हिन्दु धर्मावलम्बीको सबैभन्दा ठुलो धार्मिक ग्रन्थ वेद हो । वेद चार वटा छन् ऋग्वेद, सामवेद, यजुर्वेद र अर्थर्ववेद । यी चार वेदको निष्कर्ष उपनिषद् ग्रन्थ हो । उपनिषद्बाटै १८ पुराण बनेका हुन् । सबै वेद, उपनिषद् पुराणको निष्कर्ष गीता हो । त्यसैले श्रीमद्भागवत गीता हिन्दू धर्मका पवित्रतम ग्रन्थ मानिन्छ । यो ऐतिहासिक हिन्दग्रन्थ महाभारतको भीष्म पर्वबाट लिएको ग्रन्थ हो । यसलाई मोक्षशास्त्र पनि भनिन्छ । यसमा १८ अध्याय छन् ।
श्रीमद्भगवद्गीताको पृष्ठभूमि महाभारतको युद्ध नै हो। अर्जुनले महाभारत लड्दिन भनेर अज्ञानी भएका बेला श्रीकृष्णजीले राम्रो ज्ञान प्राप्तिका लागि गीताको ज्ञान भनेर सुनाएको हो । तै पनि अर्जुनलाई चित्त नबुझेकोले भगवान् श्रीकृष्णजीले अर्जुनलाई विश्वरूप दर्शन दिएर प्रस्ट पारी ज्ञान प्राप्ति गरिदिएको हो । अर्जुनलाई महाभारत लड्न तयार गरिदिएको हो । यसरी निष्कामना अर्जुनमा उत्पत्ति गराइदिएको हो । यो सबै ज्ञानलाई गीतामा भगवानले १८ अध्यायमा मनन चिन्तन गराएका हुन् । तिनै १८ अध्याय हिन्दु धर्मको मुख्य महत्त्वपूर्ण धर्मको नियम स्वरूप हो ।
यिनै १८ अध्यायको कुरालाई सारांशमा हेर्दा भगवानको १८ ईश्वरीय कानुन ( १८ कमाण्डमेन्टस् ) भनेर हामीले बुझ्नुपर्छ । ईश्वरीय कानुन भन्नाले हामी मानिस १८ वटा नियमलाई पालना गरी जीवन चलाउन भवसागर तर्नलाई अर्पण गर भनी भगवानको आदेश हो ।
श्रीमद्भागवत गीता हामीले पढ्न पाएका हुँदैनौँ । यो ब्यस्त जीवनका बीचमा पढ्ने फुर्सद पनि कहाँ मिल्छ र ? त्यसैले
गीताको १८ अध्यायको मुख्य सार कुरा यस्तो छ । यसबाट आफ्नो जीवनलाई सुधार्नुहोस् र लाभ उठाउनुहोस् ।
१८ अध्यायका १८ सार१ किन व्यर्थ चिन्ता गर्छौ ? को देखि व्यर्थै डराउदछौ ? तिमीलाई कसले मार्छ ?
२ आत्मा न जन्म लिन्छ न मर्छ ।
३ जे भयो, त्यो राम्रो भयो । जे हुँदैछ, त्यो राम्रै हुँदैछ । जे हुनेछ, त्यो पनि राम्रै हुनेछ ।
४ तिमी भूतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर । वर्तमान चलिरहेको छ ।
५ तिम्रो के गएको छ र तिमी रुन्छौ ?
६ तिमीले के लिएर आएका थियौ र तिमीले हरायौ ?
७ तिमीले के पैदा गरेका थियौ र नाश भयो ?
८ तिमीले केही लिएर आएका थिएनौ । जे पायौ, यहीँबाट पायौ । जति दियौ, यहीं नै दियौ ।
९ खालि हात आएका थियौ, खालि हात नै गयौ, जे आज तिम्रो छ, त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ ।
१० तिमी यसलाई आफ्नो सम्झेर मग्न भैरहेका छौ । यहीं खुसी नै तिम्रो दुःखको मूल कारण हो ।
११ परिवर्तन संसारको नियम हो । जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो ।
१२ एक क्षणमै तिमी करोडपति बन्दछौ, दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ ।
१३ मेरो, तिम्रो, सानो, ठूलो, आफ्नो, अर्काको भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ ।
१४ तिमी आफू आफै भगवान्मा अर्पित हौ । यही नै सबभन्दा ठूलो सहारा हो ।
१५ जसले ईश्वरको सहारालाई जान्दछ, त्यो डर, चिन्ता, शोकबाट सधैंका लागि मुक्त हुन्छ ।
१६ मान्छे जन्मिन्छ केहि समय यहि रहन्छ र मर्छ । त्यसैले तिमी आसक्ती रहित भएर काम गर जसले गर्दा तिमी बन्धन बाट मुक्त हुनेछौ ।
१७ तिमीले जे गर्दछौ, त्यो भगवानलाई अर्पण गर्दै जाऊ ।
१८ यसो गर्नाले तिमीले सधैंभरि जीवन मुक्त भएको आनन्द अनुभव गर्नेछौ ।
