बुस्टर डोज निःशुल्क दिने तयारीमा सरकार

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनोविरुद्धको खोप लगाउन मिल्ने सम्पर्ण नागरिकलाई सरकारले ‘बुस्टर’ डोजसमेत निःशुल्क प्रदान गर्न तयारी सुरु भएको बताएका छन् ।

निःशुल्क खोप दिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको सहमतिमा मन्त्रालयले तयारी थालिसकेको मन्त्रीले जानकारी दिए । उनले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पत्ता लागेसँगै संक्रमणको नियन्त्रण तथा रोकथामका लागि बुस्टर डोज महत्त्वपूर्ण हुने देखिएपछि सबैलाई निस्शुल्क लगाउने निर्णयमा सरकार पुगेको बताए ।

मन्त्री खतिवडाका अनुसार मन्त्रालयले कुन खोपलाई बुस्टर डोजका रुपमा लगाउने भनेर छलफल भइरहेको पनि बताए ।
उनका अनुसार हाल पहिलो र दोस्रो डोजको खोप लगाउने कार्य अगाडि बढिरहेको र सँगै १२ वर्षदेखि १८ वर्ष उमेर समूहकालाई पनि खोप लगाउनुपर्ने भएकाले तत्काल बुस्टर डोज लगाउन सुरु गर्न केही ढिलाई भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *