बुधबारदेखि अस्ट्रेलियाको भिसा खुल्दै

अस्ट्रेलियाले यहि बुधबारदेखि विद्यार्थी भिसा तथा भिसावाहक विदेशी नागरिकका लागि सीमा खुल्ला गर्ने निर्णय गरेको छ ।

दुई साताअघि सीमा खोल्ने निर्णय गरेको भए पनि ओमिक्रोन भाइरसको संक्रमण देखिएसँगै अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनलले उक्त निर्णयलाई दुई साताका लागि स्थगित गरेका थिए ।

सोमबार प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीले डिसेम्बर १५ बुधबारदेखि अन्तर्राष्ट्रिय सीमा खोल्ने निर्णयलाई निरन्तरता दिने बताएका हुन् ।

बुधबारदेखि विद्यार्थीका साथै टीआर भिसामा रहेका विदेशी नागरिकका साथै उनीहरुका अभिभावक, दक्ष कामदार भिसा भएका नागरिकले अस्ट्रेलिया प्रवेश पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *