
काठमान्डौँ ।
अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भनि सामाजिक सञ्जाल मार्फत घोषणा गरेका छन् ।
ट्रम्पले ट्रुथ सोसलमा आफ्नै आईडी मार्फत सामाजिक सञ्जालमा आफुलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’। भनि एउटा फोटो राखेर पोष्ट गरेका छन् ।
अमेरीकाले भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई जनवरी ३ मा नियन्त्रणमा लिएर अमेरीका लगेकोे थियो ।
भेनेजुएलाका राष्ट्रपति मादुरीलाई अहिले हतियार र लागुऔषधी तस्करी गरेको विरुदमा अमेरीकामा मुद्धा चलाईदै छ । अहिले भेनेजुएलाकी उपराष्ट्रपति रहेकी डेल्सी रोड्रिग्नेजलाई कार्यवाहक राष्ट्रपति बनाइएको छ ।
