लोक तथा दोहोरी गायिका मन्जु गौतमसंगको तिज बिशेष भलाकुसारी

लिलाखबर सहकर्मी

सुबु लामिछाने

लोक तथा दोहोरी गायिका मन्जु गौतम विगत एक दशक देखि लोक तथा दाहोरीको क्षेत्रमा निरन्तर लागि रहनु भएको छ । उहासंग लिलाखबर सहकर्मि सुबु लामिछानेले गर्नु भएकोे तिज बिशेष भलाकुसारी ।

लिलाखबर अनलाइनमा तपाईलाई स्वागत छ ?
धन्यवाद लिलाखवर र बिशेष गरी तपाईलाई ।

तिज नजिकिदाका दिनहरु कसरी वितिरहेका छन् तपाईका ?
तिजको माहोलहरु एकदमै आइरहेको छ दर खाने प्रोग्राम र विशेष गरी स्टेज प्रोगाममा बढि व्यस्त छु । यस्तै बितिरहेका छन् मेरा तिजका दिनहरु नयाँ गीतहरु निकाल्ने र स्वर दिने गरिरहेकी छु ।

तपाई कहिले देखि लाग्नु भयो यो लोकदोहोरी क्षेत्रमा ?
सानै देखि गाउँघरमा गीत गाउने वनपाखामा स्कुलमा गाउने गर्थे र सर म्यामहरुले एकदमै राम्रो छ स्वर भन्नु हुन्थ्यो । पछि म काठमाण्डौं आए र यहाँ गीत संगितको त शहर नै रहेछ भन्ने थाहा भयो । यता दोहोरी साझ हुन्थ्यो । मन्दिरबाट ठ्लो अवसर पाए गीत संगित सिक्ने । म २०६५ देखि यस क्षेत्रमा निरन्तर लागि नै रहेकी छु ।

पहिलो पटक काठमाण्डौं आएर गित गाउदा कस्तो लागेको थियो ?
पहिलो पटक यता आएर गीत गाउदा यहाँको र गाउमा धेरै नै फरक थियो । म गाउँमा हुर्केकी अनि गाउले लय आउथ्यो अलि अफ्ठारो नै भएको थियो । दोहोरी साझमा जादा कल्चर डे्स समेत लगाउन नआउने तर म भन्दा अग्रज दिदिहरुले लगाई दिनु हुन्थ्यो । मैले माइक समातेर गाउघर तिर गाएकी थिइन । पहिलो चोटी माइक समातेर गाउदा के हुन्छ लागेको थियो । तर म त्यती डराइन जति आफुलाई डर भइ रहेको थियो ।

तपाईले यो क्षेत्रमा आउन कतिको संघर्ष गर्नु भयो ?
मैले एकदमै संघर्ष गरे यस क्षेत्रमा आउन । पहिले त के भन्छन् होला गाउँ घरले भन्ने लाग्यो । फेरि काठमाण्डौं आउदा गाउ भन्दा एकदमै फरक पाए । मैले यता आएर झन बढी सर्घष गर्नु प-यो । जो कि मेरो लागि बिरानो थियो ।

तपाईको पहिलो एल्वम् कहिले निकाल्नु भयो ?

मेरो गीतको पहिलो एल्वम् २०६५सालमा निकाले । त्यति खेर दोयट गाउनु पर्ने थियो । मैले पहिलो निकालेको एल्वम्मा मेरो मन परेको फुल खसेको तिमीलाई मैले नपाउनु रैछ र यति धेरै माया बसेको मलाई यस गीतले मन्जु गौतम भनेर त्यती खेर चिनाएको थियो । यो गीतको एकदमै राम्रो रेस्पोन्स पनि आएको थियो ।

औपचारिक रुपमा तपाईले संगित सिक्नु भयो कि भएन ?
मैले औपचारीक रुपमा डेढ दुई बर्ष जति सिके संगित तर अहिले पनि म संगितलाई घरमा निरन्तरता दिई रहेकी छु । संगित जो निरन्तरता दिन्छ उ सफल संगित क्षत्रमा अगाडि बढ्छ ।

