
काठमाडौँ ।
चितवानको भरतपुर महानगरपालिका, २९ स्थित सिमलताल नजिक १ निलो रङको बसको टुक्रा त्रिशूली नदीको बगरमा फेला परेको छ ।
गत वर्ष २०८१ असार २८ मा त्रिशूलीमा खसेर दुई वटा बस हराएको थियो । बागमती प्रदेश –०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश –०३–००६ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूली नदिमा खसेको थियो । जसमा सवार ४० जना अझै वेपता रहेका छन् ।
निलो रङको बसको अवशेष बालुवा निकाल्ने क्रममा भेटिएको हो । जिल्ला प्रहरी कार्यलय चितवानका डिएसपी रवीन्द्र खनालले फेला परेको अवशेष यकिन गर्न प्रहरीको टोली घटनास्थलमा खटाइएको जानकारी दिनुभयो ।
भेटिएको अवशेष गत वर्ष सिमलतालबाट त्रिशूलीमा खसेका दुई सवारी को हुन सक्ने आशंका गरिएको छ । तर कुन सवारीको हो, पहिले हराएकै बसको हो वा अन्य हो भन्ने कुराको वास्ताविकता पत्ता लागेको छैन ।
