
नेपाली समाजमा सामान्यतया १८ बर्ष भन्दा कम उमेरमा बिवाह गर्ने चलन हालसम्म पनि कायम नै देखिन्छ । १८ बर्ष भन्दा कम उमेरमा गरिएको बिवाहलाई बाल बिवाहको रुपमा लिइन्छ । यो कानुन बिपरीत कार्य पनि हो ।
बिवाहका सम्बन्धमा बिभिन्न देशमा कानुन अनुसार योग्य उमेर तोकिएको हुन्छ । त्यसैगरी नेपालको कानुनी मान्यता अनुसार बालिकाको हकमा १८ बर्ष र बालकको हकमा २० बर्ष माथि बिवाह गर्न उपयुक्त उमेर भनेर तोकिएको छ ।
पहिले पहिले बालबालिकाहरु समाजमा रहेका कुरिति, कुसंस्कार, जस्ता धार्मिक तथा सामाजिक कारणले गर्दा वा परिवारको आर्थिक अबस्था कमजोर भएको कारण परिवारको दबाबमा आफ्नो इच्छा बिपरित बालबिवाह गर्न बाध्य हुन्थे । तर हाल बालबालिका आफूखुसी सानै उमेरमा बिवाह गर्नेको सङ्ख्या बढ्दो देखिन्छ ।

शिक्षित बालबालिकाले पनि बाल बिवाह गरेका घटनाहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । समयमानै सोच बिचार नगरि बिवाह गरेका कारण उच्च शिक्षा, रोजगार लगायतका अधिकार बाट बन्चित हुने , लैङ्गिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, मानब बेचबिखन जस्ता बिभिन्न समस्याहरु बढेको छ ।
बालबालिकाले धेरै समय समाजिक सञ्जालमा बिताइरहेका हुन्छन् । यसरी सामाजिक सञ्जालमा बालबालिका बिच कुराकानी भई बिवाह हुने गरेको पाइन्छ ।
बाल बिवाह न्युनिकरणको लागि स्थानीय तह देखि लिएर राज्यले पनि अनेकौ प्रयास गर्दा पनि आफूखुसि गरिने बिवाहलाइ रोक्न सकेको छैन ।
तसर्थ बालबालिका आफैमा बाल बिवाह गर्नु कानुन बिपरित हो र यसले भविष्य अन्धकार बनाउछ भन्ने चेतनाको बृद्धि भए मात्र बालबिवाह निर्मुल पार्न सम्भब देखिन्छ । यसका लागि बालबालिका स्वयम्ले बालबिवाह बिरुद्ध आवाज उठाउने र बाल बिवाहको खुलेर बिरोध गनुपर्छ ।