तपाईले अहिले सम्म कति एल्वम् निकाल्नु भयो ?
मैले एल्वम् तिर निरन्तरता दिइन् म धेरै जसो स्टेज प्रोगाममा नै बढी जान्थे । त्यै पनि लगभग दर्जनौ भन्दा बढी एल्वम् निकालेकी छु र मेरा गीतहरु प्राय सबै स्रोता दर्शकले मन पराई दिनु भएको छ । मेरो स्टेज प्रोगामको लागि एकदमै माग गर्छन् दर्शकहरु त्यसैमा म खुसी छु ।

तपाईले तिज गीतमा पनि स्वर दिनु भएको छ कस्ता किसिमका गीत गाउनु भएको छ र कति सम्म गाउनु भएको छ ?
मेलै गीत गाएकी छु र आठ नौ वटामा आफ्नै स्वर र आफैले निकालेकी छु भने अन्यका शब्दमा पनि स्वर दिएकी छु । यस पाली पनि झुमझुम झुमकाना बज्यो कानैको भन्ने गीत आएको छ मेरो गित ।

तिज गीत कहिले देखि गाउन थाल्नु भयो ?
२०६५ को दुई बर्ष पछि लगभग म कन्टिन्यु नै तिज गीतमा लागि रहेकी छु । म बर्ष बर्ष आफ्नो तिज गीत सार्वजनिक गरिरहेकी हुन्छु ।

तपाईले तिज गीत र लोक तथा दोहोरी गितमा कतिको फरक पाउनु भएको छ ?तिज गीत र लोक तथा दोहोरी गीतमा फरक छ ।

तिज गीत बिशेष गरी महिलाहरुको पर्वलाई फोकस गरेर निकाल्ने गरेको छ भने लोक दाहोरी लोक भाकालाई जहिले र जतिखेर नि निकाल्ने गर्छन् । तिज गीतमा महिला वेदना लुकेका हुन्छन् ।

पछिल्लो समयमा तिज मनाउने चलन र परम्परा विकृतिहरु बढी रहेको छ यसमा तपाई के भन्नु हुन्छ ?
मेरो व्यक्तिगत हिसाबमा भन्नु पर्दा आफ्नो लगानी हो आफ्नो स्टाइलमा चल्नु पर्छ भन्ने सोच हुन्छ त्यै भएर हो जस्तो लाग्छ विकृति निम्तिएको । तर गित अहिले मागेको जस्तै चल्नु पर्छ भन्ने त्यो गलत हो । मौलिकतामा हुनु पर्छ सबै माझ बसेर हेर्न मिल्ने हुुनु पर्छ ।

तिजको अवसर पारेर स्टेज प्रोगाममा विदेश तिर पनि जानु हुन्छ कि यसपालि के छ विचार ?
बाहिरी देश जाने नि कुरा भइरहेको छ तर फिक्स छैन । नेपालका विभिन्न क्षेत्रमा स्टेज प्रोगाम जानेछु गइरहेकी छु । अहिले पनि स्टेज प्रोग्रामबाट नै आइरहेकी छु ।

तपाईले परिवारबाट कतिको सर्पोट पाउनु भएको छ ?
मरो बाबा हुनुहुन्न । आमा र हामी दिदिबहिनी र भाई छौ । मेरो दिदिहरु र आमाले एकदमै सर्पोट गनर्् भएको छ । मलाई आर्थिक सहयोग समेत गर्नु हुन्छ दिदिहरुले सजिलो भएको छ यस क्षेत्रमा ।

तपाई गित संगित बाहेक अरु के गर्नु हुन्छ कि यसैमा व्यस्त हुनु हुन्छ ?
म गीत बाहेक विजनेस पनि गर्छु । मेरो बुटिकको विजनेस छ । र यसले गर्दा मलाई गीत संगितमा सजिलो भएको छ ।

तपाईसंग भलाकुसारी गर्न पाउदा खुसी लाग्यो अन्तिमा के भन्न चाहानु हुन्छ ?

सर्व प्रथम तपाईलाई धेरै धेरै धन्यवाद मलाई मेरा कुरा अनलाइन मार्फत देशविदेशसम्म राख्न पाउने मौका दिनु भयो । निरन्तरता दिने मान्छे कहिले पछि पर्दैन । र मेरा गीतहरुलाई यसरी नै माया गरेर सुन्नु होला र आफ्नो मौलिकतालाई कहिले नभुल्नु होला भन्न चाहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *