अनलाइनमार्फत किनमेल गर्ने ‘ट्रेन्ड’ विश्वभर बढ्दो,कानुन नबन्दा अप्ठ्यारोमा व्यवसायी

काठमाडौं ।

प्रविधिको विकाससँगै अनलाइनमार्फत किनमेल गर्ने ‘ट्रेन्ड’ विश्वभर बढ्दो छ ।

अमेजन, अलिबाबा, वालमार्ट, ई–बे, अलि–एक्सप्रेसजस्ता विश्व चर्चित अनलाइन सपिङ साइट विश्व बजारमा प्रख्यात छन् । व्यस्त जीवनशैली, उचित नियमन र बलियो ऐन, कानुनले गर्दा अनलाइन व्यापारले विकसित देशमा साम्राज्य खडा गरिसकेको छ ।

नेपालमा खासगरी दराज डटकमको प्रवेशसँगै अनलाइन किनमेलले गति लिएको हो । दक्षिण एसियाभर फैलिएको, ठुलो लगानी, सबै खालका सामग्री पाइने लगायत कारण दराजले अनलाइन व्यापारलाई नेपालमा ‘ब्राण्डिङ’ गर्न सघायो । यसमा कोरोना महामारी र लडकडाउनको भूमिका पनि उत्तिकै छ । कोरोना महामारीमा ठप्प भएको आवतजावतमा आममानिसले अनलाइन किनमिललाई रोेजे । 

अनलाइन व्यापारको दायरा बढेसँगै यस्तो व्यापार व्यवसायलाई नियमन र अनुगमन गर्न चुनौती पनि थपिएको छ । अनलाइन किनमेलका लागि कानुन नबन्दा यसले अपेक्षाअनुसार फस्टाउन पाएको छैन ।

यही कारण व्यक्तिगत रूपमा जथाभाबी भइरहेको व्यापारले समग्र अनलाइन व्यापारलाई नै हानि गरिरहेको छ भने आमउपभोक्तालाई अनलाइन व्यवसायप्रति विश्वास जगाउन सकेको छैन । तोकिएभन्दा फरक सामान आए के गर्ने, कहाँ गुनासो वा उजुरी गर्ने, भुक्तानी गरिसकेपछि सामान नआए के गर्ने जस्ता समस्याले धेरै उपभोक्ता अनलाइनको किनमेलमा विश्वस्त बन्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *