भजन – शिव शिव सत्य

यस भजनका बारेमा केहिः

शब्दः ई. कुमार भट्टराई
स्वरः कर्मा ग्याल्जेन बम्जन
संगितकारः बिजु बज्र
एल्बमः शिव लिला

शिव शिव सत्य

कहिले घाम कहिले पानी
बिति जाने यो जिन्दगानी
मोजै मोज र भोजै भोजको
यो जवानी
अध्यारोमा लाने साथी अनिकानि
सत्य शिव शिव सत्य
सत्य शिव शिव सत्य

सत्य युग शिव शिव सत्य मै बित्यो
भूत प्रेत पिचास शिव मै भुल्यो
त्रेता युग रावणले थिच्यो थिच्यो थिच्यो
सिताको त्यो माया रामले नै रोज्यो
रामले नै रोज्यो
राम
हरे हरे राम
हरे राम हरे राम
हरे हरे राम
हरे राम हरे राम

युग युग जिवन राख्न कृष्ण जगायौ
माया प्रेमको अवतारी कृष्ण भनायौं
द्धापरमा कौरवले थिच्यो थिच्यो थिच्यो
द्रोपतीको लाज कृष्णले नै छोप्यो
कृष्णले नै छोप्यो
कृष्ण
हरे हरे कृष्ण
हरे कृष्ण हरे कृष्ण हरे
हरे कृष्ण हरे कृष्ण हरे
कृष्ण

कलि युग निच कर्म पाप भित्रिए
हाड छाला, माता पिता, संस्कार सिद्धिए
कलि युग पृथ्वी नै आज हो कि भोली
जीवनको आशा शिवलाई नै रोजि
शिवलाई नै रोजीे
शिव
शिव शिव सत्य
शिव शिव सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *