राप्ती नदीमा माछा मार्न गएका दुईजना बेपत्ता

काठमाडौं ।

चितवनको पश्चिम क्षेत्रस्थित राप्ती नदीमा माछा मार्न गएका दुईजना बेपत्ता भएका छन्।

शुक्रबार दिउँसो भरतपुर–२७ धरमपुरबाट माछा मार्न गएका भरतपुर–२५ का ४३ वर्षीय सञ्जीव चौधरी र भरतपुर–२७ का ४५ वर्षीय सुकबहादुर परियार बेपत्ता भएका हुन्।

उनीहरूसँगै गएका रोहितकुमार चौधरी भने पौडेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए। प्रहरीले हिजो साझ पाँच बजेदेखि नै खोजी सुरु गरे पनि भेटाएको थिएन। आज फेरि खोजीकार्य भइरहेको केसीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *