
आज बिश्व पानी दिबस देशभर मनाइन्छ । सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयुक्त पर्यावरण बिकास र संयुक्त राष्ट्र संङ्घको भेलाबाट बिश्व पानी दिबस घोषणा गरिएको हो ।
सन् १९९३ मा पहिलो पटक बिश्व पानी दिबस मनाएको हो । मानी मानब लगायत अन्य सबैको लागि अपरिहार्य तरल पदार्थ हो तसर्थ पानीको उपयोग र पानीको स्रोतहरुको संरक्षण गर्नुपर्छ भनि आम नागरिकलाई चेतना प्रवाह गर्ने उदेश्यले बिश्व पानी दिबस मनाउँदै आएको पाइन्छ ।
आजभोली पानीका स्रोतहरु कुँवा, पँधेरो, पोखरी, खोलानाला, र नदीनाला, प्रदुषित बन्दै गएका छन् । बनजङ्गलको फडानी बढेकाले पानीका मुहानहरु सुक्दै गएका छन् । त्यसैगरी पानीको मुहानको छेउछाउमा बस्ती बसाउँदै गएकाले पनि मुहानहरु सुक्दै गएका छन् ।
सहरी क्षेत्रहरुमा पानीको स्रोतहरुमा फोहोर तथा ढलहरु मिसाउने गर्नाले पानीको स्रोतहरु प्रदुषित बनेको छ । त्यसकारण आज बिश्व पानी दिबसको अबसर पारेर त्यस्ता कार्यहरु रोक्ने प्रयास गर्दै आएको पाइन्छ । आज सरकारी निकाय तथा सामाजिक संस्थाहरुले बिभिन्न कार्यक्रमहरु गरी पानी दिबस सफल पार्दछन् ।
बिश्व पानी दिबसको दिन बिषेश गरी जल सप्ताह सञ्चालन गर्ने तथा बिभिन्न सरसफाई अभियानहरु पनि सञ्चालन गर्ने गरिन्छ । जसमा खानेपानी क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरुको उपस्थिति रहन्छ ।
