
प्रदेश १ सरकारले प्रदेश नामकरणको विषयमा छलफल गरी नामकरण प्रक्रिया सुरु गर्न फागुन १० गतेका लागि सर्वदलीय बैठक बोलाएको छ ।
हाल सम्म ६ वटा प्रदेशको नामकरण भएता पनि प्रदेश १ को भने नामकरण हुन सकेको थिएन ।
प्रदेश १ ले छिटै नाम पाउने मुख्यमन्त्री राजेन्द्रकुमार राईको भनाई छ ।
स्वास्थ्यमन्त्री जयराम यादवका अनुसार पाँचदलीय गठबन्धनका तर्फबाट सर्वसम्मत नाम टुंग्याउन सहमति भएको छ।

Leave a Reply