
आज १०४ बर्ष लामो जहानीय निरङ्कुश हुकुमी शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिन देशभर प्रजातन्त्र दिबस मनाइँदै छ ।
मुलुकमा राणाको बंशीय तन्त्र नभई प्रजा तन्त्रमा शासन चल्छ भन्ने आवाज सहित २००७ साल फागुन ७ गतेका दिन प्रजातन्त्र भित्रिएको हो ।
२००७ सालमा नेपाली काँग्रसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिलाई राजा त्रिभूवनले समर्थन गरेपछि मुलुकमा सहजै प्रजातान्त्रिक शासन व्यबस्थाको स्थापना भएको हो ।
त्यही क्रान्ती सफल भई १०४ बर्षे कालो दिन अन्त्य भएको खुसियालीमा फागुन ७ गते प्रजातन्त्र दिबस मनाउन थालिएको हो ।
प्रजातन्त्र स्थापना भए पश्चात राज्यको शासकीय शक्ति कुनै बिशेष बर्ग वा व्यक्तिमा निहित नभई समाजका सम्पूर्ण सदस्यमा रहन पुग्यो त्यति मात्र नभई देशमा शान्ति सुरक्षा र स्वतन्त्रताको स्थापना भएको हो ।
प्रजातन्त्र स्थापना हुनुको पछाडि आम नेपाली जनताको सङ्घर्ष जोडिएको छ । हरेक बर्ष प्रजातन्त्र दिबसको दिन काठमान्डौँको टुँडिखेलमा बिषेश समारोह आयोजना गरिन्छ ।
उक्त आयोजनामा नेपाली सेना साथै राजनैतिक दलका नेताहरुको समेत उपस्थिति रहन्छ । आज पनि प्रजातन्त्रको अबसर पारेर बिभिन्न सभा समारोह गरिदैछ ।
