
काठमाडौँ ।
समाजवादि आन्दोलनमा आउन भन्दै लाखौं मानिसलाई एसएमएस पठाउने व्यक्ति निर्देश सेढाईँलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयको टोलीले नियन्त्रणमा लिएको छ ।
सेढाईँले यस कार्य गर्न दुरसञ्चार कम्पनीसँग आपसी सहमती गरेको देखिन्छ । नेपाल टेलिकमको गेट वे को उपयोग गरेर एटी आलर्टको नाममा सेढाईले एसएमएस पढाएको प्रहरीले जानकारी दिए ।
सेढाईँका अनुसार दुई कम्पनी प्रयोग गरी एक करोड रुपैया खर्चेर एसएमएस पठाएको हो । ५० लाख व्यक्त्तिहरुलाई एसएमएस पठाएको अपराध अनुसन्धान कार्यलयका एसपी काजीकुमार आर्चायले जानकारी दिए ।
प्रहरीका अनुसार कारको व्यवसाय गर्ने चितवनका सेढाईँको आफ्नै पेट्रोल पम्प पनि रहेको छ ।
