
श्री स्वस्थानी व्रतकथा प्रारम्भको दिन, पौष शुक्ल पुर्णिमा । यस व्रत कथामा स्व र स्थान का विषयमा चर्चा गरेको पाइन्छ ।
स्व: आफु, समाज, देश, पृथ्वी = बसुधैव कुटुम्वकम्
स्थान: याने कि Solar system, Constellation, Milkyway Gallaxy, Universe and Multiverse
आज भन्दा करिब ३३०० वर्ष अगाडि राजा नवराजको लावण्य देशको वायब्यकोणमा बनेकोSmart city हालको संखरापुर नगरपालिका अन्तरगतको साँखु शहर निर्माण भन्दा करिब दुई शताब्दि भन्दा अगाडि देखि पुरातन कालसम्मका दृष्टान्तहरु कोरिएर लेखिएको पुस्तक आज पनि नेपाली बजारमा श्री स्वस्थानि ब्रत कथा पुस्तकका रुपमा पाइन्छ ।
यसको प्रथम अध्यायमा Physics = पदार्थको अब्यक्त अवस्था देखि Big bang हुदै आदि अनादि कालको व्याख्या गरेको पाइन्छ ।
यसरी ब्रहमाण्डको उत्पति, विकासक्रमसगै विभिन्न तारा, तारा मण्डल र ग्रहहरुमा भौतिक र अभौतिक विकासका शिलशिलाहरुको व्याख्या गरिएको छ ।
यो ब्रम्हाण्डको सुरुवाति क्रममा प्रथम शाख्य पद छ र यहाँबाट Energy Emergence हुने र शिबबाट माया र मायाबाट प्रकृति उत्पन्न हुने कुरा लेखिएको छ । यो भगवन प्रेरित श्रृष्टिमा ५ वटा पद छ भनिएको छ । Space मा क्रमश ः प्रथम शाख्य पद त्यस पछि शान्ति पद , विद्या पद, प्रतिष्ठा पद, शाक्यान्ति पद अनि निव्रिति पदको व्याख्या छ ।
जसरी Energy Emergence र श्रृष्टि प्रकृया बताईएको छ त्यसरी नै त्यो प्रकृया Reverse हुने बताइएको छ ।
यसै क्रममा विभिन्न तारामण्डलमा अण्डाकार अस्तित्व बनाई गोलाधार भित्र आफ्ना आफ्ना लम्बाईका समयचक्र अनुसार दिन रात, महिना, बर्ष, गुरुत्वाकर्षण, विकास क्रम, समेतको विविधता रहेको जीवन क्रम र सोहि अनुसार जीवको श्रृष्टि, प्रकृति, उमेर हुने बताईएको छ ।
जीवको गुण र अस्तित्व, जीबन यापन र समय अन्यथा अबस्था बाहेक सोहि Galaxy का आफ्ना आफ्ना Constellation (नक्षत्र), र आफ्नो ग्रहको सुर्य वा सुर्यहरुबाट समेत सु–स्पष्ट प्रभावित हुने कुराको व्याख्या गरिएको छ । जस्तै कि यो पृथ्विमा हामी एक सुर्यको युगमा रहेको र २७ नक्षत्र हुदै} Milky way Galaxy भित्र रहेको र हाम्रो जीवनशैली यसै System ले निर्देशित गर्दछ भनिएको छ । यदि यो ब्रम्हाण्ड र अनन्तः ब्रम्हाण्डको आत्मसाथ गर्ने क्षमता हामीले विकास गर्यौ भने त्यस अगाडिका पथ प्रदर्शन कसरी हुन सक्छ भन्ने थप भावहरु पनि यस पवित्र ग्रन्थमा ब्याख्या गरिएका छन् । यधपी हाम्रा क्षमतामा काल खण्ड अनुसार भई रहेका परिवर्तनले निरन्तर क्षयिकरण भई रहेकाले कति अध्ययन र आत्मसाथ गर्न सक्छौ भन्ने प्रश्न कोरिएको छ ।
यो सबै बुझेर पनि श्रृष्ठि चलायन छ, इच्छा घटदैन । त्यसैले यो श्रृष्ठि ५ कलाले व्याप्त छ = महापाप , महापद लगायत विषेश पद । अगाडि यो लोकमा रहेका वुद्धिमान व्यक्तिहरुका कालखण्ड अनुसार हुने गुणका व्याख्या पनि गरिएको छ ।
त्यसै कारण यस पवित्र पुस्तकको पहिलो अध्यायमा अगाडि भनिएको छ कि प्रकृति अचेतन छ, परमाणु अचेतन छ, जीवात्मा अज्ञानि हुनाले विना कारण स्वयंको क्षमता आकालनमा अबुझ भएर ती परका लोकमा विराजमान सर्वशक्तिमानका विषयमा अज्ञानता रहदै अल्पज्ञानिबाट विनास तर्फ उन्मुख हुने भविस्यवाणी पनि कोरिएको छ ।
यस अध्यायमा पदार्थलाई व्रहाको आयु सग यसैकारण प्रष्टाउन खोजिएको पनि छ ।
तम गुण र सत गुण दुई गुणकाबारे व्याख्या गरिएको छ । तामस गुणबाट पन्च भूत, राजसबाट पाच ज्ञानेन्द्रिय र पाच कर्मेन्द्रिय र सात्विकबाट मन र इन्द्रियका शक्ति कायम हुन्छ भनिएको छ ।
तामसबाट नै आकास, पस, वायु, रुप, तेज, रस, जल, गन्ध र पृथ्वी (पन्च महाभूत) बनेको व्याख्या गरिएको छ ।
राजसबाट पाचँ ज्ञानेन्द्रिय nose , ear , eyes , skin , tongue र पाचँ कमेन्द्रिय speech, hand, feet, excretion, reproduction हुने भनिएको छ ।
यसरि अनवरत रुपमा चलिरहने जीवन पद्धतिमा ब्रम्हाण्डको खुम्चिने र फैलने रित चलिरहेको छ भनेर Energy emergence, Super nova र Black hole लाई पनि इन्कित गरेको छ ।
बाकि अध्याय दुइमा ।
ईन्जिनीयर कुमार भट्टराई

Leave a Reply