एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने

शुक्रबारदेखि सुरु हुदै गरेको एमालेको विधान महाधिवेशनमा एमाले नेता प्रभु साह सहभागी नहुने भएका छन् । सर्वोच्च अदालतले २०७७ फागुन २३ गते एमाले र माओवादी केन्द्र ब्युँताउँने फैसला गरेपछि एमालेले रोजेका साहले लामो समयदेखि एमाले प्रति असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

ललितपुरको गोदावरीमा सुरू भएको एमाले विधान महाधिवेशनमा आफ्नो मागको विषयमा पार्टी नेतृत्वले वेवास्था गरेको भन्दै नेता साहले आफू सहभागी नहुने निर्णय लिएको बताएका छन् । एमालेमा असन्तुष्ट भएका उनले आईटी आर्मीका नाममा प्रदेश २ का जिल्लाहरुमा गतिविधि गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *