक्षतालाई नै आफ्नो स्वाधीनताको वर्षगाँठ महोत्सव मानिरहेकै छ भने साम्भाला मेरो भन्नेले पनि धर्म निरपेक्षता विकासको बाटो हो र त्यसपछि मात्र सांस्कृतिक र परम्परागत खोज भनिरहेको छ, यस्तो परिस्थितिमा के नेपालले सदैव अस्थिरता र अस्पष्ट रहिरहनुपर्ने हो ? केही सय वर्षअगाडिदेखि विज्ञान कसरी सञ्चारलाई बुझिरहेको छ र केके प्रविधि बुनिरहेको छ।

Source: #https://deshantarnews.com/2025/07/185760/

Leave a Reply

Your email address will not be published. Required fields are marked *