आज साँझ १ घण्टा २३ मिनेट खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं : आज कार्तिक शुक्ल पूर्णिमाका दिन ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ।

बेलुकी ०५ : ११ मा चन्द्रोदय हुँदादेखि नै ग्रहण लाग्ने छ ।

ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्ग’ मा उल्लेख छ ।

बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ । त्यस्तै बेलुकी ०५ : २७ बजे ग्रहणको उन्मीलन हुनेछ ।

नेपालबाट एक घण्टा २३ मिनेट ग्रहण देखिए पछि बेलुकी ०६ : ३४ बजे भने ग्रहण सकिन्छ । चन्द्रग्रहणको नौ घण्टा अघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको छ।

ग्रहणका बेला जप, स्नान,ध्यान,पाठ लगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *