राप्रपा निर्वाचन – कमल थापाविरुद्ध राजेन्द्र लिङ्देन भिड्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचन शनिबार बिहान ८ बजेदेखि भृकुटीमण्डपमा सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहेको छ।

महाधिवेशनमा अध्यक्षसहित ८ जना पदाधिकारीका लागि निर्वाचन हुने भएको हो। अध्यक्ष, उपाध्यक्ष र महामन्त्री गरी १६ जनाको उम्मेदवारी परेको छ।
अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्‍देन भिडन्त छ भने उपाध्यक्षमा जगतप्रसाद गौचन,रामचन्द्र राय यादव, लिला देवी श्रेष्ठ, विक्रम पाण्डे, रोशन कार्की, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र दुर्गादेवी झाले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, महामन्त्रीका लागि रेखा थापा, डा धवल शमशेर राणा, श्यामप्रसाद तिमल्सिना, भुवनकुमार पाठक, भस्कर भद्रा र कुन्तीकुमारी शाहीले उम्मेदवारी दर्ता गराएका छन्। राप्रपामा ४ उपाध्यक्ष र ३ महामन्त्री निर्वाचनबाट चयन हुनेछन् भने अरू १ सय ४१ केन्द्रीय सदस्य निर्वाचनबाटै आउनेछन्।

राप्रपाको १४९ सिटका लागि २६४ जनाको उम्मेदवारी दर्ता भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *