सुनको मूल्य विहीबार कति?

काठमाडौं । विहीबार नेपाली बजारमा सुनको भाउ एक हजार रुपैयाँले बढेको छ ।

सुनको भाउ एक हजार रुपैयाँले बढेर ताेलाकाे एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधवार सुनको भाउ तोलाको एक लाख ६३ हजार रुपैयाँ रहेको थियो । पछिल्लो तीन दिनयता सुनको भाउ लगातार बढिरहेको छ ।

त्यस्तै चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको भाउ वुधवार जस्तै तोलाको एक हजार नौ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *