
कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनका लागि मतदाताहरु लाइन बस्न सुरु गरेका छन्। मतदान ३:३० बजेदेखि सुरु हुने भनिए पनि अझैं सुरु भएको छैन। पहिलो निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुन: मतदान हुन लागेको हो।निर्वाचन साँझ ७:३० बजेसम्म चल्ने समितिले जनाएको छ। पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवाले २२५८,शेखर कोइरालाले १७०२,प्रकाशमान सिंहले ३७१,विमलेन्द्र निधिले २५० र कल्याणकुमार गुरुङले २२ मत ल्याएका थिए।खसेको मतमध्ये ७६ मत वदर भएको थियो। दोस्रो चरणको मतदानमा देउवालाई सिंह,निधि र गुरुङले समर्थन गर्ने बताएका छन्।
