अध्यक्ष पदका लागि भीम रावलको उम्मेदवारी दर्ता

सौराहामा एमालेको जारी महाधिवेशनमा अध्यक्षका लागि सहमति जुटन नसकेपछि एमाले नेताद्धय केपी शर्मा ओली र भीम रावल अध्यक्ष पदमा लड्ने भएका छन्।

महाधिवेशनको मध्यरातमा शुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे छलफल गरेका थिए । आइतबार दिनभर रावललाई उपाध्यक्ष पदका लागि मिलाउन नेताहरुले निकै मेहनत गरे पनि सहमति जुट्न सकेन ।

एमालेको निर्वाचन आयोगका प्रमुख डा। विजय सुब्बाका अनुसार सोमबार बिहान ९ देखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरू हुने भ निएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *