
के हो थाइराइडरु – यो घाँटीको अगाडीको भागमा रहेको एउटा ग्रन्थी हो। रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन टी–३० र ट्राइआयोडो थाइरोनिन टी–४० हर्मोन उत्पादन गर्छ। थाइराइडको ग्रन्थी घाँटीको अघिल्लो भागमा थुक निल्दा चल्ने एउटा २० देखि २५ ग्रामको ग्रन्थी हो। यसले शरीरको धेरै कुरा नियन्त्रण गर्छ। जस्तै शरीरको मोटोपन हुने अथवा दुब्लोपन हुने, तापक्रम मिलाउने, भित्रको आन्तरिक व्यवस्थापन मिलाउने हो। यसले शरीरमा हुने अनावश्यक झोलपदार्थ वा सुख्खापन अथवा कमलोपनलाई नियन्त्रण गर्छ। विशेषगरी मुटुको धड्कन मिलाउने, नियन्त्रण गर्ने काम गर्छ। त्यो हर्मोन बढी भयो भने पनि र कम भयो भने पनि शरीरलाई असर गर्छ। यही हो थाइराइड रोग।
कस्ताकस्ता प्रकारका हुन्छन् रोग – थाइराइडमा प्रत्यक्ष रूपमा ३्४ वटा समस्या हुन्छ। एउटा थाइराइड ग्रन्थिले निकाल्ने रस कम हुने रोग हाइपो थाइरोडिजम हो। एउटा हर्मोनको मात्रा बढी निस्कने, त्यसलाई हाइपर थाइरोडिज्म भनिन्छ। तेस्रो, थाइराइड हर्मोन सुन्निने, जस्तै गलगाँड जस्तो गरेर सुन्निने हुन्छ र चौथो क्यान्सर हुनसक्छ, थाइराइड ग्रन्थीमा। धेरैजसो थाइराइडको रोग लागेको छ भनेर समाजमा कुरा गरिने चाहिं, थाइराइडले निकाल्ने हर्मोम कम९लो० भएर हुने रोगलाई हो। त्यसलाइ हाईपो थाईरारोडिजम भनिन्छ । घाँटीबाट निस्कने थाइराइड ग्रन्थीको हर्मोन कम भयो भने के हुन्छ बढी भयो भने के हुन्छ भन्ने कुरा परीक्षणपछि चिकित्सकले लक्षण पहिचान गर्छन्। विशेषगरी थाइराइड हर्मोन कम हुँदा शंका गर्नु थाइराइडको सबैभन्दा महत्त्वपूर्ण लक्षण हो। बिरामीले धेरैवटा लक्षण भन्ने डाक्टरले केही पनि नभेट्ने भयो भने पनि थाइराइड शंका गर्नुपर्छ।’
मानसिक रोगको जस्तो लक्षण- आजभन्दा ५,७ वर्ष पहिला सबैलाइ मानसिक रोग हो कि भनेर भनिन्थ्यो। मानसिक रोग नै भनेर परीक्षण गरिन्थ्यो। थाइराइड परीक्षण गरिन्थेन। धेरै बिरामी छुट्थे। अहिले के भनिएको छ भने विश्वमा जति पनि बिरामी छन् ती मध्येमा ५० प्रतिशतमा आफूलाई थाइराइड भएको भन्ने थाहा नै हुँदैन। एक सयमा ५० जनाले थाहा पाएर औषधी लिन्छन् भने ५० जनाले डाक्टरले जाँच गर्दा थाहा पाएपछि मात्रै औषधी लिने गर्छन्। त्यसकारण थाइराइडको बारेमा होसियारी र सचेतना आवश्यक छ।
समस्या के के हुन्छ- थाइराइड हर्मोन कम हुँदा तौल अनावश्यक रूपमा भद्दा हुने, बढ्ने, आवाजमा धोद्रोपन आउने, शरीरका गोडा सुनिने फुलिने, कपाल खस्ने, मानसिक रोगी जस्तो डिप्रेसन भएर जाने, प्रेसर कम भएर जाने, कमजोर मनोबल देखिने। चिसो भएर आउने, निन्द्रा बढी लागेजस्तो झुम्म हुने हुन्छ। सबैकुरा सुन्दा मानसिक रोग जस्तो लाग्ने भएर झुक्किने हुन्छ। हर्मोन बढी हुँदा ठिक उल्टो हुन्छ। मानिस दुक्लाउने परिसना बढी आउने, निन्द्रा नपर्ने, मानिस सामान्यतया जतीखेरपनि तातेको, ज्वरो आए जस्तो हुने, पखाला बढी लाग्ने ज्यान गल्ले जस्ता लक्षण दुबैमा हुन सक्छ । कतिपय अबस्थामा लो र हाइमा ठिक उल्टो लक्षण हुन्छ। १०० मा ९० प्रतिशतमा मिल्छ १० प्रतिशतमा उल्टो लक्षण हुनपनि सक्छ । लो भएको विरामीको संख्या विश्वमा धेरै छ।
