
काठमाडौँ । पुस २९
भारतको हिमाचल प्रदेशमा ग्यास सिलिन्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको छ । मृतक सबै सल्यानको सिद्धकुमार गाउँपालिका–२ का दुई परिवारका सदस्य हुन् ।
सोलन जिल्लाको अर्की क्षेत्रमा सोमबार बिहान करिब साढे २ बजे भएको विस्फोटपछि आगालागी फैलिँदा उनीहरु घरभित्रै फसेका थिए । प्रारम्भिक रुपमा निसास्सिएर मृत्यु भएको अनुमान गरिएको छ ।
घटनामा धनबहादुर विक र काशीराम विकको परिवारका सदस्य परेका छन् । सबै मृतक हिमाचल प्रदेशमा काम गर्दैै आएका थिए । वडा कार्यालयले घटनापछि शोक बिदा दिएको छ ।
