ब्रम्ह मुहर्त

ब्रम्ह मुहर्त भन्नाले सुर्य उदाउनु भन्दा केहि समय पूर्व लाई बुझिन्छ । ब्रम्ह मुहर्तलाई शुसुुप्ति पछिको मुहर्त पनि भनिन्छ । ‘The Creatour′s Hour’ को रुपमा पनि यस मुहर्तलाई चिनिन्छ । महर्षि मनु ले ब्रम्ह मुहर्तलाई दिमाग अवचेतन अवस्थामा हुने भएकाले वेद अध्ययन गर्ने समय भनेर लेखेका छन् ।
दिनभरको समयमा हामी कोलाहल, अशान्तमा रहन्छौ । कोलाहलका कारण हाम्रो शरीरमा रक्क्तचाप बढ्ने गर्दछ र दिमाग ठिक सँग ध्यान, मन लगाउन सक्दैन । ब्रम्ह मुहर्तमा उठ्ने बानि गर्नाले यस्तो समस्या बाट पार पाउन सकिन्छ ।

ब्रम्ह मुहर्तमा किन उठ्नु आवश्यक छ ?
ब्रम्ह मुहर्तको समय हाम्रो Solar System याने कि सौर्य मण्डलको ग्रहहरुबाट पृथ्वीको महालंगुर हिम शृङ्खला लगायत नेपाल भुमिमा सकारात्मक उर्जा धेरै हुन्छ । साथै २८ नक्षत्र तथा ब्रम्हाण्डबाट प्राप्त हुने Cosmic उर्जाको सकारात्मक प्रभाव समेत बढि रहन्छ । ३ बजेर २० मिनेट देखि बिहान सूर्य उदाउने समय सम्मको समयलाई ब्रम्ह मुहर्त पनि मान्न सकिन्छ ।

यस मुहर्तमा पृथ्वीमा लगभग ४१ प्रतिशत अक्सीजन र ४ प्रतिशत कार्बोनडाइअक्साइड रहन्छ । वातावरणीय हिसाबले पनि यो समय स्वच्छ हुने भएकोले ब्रम्ह मुहर्तमा उठ्नाले तेज दिमाग र शक्ति प्रदान गर्दछ ।

दिनको समयमा सब जीवको दिमागले केहि न केहि सोचिरहेको हुन्छ । सबै मानिसले सोचेका सोच,विचार ब्रम्हाण्डमा पुग्छ भन्ने मान्यता छ । यस्तो बेलामा गरिएको सोच ययार्थमा बदलिने सम्भावना कम हुन्छ । यदि ब्रम्ह मुहर्तमा सबै निदाइरहेको हुन्छन् र ब्रम्हाण्डको Frequency level कम हुन्छ र सोचेको कुरा जीवनमा लागु हुने सम्भावना बढि रहन्छ ।

आर्युवेदका अनुसार बेलुका २ बजेदेखि ६ बजेसम्म र बिहान २ बजेदेखि ६ बजे बिच हाम्रो शरीरमा वाता ( वायु, अन्तरीक्ष) शक्ति रहन्छ । जसले गर्दा ध्यान दिन सक्ने क्षमता, सिर्जनशीलता, केन्द्रिकृत गर्ने क्षमता बढि हुने हुनाले दिमागि काम बढि गर्नु उत्तम हुन्छ ।

युक्तहारा वितारस्यः युक्त चेस्टस्यः कर्मसु ।
युक्तः स्वप्नभा बोदस्य योगा भवतिः सुख ।।

आहार विहार, रहनसहन, दैनिक गतिविधि उत्तम छ, राति राम्रो निन्द्रा लिन्छ र बिहान सबेर उठ्छ भने त्यो मानिस दुखबाट मुक्त हुन्छ , गरिबी घट्दै जान्छ ।


ब्रम्ह मुहर्तमा उठेर फेरि सुत्न हुन्छ कि हुदैन ?
हाम्रो शरीर पञ्च तत्वले बनेको हुन्छ – पृथ्वी, जल, अग्नी, वायु र आकास । यी पाचँ तत्व मिलेर हाम्रो शरीरको तिन मुख्य शक्ति बन्दछ ।
वाता – वायु , अन्तरीक्ष
पिता – अग्नि
कपा – पृथ्वी र पानी
आर्युवेदका अनुसार बिहान चाडै उठेर फेरी सुतेमा शरीरको वाता , पिता र कपा को सन्तुलन बिग्रन सक्छ । शरीरमा वाताको मात्रा बढेर शरीर र दिमाग दिनभर निश्त्रिय रहन्छ ।

अन्तिम प्रहर अर्थात ब्रम्ह मुहर्तमा देखिएका सपना पुरा हुन्छन् कि हुदैनन् ?
अन्तिम प्रहरमा हाम्रो मन अनियन्त्रीत हुदैन । चेतनाले नुहाएका कारणले चेतनाको चैतन्यताको प्रभाव मनमा पर्छ । मन नियन्त्रीत हुन्छ र देखिएका सपनाहरु भविष्यमुखी हुन्छ । ति सपनाहरुले भविष्यमा घट्न सक्ने घटनाको बारेमा सङ्केत गर्दछ ।

पूर्विय सभ्यताको शास्त्रहरुमा आफ्नो दर्शन यो हिमवत खण्डलाई आधार मानेर निमार्ण गरिएको विज्ञान हो । जस्तैः हामी नेपाल भूमीमा रहदा उत्तर दिशामा सिरानि पारेर शयन गर्नु हुदैन । पृथ्वीको चुम्वकीय धारका अनुरुप मानवको पनि चुम्बकीय धार मिलाउनु पर्ने भएकोले नेपाल भूमीमा उत्तर सिरानी पारेर सुत्न मिल्दैन । तर यदि तपाई अष्ट्रेलियामा हुनुहुन्छ भने उत्तर दिशामा सिरानी बनाएर सुत्न सक्नु हुन्छ । यस्तै ब्रम्ह मुहर्त पनि भुगोल अनुसार फरकफरक हुन सक्दछ । पृथ्वीको चुम्बकिय धारका बारेमा हामी फेरी अर्को कुराकानीमा व्याख्या गर्ने छौ ।

लेखक तथा सम्पादक– ई कुमार भट्टराई

Leave a Reply

Your email address will not be published. Required fields are marked *