बढी महिलामा समस्या- थाइराइडको समस्या पुरुषमा भन्दा बढी महिलामा हुन्छ। १० मध्ये नौ महिलामा यो रोग लाग्छ। एक मात्रै पुरुष हुन्छ। यसको कारण महिलाहरुमा हुने महिनावारीदेखि हर्मोनमा हुने अनेक खालको परिवर्तन हो। किनभने हर्मोनको समन्वय मस्तिष्क, थाइराइड, पाठेघर, स्तन सबैमा हुन्छ। लो थाइराइ र हाइ थाइराइमा मध्ये लो अर्थात् हाइपो थाइराइड ९० प्रतिशत बढी छ। त्यसकारण महिलाहरु र हर्मोन कम हुने रोगीको संख्या संसारमा धेरै छ। यस्तो खालको रोग पत्ता लगाउन सामान्यतयस् चिकित्सकले शंका गरिसकेपछि रगतमा टी¬थ्री, टी–फोर र टी– एस एच हर्मोन परीक्षण हुन्छ। त्यो परीक्षण गर्दा थाइराइड हर्मोन बढी भएको र कम भएको डाक्टरले पत्ता लगाउँछन्।
जीवनभर औषधि खानुपर्ने पनि हुनसक्छ -नियमित अौषधि सेवन गरेर ३्/३ महिनामा अवस्था के भयो भनेर फेरि परीक्षण गर्नुपर्छ। कतिपयले जीवनभर नै खानुपर्छ भने कतिपयको १२, १५ महिना अौषधि खाएर निको हुन्छ। त्यो रागतको परीक्षण बाहेक कहिले काहीं भाइरलले अन्य संक्रमणले असर गर्ने भएकाले आफैं निष्क्रिय भएएको हो की अन्य चिजले आक्रमण गरेको हो भनेर एन्टीबडी चेक गर्न सकिन्छ। थाइराइडको भिडियो एक्सरे गर्न सकिन्छ। क्यान्सर हो की सामान्य सुनिएको हो भनेर छुट्याउन सिरिन्जबाट पानी तानेर क्यान्सर हो होइन भनेर छुट्याउन सकिन्छ। अझै बढी सिटी स्क्यान र आयोडिन स्क्यान टेष्ट पनि हुन्छ। तर त्यसको धेरै जरुरी हुन्न। थाइराइड लो लाई औषधीबाटै समाधान गर्ने हो। थाइराइड हाइ भयो भने कहिलेकाही अपरशेन गर्नुपर्ने र कहिलेकाही रेडियो आयोडिन थेरापी गर्नुपर्ने हुन्छ। थईराईड खानपानसँग धेरै सम्बन्ध नराख्ने रोग हो।
कारण के हुनसक्छ- अहिले पहिलेजस्तो अर्गानिक कुरा पाइँदैन। थाइराइड हर्मोन कम हुनुमा जिम्मेवार प्राकृतिक खानपान छोड्दै जानु, हाइब्रिड पदार्थ वा विषादि प्रयोग भएका खानेकुरा बढी सेवन गर्नु नै हो। ग्रन्थीमा गएर त्यस्ता तरकारी र फलफूलका विषादी गएर अंगमा बस्नु र निकाल्न सक्ने रस निकाल्न नसक्नु गर्मी बढी हुनाले प्रकाशको किरणले असर गर्नु जस्ता कारण यो रोगले आक्रमण गर्छ। यो रोगका बिरामीहरुले विशेषगरी गोइट्रोजन फुड कम खानुपर्छ। तरकारीमा बन्दाको अत्याधिक प्रयोग, काउलीको डाँठ पात, बेथेको साग, स्टोर गरेका फुडहरु, गाडेको अचार, अमिलो दही, पुरानो गुन्द्रुक, मस्यौरा थाइराइड बढाउने खानेकुरा हुन्। यिनलाई कम गर्नुपर्छ। पानी प्रशस्त पिउनु पर्छ। फ्याट चिजहरु खानु हुँदैन। रातो मासु खानु हुँदैन। थाइराइडका बिरामी धेरै मोटो हुने हुनाले बिहान हिँड्ने गर्नुपर्छ। रोग भए पनि कन्ट्रोल हुने हुनाले उनीहरूले रक्तदान भने गर्न सक्छन्। थाइराइडका बिरामीहरुमा रगतमा क्याल्सियम, भिटामिन डी आदिको मात्रा कम हुन्छ। थाइराइडसँग रगतमा बोसोको मात्रा बढ्ने र कहिलेकाही मुटुमा समेत असर पार्नसक्ने हुन्छ।
महिलाहरुले ध्यान दिनुपर्ने कुरा- विशेषगरी गर्भवती महिनाहरुमा गर्भ रहने कुरामा पनि असर गर्ने र गर्भ बसिहालेपनि बच्चामा बोधोपन आउने हुनाले गर्भ रहनुभन्दा पहिला नै थाइराइड छ कि छैन भनेर परीक्षण गर्नु राम्रो हो। हर्मोन कन्ट्रोलमा छ भने बच्चा जन्माउन कुनै समस्या हुन्न। बच्चा पेटमा छ भने पनि अौषधि छोड्नु हुँदैन।
