
नेपाली राष्ट्रिय फूटबल टीमका पूर्व कप्तान हरि खड्का नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्।
अख्तियारले नेपाल प्रहरीमा जागिरे रहँदा बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
बिहीबार अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले सो मुद्दामा सुनुवाई गर्दै शैक्षिक प्रमाणपत्र नक्कली रहेको ठहर गरेको हो।
भ्रष्टाचार निवारण ऐन २०१७ अनुसार खड्का लाई दोषी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।
खड्का नेपाली राष्ट्रिय महिला फुटबल टिमका पूर्वप्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्य समेत हुन् ।
