आत्मा

आत्मा अपरिवर्तनशील, सर्वव्यापी, अजन्म, अव्यक्त, विकार रहित हुन्छ ।
सम्भवत ः आत्मा परमात्माको कुनै रुप हुनुपर्दछ । धर्मशास्त्र अनुसार आत्मालाई नास गर्न सकिदैन । आत्मा अमर सत्य हो भन्ने सिद्दान्त अनुरुप जस्तै कागज बाल्दा आगो र खरानि बन्दछ त्यस्तै शक्ति एकरुप बाट अर्को रुपमा परिवर्तन हुन्छ । आजका वैज्ञानिकहरु पनि आत्मा एक चेतना हो भन्ने विश्वास गर्दछन् । आत्माबाट नै शरीर चेतनशील अवस्थामा हुन सक्दछ ।

प्रत्येक मानिसमा यो कौतुहलता हन सक्दछ कि आत्मा शरीरको मृत्यु पश्चात कहाँ रहन्छ ?
श्रीमदभागवत गीताका अनुसार आत्माले पुरानो शरीर छोडेपछि कुनै नयाँ शरीरमा चेतनाको रुपमा धारण गरेर बस्दछ । आत्मा अविनाशी परमात्माको अंश हो त्यसैले आत्मा भौतिक सिमा भन्दा बाहिर छ वा मोक्ष प्राप्त गरी ब्रम्हाण्डको अर्को कुनै ठाउँमा रहन्छ भन्ने व्याख्या भेटिन्छ ।
यस्तैमा हिन्दु धर्म ग्रन्थ ‘गरुड पुराण’ मा उल्लेखित भाव अनुसार एक शरीरको मृत्यु पश्चात आत्मालाई यमदुत लिन आउँछन् । जीवनकालमा गरेका कर्म अनुसार आत्मालाई केहि समय राख्दछन् र पछि आत्माले आफ्नो यात्रा शुरु गर्दछ ।

सर्वद्धाराणि संयम्य मनो दृदि निरुध्य च ।
मूध्न्र्याधायात्मन ः प्राणमास्थितो योगधारणाम् ।।
ओमित्यमाक्षरं ब्रम्हा व्याहरन्मामनुस्मरन् ।
यः प्रयाति त्यजन्देहं स याति परमां गतिम् ।।

श्रीमदभागवत गीताको अनुसार सर्वश्रेष्ठ प्राणी भनेको त्यो मानव हो जसले आफ्ना ज्ञानेन्द्रीयलाई काबुमा राख्ने क्षमता राख्दछ । जस्तै की चिसो वा तातो वातावरणले छालामा खासै असर नहुने हिमालयमा तपस्या गरी रहेको योगी र सामान्य व्यक्तिमा भन्दा फरक क्षमताका हुन्छन् ।
तपाईले बाटोमा हिड्दै गर्दा पसलमा हिराको हार देख्नु भयो, तपाइँलाई चोर्न मन लाग्यो तर तपाईको बुद्धिले रोक्यो कि चोर्नु हुदैन । त्यसैले इन्द्रिय भन्दा ठूलो मन र मन भन्दा ठूलो बुद्धि हो । र बुद्धि भन्दा अत्यन्तै ठूलो र विशाल आत्मा हो ।

मानवको शरीर सुख, दुख, लोभ, मोह, सँग परिपुरक छ । अचम्मको कुरा के छ भने यस्ता मानविय समवेदनशीलता एक चेतन जीवमा मात्र लागु हुन्छ । किनकि सुख, दुख, प्रकृतिको नियम हो र शरीर प्रकृति अनुसार चल्दछ ।

लेखक तथा सम्पादकई कुमार भट्टराई

Leave a Reply

Your email address will not be published. Required fields are marked *