नेपाल र इन्डोनेसियाको मैत्रीपूर्ण खेल आज

काठमाडौं ।ताजाकिस्तान भ्रमणमा रहेको नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको यू-२३ राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी यू-२३ एसियन कप छनोटका लागि ताजिकिस्तान भ्रमणमा रहेको नेपालले इन्डोनेसिया सँग खेल्न लागेको हो ।नेपाल र इन्डोनेसियाबीचको खेल ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ । एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *