
वातावरण प्रदुषणका कारण एक बर्षमा ७० लाख मानिसको अल्पआयुमा मृत्यु हुन सक्ने विश्व स्वास्थ्य संगठनले (WHO) ले बुधबार जानकारी गराएको छ । स्वास्थ्य संगठनले वातावरण कम प्रदुषित बनाउन चाडै नै ठोस कदम चाल्नु अति आवश्यक रहेको जनाएको छ ।
वायु प्रदुषणले कुनै एक देशमा मात्र नभई पुरा विश्वलाई नै खतरामा पारेको कारण जोखिम कम गर्न ठोस निति ल्याउनु पर्ने संगठनको दाबि छ । विश्ब स्वास्थ्य संगठनले यो बर्षबाट वायु गुणस्तर सम्बन्धी निर्देशिकालाई थप मजबुत बनाएको छ । यस्तै विश्वको नयाँ निर्देशिका अनुसार ओजन, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड र कार्बन मानोअक्साइड लगायत ६ वटा प्रदुषणको लागि वायु गुणस्तरको स्तर सिफरिस गरिएको छ ।
