घुडाको चोटको कारण मेस्सिले मेजविरुद्धको खेल गुमाउने

पेरिस सेन्ट जर्मेनका फरवार्ड लियोनल मेसीले फ्रेन्च लिग वानमा मेज विरुद्धको खेल घुँडाको चोटका कारण गुमाउने भएका छन् ।

मेस्सीको बायाँ घुँडामा चोट देखिएकोले बुधबार हुने मेजसंगको खेल गुमाउने भएका हुन् ।

पीएसजीले मंगलबार स्टेटमेन्ट सार्वजनिक गर्दै मेसीको घुँडामा चोट देखिएको जनाएको छ ।

मेस्सीको घुँडाको एमआरआई गर्दा हड्डीमा चोट नै देखिएपछि भने अब उनले आगामी खेल गुमाउने भएका हुन् । पीएसजीले मेसीले ४८ घण्डाभित्र फेरि फलोअप गर्नुपर्ने समेत जनाएको छ ।

३४ वर्षीय मेस्सी अगष्टमा स्पानिस क्लब बार्सिलोना छाड्दै फ्रि ट्रान्सफरमा पेरिस क्लबमा अनुबन्ध भएका थिए ।  सिटीसँग खेल्नुअघि पीएसजीले शनिबार मोन्टेपिलरसँग खेल्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *